Pairabi logo

माघ १९, २०८२, आइतबार                    

स्थानीय सरकारसंग सेवाग्राहीको गुनासो

डेक्स

डेक्स

स्थानीय सरकारसंग सेवाग्राहीको गुनासो
ADVERTISEMENT

नेपालगन्ज, २९ फागुन बाँके जिल्लाको जानकी गाउँपालिकाका नागरिकहरुले गाउँपालिकाको विकासप्रति चिन्ता ब्यक्त गर्दै पालिकासंग विकासका बिभिन्न मागहरु राखेका छन् । जानकी गाउँपालिका भएको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीले गाउँपालिकाभित्रका बिभिन्न क्षेत्र तथा बस्तिहरुमा बाटो, सडक तथा नाला निर्माणमा गाउँपालिका र वडाको ध्यान जान नसकेको भन्दै नागरिकहरुले विकासको माग गरेका हुन । 
    
बाटो घाटो, सडक र पुलको समस्यासंगै सुकुम्बासी समस्या, स्वास्थ्य, शिक्षाको गुर्णस्तर, लागुपदार्थ दुव्र्यसनको समस्या, खेलकुद, सामाजिक विकास, लक्षितवर्ग उत्थानका कार्यक्रमलगायतको विषयमा नागरिकहरुले जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए ।
    
सार्वजनिक सुनुवाईमा प्रश्न गर्ने अधिकाँस सहभागिहरुले पालिकाको सामाजिक विकास, बाटो, घाटो, सडक र पुल पुलेसा, नाला निर्माण लगायतका विषयमा प्रश्न राखेका थिए । पालिकाले हरेक वर्ष वजेटको धेरै हिस्सा बाटो घाटो र सडकमै लगानी गर्दै गएपनि अझैं धेरै ठाउँहरुमा बाटो, सडक तथा पुलको समस्या कायमै रहेको नागरिकहरुको भनाइ थियो । 

नागरिकहरुले उठाएका सवालहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष छब्बन खाँले पालिकाभित्रका सबै टोल तथा बस्ती जोड्ने गरि बाटो तथा सडक निर्माणमा गाउँपालिका लागि पर्ने बताउनुभयो । 

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिंहराज डाँगीले बाटो तथा सडक निर्माण हुन बाँकी क्षेत्रमा यो अर्को आर्थिक वर्षभित्र निर्माण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै विकास एकै पटकमा सम्भव हुदैन आवश्यक्ताको आधारमा क्रमागत रुपले विकास हुर्दै जान्छ, बाँकी कामहरु आगामी दिनमा गर्ने योजना बनाएर अगाडी बढेका छौं ।” कार्यक्रममा उठेका सवालहरुलाई समेटेर सात बुंदे साझा सार्वजनिक प्रतिवद्धताको घोषणा गरेको छ ।

व्यक्त गरिएका प्रतिवद्धताहरुमा गाउँपालिकाभित्र रहेका भुमिहिन सुकुम्बासी र भुमिहिन दलितको तथ्याँक छुटेको भन्ने गुनासो आएकाले चैत्र मसान्त भित्र सम्पुर्ण तथ्याँक संकलन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३, ४ र ६ मा वेवारिसे अवस्थामा रहेका खानेपानी पाइपको संरक्षण गर्ने तथा खानेपानी संस्थानसंग समन्वय गरी समस्या समाधान गर्ने भनिएको छ ।

गाउँपालिकाभित्र संचालित योजनाहरुको प्रभावकारिताका लागि अनुगमन गर्ने र सम्पन्न हुन बाँकी योजनाहरु असारमसान्तभित्र सम्पन्न गर्ने गरी काम गर्ने, गाउँपालिकाको गुनासो सुनुवाइ संयन्त्रलाई प्रभावकारी बनाउने, वडा नम्बर ६ को नहरमा पुल निर्माणको काम दुइ महिनाभित्र समाधान गर्ने, सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिकहरुलाई सहज र बिना झन्झड भत्ता वितरण गर्न वडा मार्फत सहजिकरण गर्ने, गाउँपालिकाको वार्षिक योजना तथा कार्यक्रम तर्जुमा गर्दा योजना तर्जुमा प्रक्रियाका सबै प्रक्रिया पुरा गरी सहभागितामुलक योजना छनौट गर्ने रहेका छन् ।
–––
 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

बाँकेमा अधिकास युवा उम्मेदवार

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …