Pairabi logo

पुस ०८, २०८२, मंगलबार                    

टाटाकाे विद्युतीय कार एक्सप्रेस-टी नेपालमा

डेक्स

डेक्स

टाटाकाे विद्युतीय कार एक्सप्रेस-टी नेपालमा
ADVERTISEMENT

काठमाण्डाै ११ चैत । नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय ट्याक्सी एक्सप्रेस-टी बजारमा भित्र्याएको छ ।

कम्पनीले  टाटाको अर्को मोडल टिगोर ईभीको रि–ब्रान्डेड मोडल एक्सप्रेस–टी नेपाली बजारमा ल्याएकाे हाे ।  यसको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएकाे छ । 

यसमा रहेकाे ५५ किलोवाट क्षमताको मोटरले ३० किलोवाट पावर र १७० एनएम टर्क जेनेरेट गर्छ। यसमा २६ किलोवाट आवरको ब्याट्री प्याक छ, जसले सिङ्गल चार्जमा ३०६ किलोमिटर रेन्ज दिने बताइन्छ ।

यसमा भएको ब्याट्रीलाई फुल चार्ज गर्न सामान्यतः ८ घण्टा ४५ मिनेट लाग्छ भने २५ किलोवाटको डीसी चार्जरले ६५ मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिने कम्पनीले जनाएकाे छ । यसमा २४५० एमएमको ह्वीलवेस र १७२ एमएमको ग्राउन्ड क्लियरेन्स छ।

यो गाडीमा अन्य विभिन्न विशेषताका साथै ईबीडी सहितको एयरब्याग, रिभर्स पार्क असिस्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, हर्मनको ८ दशमलव ८९ सेमी कनेक्ट नेक्स्ट इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रोनिक पावर स्टेयरिङ, पावर विन्डोज, ब्लुटुथ कनेक्टिभिटी आदि विशेषता उपलब्ध छन् । कार र त्यसमा भएको ब्याट्री तथा मोटरमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटर सम्म वारेन्टी उपलब्ध हुने सिप्रदीले जनाएकाे छ ।

ट्याक्सी ड्राइभर र कम्पनीकै इन्जिनियरहरुले एक्सप्रेस-टी काे परीक्षण गरिरहेको र आउँदाे दिनमा यसलाई कमर्सियल तथा ईभी फ्लिटको रुपमा प्रयोग गर्न सकिने सिप्रदीले जनाएकाे छ । 

ताजा

सबै

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

युवा महिलालाई फोटो तथा भिडियोग्राफी तालिम

बर्दिया, पुस ६ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

लोकप्रिय

यो पनि

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्ज । धितोपत्र बोर्डको दलाल (ब्रोकर)कार्यालयको सङ्ख्या नेपालगन्जमा तीन पुगेको छ ।…

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

नेपालगन्ज पश्चिम नेपालका लागि आर्थिक हबका रुपमा परिचित रहेको छ । यससँगै पछिल्लो समय…