Pairabi logo

भदौ १२, २०८३, शुक्रबार                    

डुडुवाका विस्थापितलाई तत्काल तयारी खाजा र खाना सहयोग

डेक्स

डेक्स

डुडुवाका विस्थापितलाई तत्काल तयारी खाजा र खाना सहयोग
ADVERTISEMENT

डुडुवा (बाँके) २३ असोज । बाँके डुडुवा गाउँपालिकाका बाढी पिडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका करिब चार सय जनालाई पुग्ने गर तत्काल तयारी खाजा र खानाको व्यवस्था गर्नुभएको छ । 

    गाउँपालिका वार्ड नं. १ का छिटाईपुर्वास्थित दुई वटा पाझा टोलका करिब १ सय २० जना, र सोही वडा अन्र्तगत कृषि चौफेरी, वोर्डर चौफेरी र गजराजपुर्वा गाउँका करिब २ सय ५० जना अहिले बाढी र डुबानबाट वस्थापित भएर गाउँ नजिकै पालिकाले निमार्ण गरेको आश्रयस्थलमा सबैजना बसीरहेको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँ र घर बाढीले सबै डुबान गरेपछि ज्यान सुरक्षित गर्दै अश्रयस्थलको शरणमा पुगेका स्थानीयहरुलाई अहिले तत्काल तयारी खाजा र ४–५ दिनका लागि पुग्ने खानाको व्यवस्थापन गरिएको छ ।

    गाउँपालिका, शसस्त्र प्रहरी र नेपाली सेनाको गरि तीन वटा रबर बोटको प्रयोग गरि राप्ती नदीपारी बगरमा रहेका ती स्थानीयहरुलाई राहतको सामाग्री पठाइएको छ । चिउरा, विस्कुट, चाउ चाउ, भुजा र नमकिन नास्ताका लागि तयारी खाजा र खानाका लागि चामल, दाल, नुन, खुसार्नी, गुण आलु, खाना पकाउने ग्यास चुलो र सिलिण्डर, मिनिरल वाटर र जार पानी लगायतको सामाग्री पठाइएको छ । आश्रयस्थलमा रहेका सबैलाई केहीदिनसम्म खाना पुग्नेगरि व्यवस्थापन गरिएको छ । 

    अध्यक्ष चौधरीले भन्नुभयो –“अब केही दिनसम्म स्थानीय पिडितहरु भोकै बस्नुपर्ने अवस्थाको अन्त्य हुन्छ, पछि अवस्थामा सुधार आएमा गाउँपालिकाले विशेष राहत प्याकेज उपलब्ध गराउने छ, ।” वडा सदस्य समेत रहनुभएका जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको नेतृत्वमा पालिकाका कर्मचारीद्धय विजयकुमार यादव र कौशलकुमार कैरातीको टोलीले राहतका सामाग्री लगेर वाढी पिडितलाई उपलब्ध गराएको छ । उक्त टोलीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको उद्धार टोली समेतले सहयोग गरिरहेको छ । शनिबार राहत लगिएको छ भने नपुगेको स्थानमा आज आईतबार राहत लगायतका सामाग्री लग्न लागिएको समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले बताउनुभयो । 
    यसैविच गाउँपालिकाको स्वास्थ्य शाखाले वाढीपिडितहरुका लागि स्वास्थ्य शिविर समेत संचालन गरेको छ । शिविरमा वाढीपिडिहरुको स्वास्थ्यको चेकजाँच, निशुल्क औषधी वितरण गरिएको स्वास्थ्यकर्मी शैलेन्द्र शर्माले बताउनुभयो । 

    उहाँका अनुसार बाढी र डुबानबाट विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएपछि गाउँपालिकाले तत्काल स्वास्थ्य टोली खटाएर औषधी उपचार गरेको स्वास्थ्य शाखाका सहसंयोजक विरेन्द्र घलेले बताउनुभयो ।

स्वास्थ्य शाखाका सहसंयोजक घले, हेमन्त शर्मा, पवन कैराती, शैलेन्द्र शर्मा लगायतको टिमले स्वास्थ्य चेकजाँच गरहेको हो ।

बाढी र डुबानबाट बाँके जिल्लाको सो क्षेत्र सबै भन्दा बढी प्रभावित हुने गर्दछ । पालिका अध्यक्ष चौधरीले बाढी पिडितहरुको उद्धार, राहत र व्यवस्थापनका लागि गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको भन्दै उनीहरुलाई सक्दो सुरक्षित र उद्धारको कार्यलाई प्रभावकारी बनाउने बताउनुभयो । 
 
ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

यो पनि

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण ब…

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा फरक सन्दर्भ, साझा आकांक्षा …