Pairabi logo

कात्तिक १८, २०८३, मंगलबार                    

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

डेक्स

डेक्स

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो
ADVERTISEMENT

बाँके, १७ कात्तिकः मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ । 
    
बाँकेमा मृत्यु भएका र दोहोरो मतदाता नामावलीमा नाम रहेका व्यक्तिको विवरण अद्यावधिक गर्नेक्रममा तीन हजार ५० जनाको नाम मतदाता नामावलीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ ले निर्दिष्ट गरेको प्रक्रियाअनुसार २०८३ भदौ १५ गतेसम्म सङ्कलन तथा अद्यावधिकका लागि प्राप्त विवरण समावेश गरी उक्त नाम हटाइएको हो । “मृत्यु भएको भनेर स्थानीय तहले प्रमाणित गरेर पठाएपछि मृत्यु भएका र दुई जिल्ला वा दुई स्थानमा दोहोरो नामावली फेला परेका मतदाताको नाम हटाइएको छ”, प्रमुख शाहीले भन्नुभयो ।  मतदाता नामावली अद्यावधिक गर्दा सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकाबाट मात्रै ८२० जनाको नाम हटाइएको छ । 

त्यस्तै, कोहलपुर नगरपालिकाबाट ७६६ जना, राप्तीसोनारी  ३७१, डुडुवा, १७७, खजुरा ३२०, बैजनाथ २८९, जानकी १८६ र नरैनापुर गाउँपालिकाबाट १२१ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ । 
    
जिल्ला निर्वाचन कार्यालय, बाँकेका अनुसार विसं २०८२ चैत २२ देखि २०८३ असोज २२ सम्म अनलाइन आवेदनबाट तीन हजार ४९६ र राष्ट्रिय परिचयपत्रमार्फत १० हजार ४०१ गरी कूल १३ हजार ८९७ जनाले मतदाता परिचयपत्रका लागि नाम दर्ता गरेका थिए । यसमध्ये छ हजार ७१३ महिला र सात हजार १८४ पुरुष छन् ।
–––

ताजा

सबै

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

बाँके, १७ कात्तिकः मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम म…

बाँकेमा धान खरिदः मागभन्दा आधामात्रै कोटा निर्धारण

नेपालगन्ज, १७ कात्तिकः बाँके जिल्लामा धान खरिदको लागि मागभन्दा आधामात्रै कोटा निर्धार…

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बर्दिया १७ कार्तिक । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत…

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर प…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

युवा नेतृत्व र जवाफदेहिताको सुदृढीकरणमा जोड

बर्दिया, १६ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपाल, बाँके यु…

यो पनि