Pairabi logo

पुस १९, २०८२, शनिबार                    

बाढीले नरैनापुरमा २०० घरमा पूर्ण क्षति, हजार बढी प्रभावित

डेक्स

डेक्स

बाढीले नरैनापुरमा २०० घरमा पूर्ण क्षति, हजार बढी प्रभावित
ADVERTISEMENT

 नेपालगन्ज, २१ असोज । चारदिनदेखि लगातारको वर्षाले बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा डुबानमा परेको छ । नरैनापुर गाँउपालिकामा दुई सय घर पूर्ण रुपमा क्षति भएको छ, भने हजार बढी स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको गाउँपालिका विपत शाखा प्रमुख तथा सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले बताउनुभयो । 
    उहाँका अनुसार वर्षाले नरैनापुरको वडा १, २, ३, ४, ५ र ६ का अधिकांश गाउँमा पहाडको पानी पस्दा भएको डुबानले स्थानीय बढी प्रभावित भएका छन । ६ वटै वडाका अधिकांश गाउँ जलमग्न भई केहीको घरमा समेत पानी पसेको छ । 

    गाउँपालिकाको वडा १ बनिया गाउँ, २ को रोशनपुरवा, महतिनिया, ३ को बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, वडा ४ को नरैनापुर, घोडदौरिया, पंडितपुरवा, वडा नंं ५ को जमुनहा, ६ को दोँदरा, २४ विगहा लगायतका गाउँका अधिकांश घरमा पानी पसेपछि जनजीवन अस्तव्यस्त बनेको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो । 
    बाढी र डुबान पीडितका लागि तत्काल खाद्य बस्तु उपलब्ध गराउन जिल्ला विपद व्यवस्थापन समितिलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो । अध्यक्षले शाहले भन्नुभयो,–“राप्ती नदीको पानीले भन्दा नरैनापुरको नजिकै रहेको पहाडको पानीले यहाँका स्थानीयलाई प्रभावित बनाएको छ ।” 
    समयमा वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गर्नुपरेको भन्दै अध्यक्ष शाहले नरैनापुरमा अहिलेको बाढी, डुबान र कटानले धान बाहेकका अलि बाँकी रहेको खेतीबाली सखाप पारेको बताउनुभयो । 
    वडा नं. ३ का अध्यक्ष अजय मिश्रले घरमा रहेका सबै सामान भिजेर काम नलाग्ने अवस्थामा पुगेको भन्दै बाढी पिडितका लागि खानको समस्या भएको बताउनुभयो । 
 
ताजा

सबै

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

लोकप्रिय

यो पनि

चिसोले जनजविन प्रभावित

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…