Pairabi logo

असोज १७, २०८३, शनिबार                    

निवर्तमान प्रदेश प्रमुख –डा. अहिराजद्धारा नीति सार्वजनिक

डेक्स

डेक्स

निवर्तमान प्रदेश प्रमुख –डा. अहिराजद्धारा नीति सार्वजनिक
ADVERTISEMENT

कमल राज पौडेल
बर्दिया ८ चैत्र÷मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले १९ बुदेँ राष्ट्र निमार्णका लागि आफनो नीति सामाजिक संञ्जालमार्फत सार्वजनिक गर्नु भएको छ । उहाँले सार्वजनिक गर्नु भएको नितिमा अगीकृत नागरिकलाई राजनीतिक अधिकार नदिने कुराको जोडदार उठान गर्नु भएको छ ।
नेपालभित्रका समस्याहरुलाई दीर्घकालिन समाधान गर्न सिङ्गो देशलाई “एक देश, दुई दल र तिन प्रदेश”को नीतिमा अगाडी बढनु पर्छ जसका लागि राष्ट्रिय सभालाई गैर राजनीतिक पात्रहरु (विषयगत विज्ञहरु)को सभा बनाउने, प्रतिनिधि सभामा सतप्रतिशत निवार्चितहरुको सभा बनाउने र स्थानीय तह गैरदलीय बनाउने कुरा  डा. अहिराजले पहिलो बुदाँमा राख्नु भएको छ । 
अन्य बुदाँहरुमा अधिकारका नाममा खुलेका ट्रेड यूनियनहरुलाई केहि समयका लागि स्थगित गराउने, शिक्षा, स्वास्थ्य, कर्मचारीतन्त्र, पत्रकारिता लगायतका क्षेत्रमा आवद्ध पात्रहरुलाई गैरराजनीतिक रुपबाट सवलिकरणको माध्यमले शसक्त बनाउदै जाने, आरक्षण खारेज गरी सवलीकरणको माध्यमले संरचनाहरु साझा बनाउने ,नेतालाई नीति बनाउने काममा मात्र सदुपयोग गर्ने ,जनप्रतिनिधिलाई बजेट भन्दा टाडा राख्ने ,अंगीकृतहरुलाई राजनीतिक अधिकार नदिने ,भ्रष्टाचारी या तिनका नयाँ पुस्तालाई सरकारी जागिर भन्दा टाडा राख्ने, सम्पतिको पुस्तान्तरण नहुने कानुन बनाउने, दातृ निकाय दुताबास र गैरसरकार संस्थाहरुले सरकारी च्यानल मात्र प्रयोग गर्न पाउने, गैरनागरिकलाई नागरिकता दिने र सिफारिस गर्नेलाई आजिवन श्रमकैद गर्ने ,फर्जि नागरिकता वा बहु नागरिकता धारण गर्नेलाई सर्वस्वहरण सहित आजिवन श्रमकैद गर्ने ,गैरसरकारी संस्थाहरुले आफना सदस्य भन्दा बाहिर सहयोग लिन नपाउने ,दुताबासहरुमा दल वा नागरिक स्तरमा सम्र्पक र सहयोगलाई कडा निगरानीमा राख्ने ,संमभावमा आधारित समाज निमार्ण गर्न ब्याक्तीगत र पेशागत नैतिकतालाई कडाईका साथ लागु गर्ने ,अपराधि प्रमाणित भएका ब्यक्तीहरुलाई अनिवार्य श्रमकैदको ब्यवस्था गर्ने ,पेशागत मर्यादामा चुकेका पेशाकर्मीहरुलाई दोहोरो सजायको व्यवस्था गर्ने ,नेपालीहरुको भूमि भावना र भविष्यको निर्धारण नेपालीहरुकै हातमा हुनका निम्ति विशेष किसिमका देश केन्द्रित नितिहरु अवलम्बन गर्ने, राजनितिक अधिकार द्धन्द्ध व्यवस्थापनका नाममा देश बाहिर शक्ति केन्द्रतर्फ ताक्नेहरुलाई दण्डीत गर्ने, नेपाललाई समभावमा आधारित साझा र समृद्ध स्वावलम्बी राष्ट्रको रुपमा विश्व मै अग्रिम स्थान दिलाउने ,गाँजालाई बैधानिकता दिने र व्यापारीकरण तथा निगरानी बढाउने, आर्थिक समृद्धीको आधार बढाउने ,एक जिल्ला एक उत्पादनमा जोडदिने ,बिउ बैक र पशु बैक खोल्ने ,राज्यको संरचनामा राजनीति क्षेत्र बाहेकका सम्पूर्ण क्षेत्रमा गैर दलिय वा स्वतन्त्र पात्रलाई क्षमताको आधारमा नियुक्ती दिने ,राष्ट्रपति ,उपराष्ट्रपति ,प्रदेश प्रमुखलाई निजि सचिवालय राख्न नदिने ,निजामती प्रशासनबाटै काम गर्न पर्ने र प्रधानमन्त्री वा सरकार दलको वा गुटको होईन देशको भएको कुरा कामबाट अनुभुती गराउने लगायतका बुदाँहरु लेखेर सामाजिक सञ्जालमा डा.अहिराजले राखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आ–आफनो धारणा राख्दै उल्लेखित सबै बुदाँहरुलाई माननियहरुले प्रतिनिधि सभामा उठान गर्नु पर्ने र सोहीअनुसार नीति निमार्ण गरी देशलाई समृद्धीको बाटोमा अघि बढाउनु पर्ने कुरामा जोड दिनुभएको छ । 


 

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…