Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

बैजनाथलाई कृषि पर्यटनमा विकास गरिदै

डेक्स

डेक्स

बैजनाथलाई कृषि पर्यटनमा विकास गरिदै
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेको दुई मुख्य स्थानलाई कृषि पर्यटकीय गन्तब्यको रुपमा विकास विकास गर्न लागिएको छ ।  जिल्लाको बैजनाथ गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई उच्च प्राथमिकताा राखेर कृषि पर्यटन प्रर्वद्धनको योजना अघि बढेको लुम्विनी प्रदेश सभाका सदस्य रत्न खत्रीले जानकारी दिनुभयो । 
बैजनाथ गाउँपालिका वडा नं ६ स्थित लालपुरमा रहेको मानसरोवर प्रतिकात्मक बोटानिकल गार्डेन प्रदेशको गौरवको योजना भएको उल्लेख गर्दै उहाँले टुक्रा्र टुक्रा अवस्थामा रहेको गाभर भ्यालीलाई एकिकृत गरेर विकास गर्न चक्रपथ निर्माणको काम अघि वढाइएको बताउनुभयो । गाभर क्षेत्रमा सो चक्रपथ निर्माणपछि सुन्दर दृश्वायलोकन गरेर पर्यटकले भरपुर आन्नद लिन सक्छन । 
‘पर्यटनबाट यस क्षेत्रमा स्थानीयलाई आयआर्जन गर्न सहज अवस्थाको सिर्जना हुनुका साथै यसले यहाँको वास्तविक अवस्थाको पहिचान हुन्छ ’प्रदेशसभा सदस्य खत्रीले रासससँग भन्नुभयो ।  
बैजनाथ गाउँपालिका १ चिसापानीका वडा अध्यक्ष रूपबहादुर मल्लले गाभर उपत्यकालाई चारतिरबाट समेट्ने गरी करिब १८ किलोमिटर चक्रपथ निर्माणको काम अघि वढेको जानकारी दिनुभयो ।  उहाँले करिब २ किलोमिटर क्षेत्रमा ट्र्याक निर्माणको काम बाँकी रहेको उल्लेख गर्दै ट्र्याक खोल्ने काम र सडक निर्माणको काम सुरु हुन लागेको बताउनुभयो । 
‘यस क्षेत्रको छुट्टै पहिचान छ, यसलाई पर्यटनसँग जोडेर पर्यटकलाई भित्राउन सकिन्छ ’उहाँले भन्नुभयो । वडाध्यक्ष मल्लले पहाडी क्षेत्रमा उकालो चढेर माथि गएपछि सुन्दर दृश्यावलोकन हुने बताउदै यो महिनाभिमा काम सकिने जानकारी दिनुभयो । 
सहरी विकास तथा भवन कार्यालय नेपालगञ्जका अनुसार सोही सडक निर्माण कार्य अघि बढाउन लुम्बिनी प्रदेश सरकारबाट चालु आर्थिक वर्ष २०७९–८० मा रु.एक करोड रुपियाँ बजेट छुट्टाइएको छ । मानसरोबर बोटानिक गार्डेनका लागि रु. १० लाख मात्रै छुट्टाइएको र अर्को आर्थिक बर्षमा यसलाई उच्च प्राथमिकतामा राखिने बताइएको छ । 
गभरमा सडक निर्माण कार्य भएपछि पदयात्राका लागि समेत महत्त्वपूर्ण कदम हुने स्थानीय बासिन्दाले जनाएका छन् । गाभरमा रहेको लायन्स पार्क तथा होमस्टे र गाभर उपत्यका पछिल्लो समय बाँके, बर्दिया र सुर्खेत लगायतका जिल्लाको पर्यटकीय क्षेत्रको रूपमा परिचित रहेको छ ।
उहाँले चक्रपथ निर्माण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा केही भाग पर्ने भएकाले निकुञ्जसँग समन्वयको काम अघि बढाइएको जानकारी दिनुभयो  । कोहलपुर नजिकै पर्ने भए पनि चारैतिरबाट जङ्गल र स–साना पहाडले घेरिएको गाभर रमणीय स्थानको रूपमा रहेको छ ।


 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …