Pairabi logo

कात्तिक १८, २०८३, मंगलबार                    

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

डेक्स

डेक्स

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो
ADVERTISEMENT

बर्दिया १७ कार्तिक । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम बर्दियाको मधुवनमा भएको छ। बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको हो।

अन्तरक्रियाले बालविवाह तथा हानिकारक परम्परागत अभ्यासहरूको न्यूनीकरणका लागि संस्थागत सहकार्य, अनुभव आदानप्रदान र साझा प्रतिबद्धता सुदृढ गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको थियो। 

कार्यक्रममा मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीले बाँके युनेस्को क्लबले समुदायस्तरमा सञ्चालन गर्दै आएका बाल संरक्षण सम्बन्धी पहलहरूको प्रशंसा गर्दै बालविवाह रोकथाम तथा जनचेतना अभिवृद्धि पुर्‍याएको सकारात्मक योगदानको सराहना गर्नुभयो। साथै, किशोर किशोरी तथा भावनात्मक र मनोसामाजिक चुनौतीहरूको सामना गरिरहेका व्यक्तिहरूलाई आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले मनोवैज्ञानिक परामर्श सेवा स्थापना गर्ने योजना रहेको जानकारी गराउनुभयो।

त्यसैगरी, शिक्षा शाखा प्रमुखले बालविवाह अन्त्यका लागि नगरपालिका अन्तर्गतका विभिन्न शाखाहरू, गैरसरकारी संस्थाहरू तथा समुदायमा आधारित क्लबहरूबीच प्रभावकारी समन्वय र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।

स्वास्थ्य शाखा प्रमुख गीता घिमिरेले विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई समुदायस्तरका जनचेतनामूलक गतिविधिमा सक्रिय सहभागिता जनाउन, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रवाह गर्न, स्वास्थ्य संस्थामा सेवा लिन आउने किशोरकिशोरीलाई सम्मानजनक र संवेदनशील व्यवहार गर्न तथा तथ्याङ्क र अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउन आग्रह गर्नुभयो।

विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले पनि बाँके युनेस्को क्लबका समुदायस्तरका पहलहरूमा सक्रिय साझेदारी गर्दै बाल संरक्षण प्रवर्द्धन र बालविवाह रोकथामका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस अवसरमा समुदायस्तरमा नियमित अनुगमन गर्ने, बालविवाहका घटनाहरूको समयमै पहिचान तथा जानकारी गराउने, परामर्श सेवालाई थप सुदृढ गर्ने र स्वास्थ्य संस्था भन्दा बाहिर गई परिवार तथा समुदायसम्म पुग्ने गरी संयुक्त जनचेतनामूलक अभियान सञ्चालन गर्ने साझा प्रतिबद्धता व्यक्त गरियो। साथै, बाल संरक्षणका प्रयासहरूलाई दिगो र प्रभावकारी बनाउन निरन्तर समन्वय, संस्थागत जवाफदेहिता र सबै तहको सामूहिक सक्रियता अपरिहार्य रहेको निष्कर्ष निकालियो।

कार्यक्रममा नगर उपप्रमुखसहित स्वास्थ्य, शिक्षा, प्रशासन तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रतिनिधिहरू, मधुवन नगरपालिका अस्पतालका प्रतिनिधि तथा विभिन्न स्वास्थ्य संस्थाका प्रमुख गरी १८ जना सरोकारवालाहरूको सहभागिता रहेको थियो। 

कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लब, सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले गर्नुभएको थियो भने संरक्षण अधिकृत विजय शर्माले सहयोग गर्नुभएको थियो। कार्यक्रमको व्यवस्थापन तथा समन्वय फिल्ड सुपरभाइजरहरू मिनु थारु र दीक्षा बिष्टले गर्नुभएको थियो।

ताजा

सबै

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बर्दिया १७ कार्तिक । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत…

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर प…

युवा नेतृत्व र जवाफदेहिताको सुदृढीकरणमा जोड

बर्दिया, १६ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपाल, बाँके यु…

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

युवा नेतृत्व र जवाफदेहिताको सुदृढीकरणमा जोड

बर्दिया, १६ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपाल, बाँके यु…

यो पनि