Pairabi logo

पुस १९, २०८२, शनिबार                    

बाढी र डुवानले ४ हजार परिवार विस्थापित, दर्जनौ भर भत्कियो

डेक्स

डेक्स

बाढी र डुवानले ४ हजार परिवार विस्थापित, दर्जनौ भर भत्कियो
ADVERTISEMENT

नेपालगन्ज २२ असोज । अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँके जिल्लामा ४ हजार जना परिवार विस्थापित भएका छन् । बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानमा करिब ५० वटा कच्ची घर पुर्ण रुपमा भत्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म जिल्लामा कुनैपनि मानविय क्षति नभएको र अधिकांस स्थान बाढीले क्षति पुरयाएको छ । 

जिल्लाको डुडुवा गाउँपालिका वार्ड नं. १ चौफेरी, कृषि चौफेरी र पाझा गाउँमा तीन सय जना, राप्तीसोनारी गाउँपालिका वार्ड नं. २ स्थित टिकुलीपुर गाउँका करिब ३ हजार जना र नेपालगन्ज उपमहानगरपालिका वार्ड २० मा तीन सय जना, खजुरा गाउपालिकामा एक सय जना, नरैनापुर गाउँपालिकामा चार सय जना परिवार विस्थापित भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

उहाँका अनुसार बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानबाट विस्थापित भएकाहरु सबै सुरक्षित रुपमा आश्रयस्थलमा बसिरहेका छन । राप्ती नदी पुल पारी वगर क्षेत्रमा फसेका तीन जनालाई प्रहरीको उद्धार टोलीले आज विहान उद्धार गरेको छ । 
हिजो शुक्रबारदेखि विस्थापित भएकाहरुले खाना समेत नपाएको अवस्थामा स्थानीय तह वडा कार्यालयले ड्राइफुट तयारी खाजाको व्यवस्थाका लागि तयारी शुरु गरिएको प्रजिअ खत्रीले बताउनुभयो । प्रजिअ खत्रीका अनुसार विस्थापितहरुलाई उद्धार, व्यवस्थापन, तत्काल राहत लगायतका विषयमा छलफल गर्न १२ः३० बजे जिल्ला विपत व्यवस्थापन समितिको बैठक बस्दैछ /

बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीहरूले बाढीको चपेटामा परेकाहरुलाई सुरक्षित उद्धार गरी सुरक्षित स्थानमा राखेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । रातीदेखि वर्षा राकिएकोले राप्ती नदीको पानी विस्तारै घट्न थालेको छ । 

जिल्लाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको गाउँपालिका जनप्रतिनिधीहरु बताउछन । 

ताजा

सबै

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

लोकप्रिय

यो पनि

चिसोले जनजविन प्रभावित

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…