Pairabi logo

माघ १९, २०८२, आइतबार                    

निवर्तमान प्रदेश प्रमुख –डा. अहिराजद्धारा नीति सार्वजनिक

डेक्स

डेक्स

निवर्तमान प्रदेश प्रमुख –डा. अहिराजद्धारा नीति सार्वजनिक
ADVERTISEMENT

कमल राज पौडेल
बर्दिया ८ चैत्र÷मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले १९ बुदेँ राष्ट्र निमार्णका लागि आफनो नीति सामाजिक संञ्जालमार्फत सार्वजनिक गर्नु भएको छ । उहाँले सार्वजनिक गर्नु भएको नितिमा अगीकृत नागरिकलाई राजनीतिक अधिकार नदिने कुराको जोडदार उठान गर्नु भएको छ ।
नेपालभित्रका समस्याहरुलाई दीर्घकालिन समाधान गर्न सिङ्गो देशलाई “एक देश, दुई दल र तिन प्रदेश”को नीतिमा अगाडी बढनु पर्छ जसका लागि राष्ट्रिय सभालाई गैर राजनीतिक पात्रहरु (विषयगत विज्ञहरु)को सभा बनाउने, प्रतिनिधि सभामा सतप्रतिशत निवार्चितहरुको सभा बनाउने र स्थानीय तह गैरदलीय बनाउने कुरा  डा. अहिराजले पहिलो बुदाँमा राख्नु भएको छ । 
अन्य बुदाँहरुमा अधिकारका नाममा खुलेका ट्रेड यूनियनहरुलाई केहि समयका लागि स्थगित गराउने, शिक्षा, स्वास्थ्य, कर्मचारीतन्त्र, पत्रकारिता लगायतका क्षेत्रमा आवद्ध पात्रहरुलाई गैरराजनीतिक रुपबाट सवलिकरणको माध्यमले शसक्त बनाउदै जाने, आरक्षण खारेज गरी सवलीकरणको माध्यमले संरचनाहरु साझा बनाउने ,नेतालाई नीति बनाउने काममा मात्र सदुपयोग गर्ने ,जनप्रतिनिधिलाई बजेट भन्दा टाडा राख्ने ,अंगीकृतहरुलाई राजनीतिक अधिकार नदिने ,भ्रष्टाचारी या तिनका नयाँ पुस्तालाई सरकारी जागिर भन्दा टाडा राख्ने, सम्पतिको पुस्तान्तरण नहुने कानुन बनाउने, दातृ निकाय दुताबास र गैरसरकार संस्थाहरुले सरकारी च्यानल मात्र प्रयोग गर्न पाउने, गैरनागरिकलाई नागरिकता दिने र सिफारिस गर्नेलाई आजिवन श्रमकैद गर्ने ,फर्जि नागरिकता वा बहु नागरिकता धारण गर्नेलाई सर्वस्वहरण सहित आजिवन श्रमकैद गर्ने ,गैरसरकारी संस्थाहरुले आफना सदस्य भन्दा बाहिर सहयोग लिन नपाउने ,दुताबासहरुमा दल वा नागरिक स्तरमा सम्र्पक र सहयोगलाई कडा निगरानीमा राख्ने ,संमभावमा आधारित समाज निमार्ण गर्न ब्याक्तीगत र पेशागत नैतिकतालाई कडाईका साथ लागु गर्ने ,अपराधि प्रमाणित भएका ब्यक्तीहरुलाई अनिवार्य श्रमकैदको ब्यवस्था गर्ने ,पेशागत मर्यादामा चुकेका पेशाकर्मीहरुलाई दोहोरो सजायको व्यवस्था गर्ने ,नेपालीहरुको भूमि भावना र भविष्यको निर्धारण नेपालीहरुकै हातमा हुनका निम्ति विशेष किसिमका देश केन्द्रित नितिहरु अवलम्बन गर्ने, राजनितिक अधिकार द्धन्द्ध व्यवस्थापनका नाममा देश बाहिर शक्ति केन्द्रतर्फ ताक्नेहरुलाई दण्डीत गर्ने, नेपाललाई समभावमा आधारित साझा र समृद्ध स्वावलम्बी राष्ट्रको रुपमा विश्व मै अग्रिम स्थान दिलाउने ,गाँजालाई बैधानिकता दिने र व्यापारीकरण तथा निगरानी बढाउने, आर्थिक समृद्धीको आधार बढाउने ,एक जिल्ला एक उत्पादनमा जोडदिने ,बिउ बैक र पशु बैक खोल्ने ,राज्यको संरचनामा राजनीति क्षेत्र बाहेकका सम्पूर्ण क्षेत्रमा गैर दलिय वा स्वतन्त्र पात्रलाई क्षमताको आधारमा नियुक्ती दिने ,राष्ट्रपति ,उपराष्ट्रपति ,प्रदेश प्रमुखलाई निजि सचिवालय राख्न नदिने ,निजामती प्रशासनबाटै काम गर्न पर्ने र प्रधानमन्त्री वा सरकार दलको वा गुटको होईन देशको भएको कुरा कामबाट अनुभुती गराउने लगायतका बुदाँहरु लेखेर सामाजिक सञ्जालमा डा.अहिराजले राखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आ–आफनो धारणा राख्दै उल्लेखित सबै बुदाँहरुलाई माननियहरुले प्रतिनिधि सभामा उठान गर्नु पर्ने र सोहीअनुसार नीति निमार्ण गरी देशलाई समृद्धीको बाटोमा अघि बढाउनु पर्ने कुरामा जोड दिनुभएको छ । 


 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

बाँकेमा अधिकास युवा उम्मेदवार

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …