Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

बैजनाथलाई कृषि पर्यटनमा विकास गरिदै

डेक्स

डेक्स

बैजनाथलाई कृषि पर्यटनमा विकास गरिदै
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेको दुई मुख्य स्थानलाई कृषि पर्यटकीय गन्तब्यको रुपमा विकास विकास गर्न लागिएको छ ।  जिल्लाको बैजनाथ गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई उच्च प्राथमिकताा राखेर कृषि पर्यटन प्रर्वद्धनको योजना अघि बढेको लुम्विनी प्रदेश सभाका सदस्य रत्न खत्रीले जानकारी दिनुभयो । 
बैजनाथ गाउँपालिका वडा नं ६ स्थित लालपुरमा रहेको मानसरोवर प्रतिकात्मक बोटानिकल गार्डेन प्रदेशको गौरवको योजना भएको उल्लेख गर्दै उहाँले टुक्रा्र टुक्रा अवस्थामा रहेको गाभर भ्यालीलाई एकिकृत गरेर विकास गर्न चक्रपथ निर्माणको काम अघि वढाइएको बताउनुभयो । गाभर क्षेत्रमा सो चक्रपथ निर्माणपछि सुन्दर दृश्वायलोकन गरेर पर्यटकले भरपुर आन्नद लिन सक्छन । 
‘पर्यटनबाट यस क्षेत्रमा स्थानीयलाई आयआर्जन गर्न सहज अवस्थाको सिर्जना हुनुका साथै यसले यहाँको वास्तविक अवस्थाको पहिचान हुन्छ ’प्रदेशसभा सदस्य खत्रीले रासससँग भन्नुभयो ।  
बैजनाथ गाउँपालिका १ चिसापानीका वडा अध्यक्ष रूपबहादुर मल्लले गाभर उपत्यकालाई चारतिरबाट समेट्ने गरी करिब १८ किलोमिटर चक्रपथ निर्माणको काम अघि वढेको जानकारी दिनुभयो ।  उहाँले करिब २ किलोमिटर क्षेत्रमा ट्र्याक निर्माणको काम बाँकी रहेको उल्लेख गर्दै ट्र्याक खोल्ने काम र सडक निर्माणको काम सुरु हुन लागेको बताउनुभयो । 
‘यस क्षेत्रको छुट्टै पहिचान छ, यसलाई पर्यटनसँग जोडेर पर्यटकलाई भित्राउन सकिन्छ ’उहाँले भन्नुभयो । वडाध्यक्ष मल्लले पहाडी क्षेत्रमा उकालो चढेर माथि गएपछि सुन्दर दृश्यावलोकन हुने बताउदै यो महिनाभिमा काम सकिने जानकारी दिनुभयो । 
सहरी विकास तथा भवन कार्यालय नेपालगञ्जका अनुसार सोही सडक निर्माण कार्य अघि बढाउन लुम्बिनी प्रदेश सरकारबाट चालु आर्थिक वर्ष २०७९–८० मा रु.एक करोड रुपियाँ बजेट छुट्टाइएको छ । मानसरोबर बोटानिक गार्डेनका लागि रु. १० लाख मात्रै छुट्टाइएको र अर्को आर्थिक बर्षमा यसलाई उच्च प्राथमिकतामा राखिने बताइएको छ । 
गभरमा सडक निर्माण कार्य भएपछि पदयात्राका लागि समेत महत्त्वपूर्ण कदम हुने स्थानीय बासिन्दाले जनाएका छन् । गाभरमा रहेको लायन्स पार्क तथा होमस्टे र गाभर उपत्यका पछिल्लो समय बाँके, बर्दिया र सुर्खेत लगायतका जिल्लाको पर्यटकीय क्षेत्रको रूपमा परिचित रहेको छ ।
उहाँले चक्रपथ निर्माण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा केही भाग पर्ने भएकाले निकुञ्जसँग समन्वयको काम अघि बढाइएको जानकारी दिनुभयो  । कोहलपुर नजिकै पर्ने भए पनि चारैतिरबाट जङ्गल र स–साना पहाडले घेरिएको गाभर रमणीय स्थानको रूपमा रहेको छ ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…