Pairabi logo

साउन १०, २०८३, आइतबार                    

सत्ता र महिला

डेक्स

डेक्स

सत्ता र महिला
ADVERTISEMENT

शाहिदा शाह 
नेपालगन्ज 

नेपालमा विभिन्न कालखण्डमा सत्ता र सत्ता संचालकहरु परिवर्तन भए । सत्ता परिवर्तन हँुदा शहीद हुनेहरुको परिवारका महिलाहरु कहाँ र कस्तो अवस्थामा छिन् यो खोजीको विषय हो । इतिहासकै कुरा गर्ने हो भने राजतन्त्र थियो पछि जनचाहनामा प्रजातन्त्र भयो राजा रहने गरी सुधारिएको प्रजातन्त्र भयो । श्री ५ सरकार राजा विरेन्द्र वीर विक्रम शाह राष्ट्र र जनताप्रति निकै उदार रहने हुनाले निकै लोकप्रिय राजा थिए । मिति २०५८ साल माघ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी दरबारभित्र त्रिभुवन सदनको विलियार्ड बैठकमा भएको पारिवारिक जमघटमा गोली चलेर तत्कालीन राजा विरेन्द्र शाहको वंश नै समाप्त गरियो । राज्य र जनताले उदारवादी राष्ट्रप्रेमी तत्कालीन राष्ट्रको अभिभावक गुमाए ।

उनको हत्याकाण्डको २१ वर्ष पुगिसक्दा पनि दरबार हत्याकाण्डको सन्तुष्टि जनक जानकारी वा कारण अहिले सम्म जनता थाहा पाउन सकेका छैनन् । उनको मृत्यु पश्चात उनका भाई ज्ञानेन्द्र शाहलाई राजा बनाइयो । जनताले राजा ज्ञानेन्द्र शाहलाई रुचाएनन् र उनलाई सत्ताबाट हटाउन राजतन्त्र फाल्न देश व्यापी रुपमा आन्दोलन भए । अन्ततः राजा ज्ञानेन्द्र शाहले राजगद्दी त्यागे । त्यतिखेर राजतन्त्र फाल्न सहज रहेन जनता र प्रहरी बीच पटक पटक झडप भए गोली चल्यो मानिस शहीद पनि भए । शहीदहरुको बलिदानी पश्चात राजतन्त्र समाप्त भयो । अब लोकतन्त्रको लागि आन्दोलनहरु सुरु भए त्यसमा पनि जनताले धेरै बलिदानी दिए ज्यानको आहुती दिए ।
कुरा गरौं २०७९ जेष्ठ १९ बिहीबारको घटना बारे भने राजा विरेन्द्र शाह जनताको प्रिय राजा रहेकोले अहिले पनि उनलाई प्रेम गर्ने राजावादीहरु धेरै छन् । उनीहरुले मिति २०७९ साल जेष्ठ १९ गते बिहीबारका दिन नेपालगन्जको धम्बोझी चोकमा स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप भयो गोली नै चल्यो धेरै जना घाइते पनि भए । त्यही समयमा केही समूहले धम्बोजी चोक नजिकै रहेको सेतु वि.क. चोकमा राखिएको दोस्रो जन आन्दोलनमा शहीद भएकी सेतु वि.क.को सालिक पनि तोडफोड गरेका छन् । सेतु वि.क. चोकलाई दोस्रो जनआन्दोलन भन्दा अगाडिसम्म ज्ञानेन्द्र चोक भनिन्थ्यो । जसलाई जनआन्दोलनमा शहीद भएकी सेतु वि.क.को नामबाट सेतु वि.क. चोक भनेर सो स्थानमा उनको सालिक राखियो । जुन सालिक हाल तोडफोड भएको अवस्थामा रहेको छ ।
यहाँ यी कुरा दोहोराइरहने कारण के छ भन्दा खेरि चाहे राजतन्त्र फालेर लोकतन्त्र ल्याउन खोज्दा भएको जनआन्दोलन होस् वा लोकतन्त्र पश्चात गणतन्त्र ल्याउनलाई गरिएको जन आन्दोलन होस् । त्यसमा घाइते हुने र शहीद हुने प्रहरी वा आम जनता जो कोही भए पनि तिनी कुनै आमाका छोरा, कुनै पत्नीका पति, कुनै बच्चा बुवा र कुनै बहिनीको दाईभाई नै रहेका हुन् । यी आन्दोलनमा जसको घरपरिवारको कुनै सदस्य घाइते वा शहीद भए तिनको परिवारको हालत के भयो होला कसैले विचार गरेछन् ? अह ! गरेनन् । किनकि तिनको बारेमा सोचेको भए त यो अवस्था नै किन सृजना हुन्थ्यो । उनलाई त सत्ता चाहिएको थियो जुन हात पारे अब अरुको बारेमा सोचेर किन टाउको दुखाउने । उनी त सत्तामा आसीन भए उनलाई पुग्यो ।

समानताको अधिकार, समावेशिता, विभेद अन्त्य जस्ता नारा बोकेर सत्ता आएका यी व्यक्तिहरुलाई सोध्नुस् त ! राजतन्त्र हटाएर लोकतन्त्र ल्याउँदा को–को शहीद भए कति परिवार बेसाहारा भए, कति आमाको काख उजडियो, कति महिला विधवा भइन्, कति बच्चा टुहुरा भए । अहिलेको समयमा ती शहीदका विधवा पत्नी, शहीदका टुहुरा बच्चा, शहीदकी वृद्ध वुबाआमाको अवस्था कस्तो छ कसैलाई थाहा छ ? शायद छैन होला ।

अज्ञात शहीदहरुको परिवारको अवस्था के कस्तो छ खोजि गरियो ? ज्ञात शहीदहरुकै परिवार कुरा गर्ने हो भने आफ्नो परिवारलाई पाल्ने व्यक्ति नै शहीद भएपछि तिनका वृद्ध आमाबुवा, छोराछोरी, पत्नी कसरी जीविकोपार्जन गर्दैछन् खोजी गरी परिवार पाल्न उचित आयश्रोतको व्यवस्था गरियो त ? यदि राज्यले शहीदका परिवारको लागि आयश्रोत, पद आदि दिएको छ भने के कति छ ? दिइने सेवा सुविधा कहाँ कसरी कति कुन क्षेत्र र रुपमा दिइएको त्यस बारे सार्वजनिक रुपमा कतै जानकारी साझा गरिएको छ ? अरुको कुरा के गर्ने लोकतन्त्र लोकतन्त्रको राग अलाप्ने सत्तासीनहरुलाई नेपालगन्जमै जनआन्दोलनमा शहीद भएका शहीद गुलजार खाँ र शहीद सेतु वि.क.को परिवारको अवस्था सोध्ने हो भने शायद अधिकांशलाई थाहा नहोला । किनभने कसैलाई फुर्सद छैन जान्नका लागि सब आ–आफ्नो पदमा रमाएका छन् । शहीदमध्ये जो आर्थिक रुपमा सम्पन्न थिए होलान् तिनका परिवारलाई त जिविकोपार्जन गर्न खासै समस्या नहोला । तर सबै शहीद धनीमानी नै थिए भन्ने छ छैन नि जो गरीब थिए तिनी मध्येका शायद कुनै शहीदको पत्नी कतै अर्काको घरमा भाँडा माझेर परिवार पाल्दै होलिन् वा कुनै शहीदका बच्चाहरु कतै ईट्टाभट्टा वा अन्य ठाउँमा मजदूरी गरिरहेका होलान् भने कुनै शहीदका वृद्ध बुवा कमाउने व्यक्ति नै नरहेपछि कतै सडकको पेटी भिक्षा माग्दै वा रिक्सा चलाउँदै छन् होला । अब शहीदहरुको लागि केही गर्दैनन् भन्ने हो भने असत्य होला किनकि वर्षमा एक पटक शहीदका सालिकमा माल्यार्पण गरी भाषण दिने गर्छन् । के ती शहीदहरुको सम्मान यति मात्र हो र ? के शहीद परिवारको सत्ता साझेदारीमा वा सेवा सुविधामा कुनै हक छैन् त ?

यहाँ यी कुरा उठान गर्नुको मुख्य आशय यति मात्र छ कि राजतन्त्र हटाउने जनआन्दोलन होस् वा दोस्रो जन आलोचना वा मधेश आन्दोलन किन नहोस् । यी आन्दोलन शहीद भएका घाइते भएका वीर सपुतहरुको परिवारलाई राज्यले स्थान दिन, उनलाई जिविकोपार्जन गर्न आयश्रोत र क्षमता दक्षता अनुसार पद दिएर सम्मान दिने तर्फ ध्यानाकर्षण होस् भनी । ताकी आन्दोलनमा घाइते भएर काम गर्न अशक्त व्यक्तिहरुको परिवार र शहीद भएपछि अभिभावक र कमाउने व्यक्ति गुमाएका परिवारलाई केही हदसम्म राहत महसुस होस् । राज्य उनको लागि पनि छ भनी अपन्तव महसुस होस् । सत्ताको यो लडाइमा खास गरी महिला नै बढी मर्कामा परेकी हुन् । साभार : दैनिक नेपालगन्ज /

ताजा

सबै

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

नेपालगन्ज १० साउनः बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला प्रख…

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगञ्ज, । बाँकेको डुडुवा गाउँपालिका६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका…

लोकप्रिय

सबै

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला प्रख…

मलको सहज आपुर्तिबारे सांसद राईद्धारा सरोकारवाला निकायको ध्यानाकर्षण

नेपालगन्ज ६ साउन । बाँके जिल्ला निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वम…

नरैनापुरका आमाको रोजाइ बन्यो वर्थिङ सेन्टर, सुरक्षित सुत्केरी

बाँके, ६ साउन । कुनै समय प्रसूति वेथा लागेपछि परिवारका सदस्यको मनमा सबैभन्दा ठूलो …

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि

नेपालगञ्ज, ९ साउनः बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्…

यो पनि

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…

'यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान'

'यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान'

बाँके क्षेत्र नम्बर १ मा करीब एक दशकपछि रुख चिन्हमा मतदान गर्न पाउने वातावरण छ । आगा…

रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

तुला अधिकारी १९ माघ २०६१ । बिहानी सिफ्टको कक्षा सकिने बेला हुँदैथियो । आरआर कलेजम…