Pairabi logo

पुस १९, २०८२, शनिबार                    

डुडुवाका विस्थापितलाई तत्काल तयारी खाजा र खाना सहयोग

डेक्स

डेक्स

डुडुवाका विस्थापितलाई तत्काल तयारी खाजा र खाना सहयोग
ADVERTISEMENT

डुडुवा (बाँके) २३ असोज । बाँके डुडुवा गाउँपालिकाका बाढी पिडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका करिब चार सय जनालाई पुग्ने गर तत्काल तयारी खाजा र खानाको व्यवस्था गर्नुभएको छ । 

    गाउँपालिका वार्ड नं. १ का छिटाईपुर्वास्थित दुई वटा पाझा टोलका करिब १ सय २० जना, र सोही वडा अन्र्तगत कृषि चौफेरी, वोर्डर चौफेरी र गजराजपुर्वा गाउँका करिब २ सय ५० जना अहिले बाढी र डुबानबाट वस्थापित भएर गाउँ नजिकै पालिकाले निमार्ण गरेको आश्रयस्थलमा सबैजना बसीरहेको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँ र घर बाढीले सबै डुबान गरेपछि ज्यान सुरक्षित गर्दै अश्रयस्थलको शरणमा पुगेका स्थानीयहरुलाई अहिले तत्काल तयारी खाजा र ४–५ दिनका लागि पुग्ने खानाको व्यवस्थापन गरिएको छ ।

    गाउँपालिका, शसस्त्र प्रहरी र नेपाली सेनाको गरि तीन वटा रबर बोटको प्रयोग गरि राप्ती नदीपारी बगरमा रहेका ती स्थानीयहरुलाई राहतको सामाग्री पठाइएको छ । चिउरा, विस्कुट, चाउ चाउ, भुजा र नमकिन नास्ताका लागि तयारी खाजा र खानाका लागि चामल, दाल, नुन, खुसार्नी, गुण आलु, खाना पकाउने ग्यास चुलो र सिलिण्डर, मिनिरल वाटर र जार पानी लगायतको सामाग्री पठाइएको छ । आश्रयस्थलमा रहेका सबैलाई केहीदिनसम्म खाना पुग्नेगरि व्यवस्थापन गरिएको छ । 

    अध्यक्ष चौधरीले भन्नुभयो –“अब केही दिनसम्म स्थानीय पिडितहरु भोकै बस्नुपर्ने अवस्थाको अन्त्य हुन्छ, पछि अवस्थामा सुधार आएमा गाउँपालिकाले विशेष राहत प्याकेज उपलब्ध गराउने छ, ।” वडा सदस्य समेत रहनुभएका जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको नेतृत्वमा पालिकाका कर्मचारीद्धय विजयकुमार यादव र कौशलकुमार कैरातीको टोलीले राहतका सामाग्री लगेर वाढी पिडितलाई उपलब्ध गराएको छ । उक्त टोलीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको उद्धार टोली समेतले सहयोग गरिरहेको छ । शनिबार राहत लगिएको छ भने नपुगेको स्थानमा आज आईतबार राहत लगायतका सामाग्री लग्न लागिएको समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले बताउनुभयो । 
    यसैविच गाउँपालिकाको स्वास्थ्य शाखाले वाढीपिडितहरुका लागि स्वास्थ्य शिविर समेत संचालन गरेको छ । शिविरमा वाढीपिडिहरुको स्वास्थ्यको चेकजाँच, निशुल्क औषधी वितरण गरिएको स्वास्थ्यकर्मी शैलेन्द्र शर्माले बताउनुभयो । 

    उहाँका अनुसार बाढी र डुबानबाट विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएपछि गाउँपालिकाले तत्काल स्वास्थ्य टोली खटाएर औषधी उपचार गरेको स्वास्थ्य शाखाका सहसंयोजक विरेन्द्र घलेले बताउनुभयो ।

स्वास्थ्य शाखाका सहसंयोजक घले, हेमन्त शर्मा, पवन कैराती, शैलेन्द्र शर्मा लगायतको टिमले स्वास्थ्य चेकजाँच गरहेको हो ।

बाढी र डुबानबाट बाँके जिल्लाको सो क्षेत्र सबै भन्दा बढी प्रभावित हुने गर्दछ । पालिका अध्यक्ष चौधरीले बाढी पिडितहरुको उद्धार, राहत र व्यवस्थापनका लागि गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको भन्दै उनीहरुलाई सक्दो सुरक्षित र उद्धारको कार्यलाई प्रभावकारी बनाउने बताउनुभयो । 
 
ताजा

सबै

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

लोकप्रिय

यो पनि

चिसोले जनजविन प्रभावित

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…