Pairabi logo

असोज १७, २०८३, शनिबार                    

स्थानीय सरकारसंग सेवाग्राहीको गुनासो

डेक्स

डेक्स

स्थानीय सरकारसंग सेवाग्राहीको गुनासो
ADVERTISEMENT

नेपालगन्ज, २९ फागुन बाँके जिल्लाको जानकी गाउँपालिकाका नागरिकहरुले गाउँपालिकाको विकासप्रति चिन्ता ब्यक्त गर्दै पालिकासंग विकासका बिभिन्न मागहरु राखेका छन् । जानकी गाउँपालिका भएको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीले गाउँपालिकाभित्रका बिभिन्न क्षेत्र तथा बस्तिहरुमा बाटो, सडक तथा नाला निर्माणमा गाउँपालिका र वडाको ध्यान जान नसकेको भन्दै नागरिकहरुले विकासको माग गरेका हुन । 
    
बाटो घाटो, सडक र पुलको समस्यासंगै सुकुम्बासी समस्या, स्वास्थ्य, शिक्षाको गुर्णस्तर, लागुपदार्थ दुव्र्यसनको समस्या, खेलकुद, सामाजिक विकास, लक्षितवर्ग उत्थानका कार्यक्रमलगायतको विषयमा नागरिकहरुले जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए ।
    
सार्वजनिक सुनुवाईमा प्रश्न गर्ने अधिकाँस सहभागिहरुले पालिकाको सामाजिक विकास, बाटो, घाटो, सडक र पुल पुलेसा, नाला निर्माण लगायतका विषयमा प्रश्न राखेका थिए । पालिकाले हरेक वर्ष वजेटको धेरै हिस्सा बाटो घाटो र सडकमै लगानी गर्दै गएपनि अझैं धेरै ठाउँहरुमा बाटो, सडक तथा पुलको समस्या कायमै रहेको नागरिकहरुको भनाइ थियो । 

नागरिकहरुले उठाएका सवालहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष छब्बन खाँले पालिकाभित्रका सबै टोल तथा बस्ती जोड्ने गरि बाटो तथा सडक निर्माणमा गाउँपालिका लागि पर्ने बताउनुभयो । 

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिंहराज डाँगीले बाटो तथा सडक निर्माण हुन बाँकी क्षेत्रमा यो अर्को आर्थिक वर्षभित्र निर्माण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै विकास एकै पटकमा सम्भव हुदैन आवश्यक्ताको आधारमा क्रमागत रुपले विकास हुर्दै जान्छ, बाँकी कामहरु आगामी दिनमा गर्ने योजना बनाएर अगाडी बढेका छौं ।” कार्यक्रममा उठेका सवालहरुलाई समेटेर सात बुंदे साझा सार्वजनिक प्रतिवद्धताको घोषणा गरेको छ ।

व्यक्त गरिएका प्रतिवद्धताहरुमा गाउँपालिकाभित्र रहेका भुमिहिन सुकुम्बासी र भुमिहिन दलितको तथ्याँक छुटेको भन्ने गुनासो आएकाले चैत्र मसान्त भित्र सम्पुर्ण तथ्याँक संकलन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३, ४ र ६ मा वेवारिसे अवस्थामा रहेका खानेपानी पाइपको संरक्षण गर्ने तथा खानेपानी संस्थानसंग समन्वय गरी समस्या समाधान गर्ने भनिएको छ ।

गाउँपालिकाभित्र संचालित योजनाहरुको प्रभावकारिताका लागि अनुगमन गर्ने र सम्पन्न हुन बाँकी योजनाहरु असारमसान्तभित्र सम्पन्न गर्ने गरी काम गर्ने, गाउँपालिकाको गुनासो सुनुवाइ संयन्त्रलाई प्रभावकारी बनाउने, वडा नम्बर ६ को नहरमा पुल निर्माणको काम दुइ महिनाभित्र समाधान गर्ने, सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिकहरुलाई सहज र बिना झन्झड भत्ता वितरण गर्न वडा मार्फत सहजिकरण गर्ने, गाउँपालिकाको वार्षिक योजना तथा कार्यक्रम तर्जुमा गर्दा योजना तर्जुमा प्रक्रियाका सबै प्रक्रिया पुरा गरी सहभागितामुलक योजना छनौट गर्ने रहेका छन् ।
–––
 

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…