Pairabi logo

असोज ०६, २०८३, मंगलबार                    

बाढी पिडितको उद्धार र तटबन्धनमा सशस्त्र प्रहरी सक्रिय

सम्वाददाता

सम्वाददाता

बाढी पिडितको उद्धार र तटबन्धनमा सशस्त्र प्रहरी सक्रिय
ADVERTISEMENT

कमल राजपौडेल 
बर्दिया / असोज १९ गते देखि निरन्तर रुपमा परिरहेको अविरल वर्षाले बबई नदिमा आएको पानीको बहाव बढनाले बर्दिया जिल्लाको गुलरिया नगरपालिका पूर्णरुपले प्रभावित भएको छ । बबई नदिको पानी गुलरिया नगरपालिकाको ४ वटा वडाहरु वडा न. ५ को बालापुर गाँउ, वडा न. १० को महजिदियागाँउ ,वडा न. ११ को लालपुर गाँउ र वडा न. १२ को टडुवा गाँउ लगायत अन्य क्षेत्रहरुमा पसि झण्डै ५ सय  जनाजति प्रभावित ब्यक्तीहरुलाई  उनीहरुको आफन्ती कहाँ र सामुदायिक सेन्टर भवनलगायत स्थानीय विद्यालयहरुमा सुरक्षित राखि बस्ने र खाने ब्यवस्था गरीएको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी बास्तोलाका अनुसार बबई नदिको पानीको बहाव बढनाले नेपालगंन्ज गुलरिया सड्क खण्ड भादा नदि देखीलालपुर गाँउसम्म जलमग्न भएकोले हाललाई सवारी साधन आवागमन रोकिएको जानकारी गराउनुभयो ।

बबई नदिको पानीको बहावले गर्दा नदीले कटान सुरु गरेपछि गुलरिया नगरपालिकाको वडा न. १० थपुवागाँउ छेउमा बबई नदिले कटान गरी रहेको स्थानमा स्थानीय र बज्रदल गण सुरक्षा गुल्मका साथै सशस्त्र प्रहरी बलको सयुक्त टोलीले पलास्टिकको बोरामा माटो भरेर तटबन्धन गरी संभावित खतरालाई न्युनिकरण गरेको कुरा सशस्त्र प्रहरी बल नेपाल न. ३१  गण हेडक्वाटर बर्दियाका सशस्त्रप्रहरी उपरिक्षक जहर सिंह बुढामगरले जानकारी दिनु भयो ।

२०७८ साल असोज महिनाको अन्तिम साता देखि कार्तिकको पहिलो सातासम्म आएको बेमौसमी अविरल वर्षाले गर्दा ठुलो क्षति ब्यहोरेका बर्दिया गुलरियाका किसानहरुलाई यस वर्ष पनिबबई नदीमा आएको बाढीबाट ठुलो क्षति ब्यहोर्न परेको छ ।
असोज १९गते देखि बर्दिया , सुर्खेत ,दाङ्ग र सल्लयान लगायतका पहाडी जिल्लाहरुमा परेको अविरल वर्षाको कारण बबई नदीमा पानीको सतह बढेर नदीमा बाढी आउनाले बर्दियाको गुलरिया नगरपालिकाको ४ वटा वडाहरु  ५ , १०, ११, र १२ प्रभावित भएका छन । ति वडाहरुका केही घरहरुमा पानी पसेको र किसानहरुले लगाएको झण्डै १ हजार विघाको अन्नबालिहरु सबै डुबानमा परेको  छ ।

बबई नदीमा आएको  बाढीबाट बर्दियाको गुलरिया नगरपालिका मात्र प्रभावित भएको छ भने हालसम्म पशु चौपाया लगायत कुनै मानविय क्षति नभएको ३ वटै सुरक्षा निकाय जनपद प्रहरी ,सशस्त्र प्रहरी र नेपाली सेनालाई प्रभावित क्षेत्रहरुमा तयारी अवस्थामा राखिएको जिल्ला विपद ब्यवस्थापन समितीले जनाएको छ ।

ताजा

सबै

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज, असोज ५ । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय बाँकेमा…

बाढी पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यक्रम बारे अभिमुखीकरण

नेपालगंज ५ असोज, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा बाढी पूर्वानुम…

लागुपदार्थ सहित दम्पती पक्राउ

बाँके, ५ असोज :नेपालगञ्जबाट प्रहरीले १०७ ग्रामबढी खैरो हेरोइनसहित एक दम्पतीलाई पक्रा…

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

नेपालगन्ज, ५ असोजः नेपालगञ्जमा बादरको आक्रमणमा परी ४० जना घाइते भएका छन् । बाँदरलाई…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

यो पनि