Pairabi logo

जेठ २६, २०८२, आइतबार                    

सत्ता र महिला

डेक्स

डेक्स

सत्ता र महिला
ADVERTISEMENT

शाहिदा शाह 
नेपालगन्ज 

नेपालमा विभिन्न कालखण्डमा सत्ता र सत्ता संचालकहरु परिवर्तन भए । सत्ता परिवर्तन हँुदा शहीद हुनेहरुको परिवारका महिलाहरु कहाँ र कस्तो अवस्थामा छिन् यो खोजीको विषय हो । इतिहासकै कुरा गर्ने हो भने राजतन्त्र थियो पछि जनचाहनामा प्रजातन्त्र भयो राजा रहने गरी सुधारिएको प्रजातन्त्र भयो । श्री ५ सरकार राजा विरेन्द्र वीर विक्रम शाह राष्ट्र र जनताप्रति निकै उदार रहने हुनाले निकै लोकप्रिय राजा थिए । मिति २०५८ साल माघ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी दरबारभित्र त्रिभुवन सदनको विलियार्ड बैठकमा भएको पारिवारिक जमघटमा गोली चलेर तत्कालीन राजा विरेन्द्र शाहको वंश नै समाप्त गरियो । राज्य र जनताले उदारवादी राष्ट्रप्रेमी तत्कालीन राष्ट्रको अभिभावक गुमाए ।

उनको हत्याकाण्डको २१ वर्ष पुगिसक्दा पनि दरबार हत्याकाण्डको सन्तुष्टि जनक जानकारी वा कारण अहिले सम्म जनता थाहा पाउन सकेका छैनन् । उनको मृत्यु पश्चात उनका भाई ज्ञानेन्द्र शाहलाई राजा बनाइयो । जनताले राजा ज्ञानेन्द्र शाहलाई रुचाएनन् र उनलाई सत्ताबाट हटाउन राजतन्त्र फाल्न देश व्यापी रुपमा आन्दोलन भए । अन्ततः राजा ज्ञानेन्द्र शाहले राजगद्दी त्यागे । त्यतिखेर राजतन्त्र फाल्न सहज रहेन जनता र प्रहरी बीच पटक पटक झडप भए गोली चल्यो मानिस शहीद पनि भए । शहीदहरुको बलिदानी पश्चात राजतन्त्र समाप्त भयो । अब लोकतन्त्रको लागि आन्दोलनहरु सुरु भए त्यसमा पनि जनताले धेरै बलिदानी दिए ज्यानको आहुती दिए ।
कुरा गरौं २०७९ जेष्ठ १९ बिहीबारको घटना बारे भने राजा विरेन्द्र शाह जनताको प्रिय राजा रहेकोले अहिले पनि उनलाई प्रेम गर्ने राजावादीहरु धेरै छन् । उनीहरुले मिति २०७९ साल जेष्ठ १९ गते बिहीबारका दिन नेपालगन्जको धम्बोझी चोकमा स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप भयो गोली नै चल्यो धेरै जना घाइते पनि भए । त्यही समयमा केही समूहले धम्बोजी चोक नजिकै रहेको सेतु वि.क. चोकमा राखिएको दोस्रो जन आन्दोलनमा शहीद भएकी सेतु वि.क.को सालिक पनि तोडफोड गरेका छन् । सेतु वि.क. चोकलाई दोस्रो जनआन्दोलन भन्दा अगाडिसम्म ज्ञानेन्द्र चोक भनिन्थ्यो । जसलाई जनआन्दोलनमा शहीद भएकी सेतु वि.क.को नामबाट सेतु वि.क. चोक भनेर सो स्थानमा उनको सालिक राखियो । जुन सालिक हाल तोडफोड भएको अवस्थामा रहेको छ ।
यहाँ यी कुरा दोहोराइरहने कारण के छ भन्दा खेरि चाहे राजतन्त्र फालेर लोकतन्त्र ल्याउन खोज्दा भएको जनआन्दोलन होस् वा लोकतन्त्र पश्चात गणतन्त्र ल्याउनलाई गरिएको जन आन्दोलन होस् । त्यसमा घाइते हुने र शहीद हुने प्रहरी वा आम जनता जो कोही भए पनि तिनी कुनै आमाका छोरा, कुनै पत्नीका पति, कुनै बच्चा बुवा र कुनै बहिनीको दाईभाई नै रहेका हुन् । यी आन्दोलनमा जसको घरपरिवारको कुनै सदस्य घाइते वा शहीद भए तिनको परिवारको हालत के भयो होला कसैले विचार गरेछन् ? अह ! गरेनन् । किनकि तिनको बारेमा सोचेको भए त यो अवस्था नै किन सृजना हुन्थ्यो । उनलाई त सत्ता चाहिएको थियो जुन हात पारे अब अरुको बारेमा सोचेर किन टाउको दुखाउने । उनी त सत्तामा आसीन भए उनलाई पुग्यो ।

समानताको अधिकार, समावेशिता, विभेद अन्त्य जस्ता नारा बोकेर सत्ता आएका यी व्यक्तिहरुलाई सोध्नुस् त ! राजतन्त्र हटाएर लोकतन्त्र ल्याउँदा को–को शहीद भए कति परिवार बेसाहारा भए, कति आमाको काख उजडियो, कति महिला विधवा भइन्, कति बच्चा टुहुरा भए । अहिलेको समयमा ती शहीदका विधवा पत्नी, शहीदका टुहुरा बच्चा, शहीदकी वृद्ध वुबाआमाको अवस्था कस्तो छ कसैलाई थाहा छ ? शायद छैन होला ।

अज्ञात शहीदहरुको परिवारको अवस्था के कस्तो छ खोजि गरियो ? ज्ञात शहीदहरुकै परिवार कुरा गर्ने हो भने आफ्नो परिवारलाई पाल्ने व्यक्ति नै शहीद भएपछि तिनका वृद्ध आमाबुवा, छोराछोरी, पत्नी कसरी जीविकोपार्जन गर्दैछन् खोजी गरी परिवार पाल्न उचित आयश्रोतको व्यवस्था गरियो त ? यदि राज्यले शहीदका परिवारको लागि आयश्रोत, पद आदि दिएको छ भने के कति छ ? दिइने सेवा सुविधा कहाँ कसरी कति कुन क्षेत्र र रुपमा दिइएको त्यस बारे सार्वजनिक रुपमा कतै जानकारी साझा गरिएको छ ? अरुको कुरा के गर्ने लोकतन्त्र लोकतन्त्रको राग अलाप्ने सत्तासीनहरुलाई नेपालगन्जमै जनआन्दोलनमा शहीद भएका शहीद गुलजार खाँ र शहीद सेतु वि.क.को परिवारको अवस्था सोध्ने हो भने शायद अधिकांशलाई थाहा नहोला । किनभने कसैलाई फुर्सद छैन जान्नका लागि सब आ–आफ्नो पदमा रमाएका छन् । शहीदमध्ये जो आर्थिक रुपमा सम्पन्न थिए होलान् तिनका परिवारलाई त जिविकोपार्जन गर्न खासै समस्या नहोला । तर सबै शहीद धनीमानी नै थिए भन्ने छ छैन नि जो गरीब थिए तिनी मध्येका शायद कुनै शहीदको पत्नी कतै अर्काको घरमा भाँडा माझेर परिवार पाल्दै होलिन् वा कुनै शहीदका बच्चाहरु कतै ईट्टाभट्टा वा अन्य ठाउँमा मजदूरी गरिरहेका होलान् भने कुनै शहीदका वृद्ध बुवा कमाउने व्यक्ति नै नरहेपछि कतै सडकको पेटी भिक्षा माग्दै वा रिक्सा चलाउँदै छन् होला । अब शहीदहरुको लागि केही गर्दैनन् भन्ने हो भने असत्य होला किनकि वर्षमा एक पटक शहीदका सालिकमा माल्यार्पण गरी भाषण दिने गर्छन् । के ती शहीदहरुको सम्मान यति मात्र हो र ? के शहीद परिवारको सत्ता साझेदारीमा वा सेवा सुविधामा कुनै हक छैन् त ?

यहाँ यी कुरा उठान गर्नुको मुख्य आशय यति मात्र छ कि राजतन्त्र हटाउने जनआन्दोलन होस् वा दोस्रो जन आलोचना वा मधेश आन्दोलन किन नहोस् । यी आन्दोलन शहीद भएका घाइते भएका वीर सपुतहरुको परिवारलाई राज्यले स्थान दिन, उनलाई जिविकोपार्जन गर्न आयश्रोत र क्षमता दक्षता अनुसार पद दिएर सम्मान दिने तर्फ ध्यानाकर्षण होस् भनी । ताकी आन्दोलनमा घाइते भएर काम गर्न अशक्त व्यक्तिहरुको परिवार र शहीद भएपछि अभिभावक र कमाउने व्यक्ति गुमाएका परिवारलाई केही हदसम्म राहत महसुस होस् । राज्य उनको लागि पनि छ भनी अपन्तव महसुस होस् । सत्ताको यो लडाइमा खास गरी महिला नै बढी मर्कामा परेकी हुन् । साभार : दैनिक नेपालगन्ज /

ताजा

सबै

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

नेपालगन्ज, जेठ २३ । बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेक…

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

नेपालगन्ज २३ जेठ । महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुईदिने क्षमत…

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

नेपालगन्ज । प्लाष्टिक जन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्न…

लोकप्रिय

सबै

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

नेपालगन्ज, जेठ २३ । बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेक…

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

नेपालगन्ज २३ जेठ । महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुईदिने क्षमत…

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

नेपालगन्ज । प्लाष्टिक जन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्न…

यो पनि

हर्ष कृति बौद्ध बिहारको संरक्षण र समुचित ब्यवस्थापन गर्न समितिको सिफारिस

हर्ष कृति बौद्ध बिहारको संरक्षण र समुचित ब्यवस्थापन गर्न समितिको सिफारिस

बसन्त गौतम । नेपालगन्ज बागेश्वरी मन्दिर नजिकै रहेको हर्ष कृति बौद्ध बिहारको संरक्षण र …

७० बर्षीय लालजी कुर्मीलाई रगत नपाउदाको अनुभव

७० बर्षीय लालजी कुर्मीलाई रगत नपाउदाको अनुभव

पवन जायसवाल बाँकेको नेपालगन्जमा रक्त संचार सेवा केन्द्र नभएको समयको कुरा हो । करीब …

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार जन्मले होइन, अनुभूति र अपनत्वले कर्णालीसँग मे…

प्रमुख जिल्ला अधिकारीलाई पत्र - २

प्रमुख जिल्ला अधिकारीलाई पत्र - २

श्री प्रमुख जिल्ला अधिकारी ज्यु । जिल्ला प्रशासन कार्यालय बाँके । ४० दिन हारहारी हुन ल…