Pairabi logo

असोज १८, २०८३, आइतबार                    

हर्ष कृति बौद्ध बिहारको संरक्षण र समुचित ब्यवस्थापन गर्न समितिको सिफारिस

डेक्स

डेक्स

हर्ष कृति बौद्ध बिहारको संरक्षण र समुचित ब्यवस्थापन गर्न समितिको सिफारिस
ADVERTISEMENT

बसन्त गौतम । नेपालगन्ज 
बागेश्वरी मन्दिर नजिकै रहेको हर्ष कृति बौद्ध बिहारको संरक्षण र समुचित ब्यवस्थापनका सम्बन्धमा गठित समितिले आज सोमबार आफ्नो जिम्मेवारी पुरा गरि नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ । यसै गरि  बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई समेत प्रतिवेदन कार्यान्वयनमा सहजिकरण गर्न अनुरोध गर्दै प्रतिवेदन बुझाईएको छ । 

बौद्ध महाविहारको संचालन कुन गुठीको मातहतमा छ  रु यसको आय र व्ययको अवस्था के कस्तो रहेको छ ।   खर्च कसरी व्यवस्था हुन्छ रु सम्पतिको संरक्षण कसरी हुन्छ भन्ने हिसाबले टिका टिप्पणी चले पछी नेपालगंज उपमहानर पालिकाद्वारा गठित हर्ष कृती बौद्ध  महाविहारको संरक्षण सम्बद्र्दन सम्पतिको यथार्थ बिवरणको सहितको प्रतिवेदन पेश गर्न ७ सदस्यीय समिति गठन भएको थियो ।

नेपालगंज उच्च बारका अध्यक्ष चित्र बहादुर शाहीको संयोजकत्वमा गठित समितिमा अधिकारकर्मी अधिवक्ता बसन्त गौतम, अधिकारकर्मी प्रभात कुमार ठकुरी, नागरिक समाजका कृष्ण प्रसाद श्रेष्ठ, अधिवक्ता हिरा बहादुर श्रेष्ठ, समाजसेवी उषा गौतम र  केवल बैश्य रहेको ७ सदस्यिय समिति गठन गरिएको थियो । समितिले सम्बद्ध पक्षसंग छलफल गरि स्थलगत अध्ययन गरि प्रतिवेदन तयार पारेको थियो । 

यो हर्ष कृती बिहार रहेको स्थान हाल सम्म बागेश्वरी मन्दिरकै नाममा स्रेस्ता देखिन आएको, सो जग्गा बि।स। २०१५ सालमा हर्ष कृती बिहारलाइ दिनु भनि हुकुमी प्रमांगी भएको र सोहि आधारमा हाल सम्म हर्ष किर्ति बिहार बुद्धिष्ठ नेवारहरुको समुदायद्वारा संचालनमा आएको देखिएको छ ।

उक्त हर्ष कृती बिहार कहिँ कतै कुनै पनि निकायमा कानूनी रुपमा दर्ता नभएको, कुनै व्यवस्थापन समिति पनि गठन नभएको र हाल सम्म पनि व्यक्ति बिशेष मार्फत संचालनमा रहेको पाइएको अध्ययन समितिका सदस्य अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।  

अन्य बौद्ध बिहार बिशेष गरि गौतम बुद्धको जन्म स्थल लुम्बिनीको  रिति थिति अनुसार बज्रयान परम्परा अनुसार समन्वय गरि संचालन गर्न उपयुक्त देखिने ठहर समितिले गरेको छ । यस बिहारको जानकी गाउ पालिका स्थित वडा नं ४ खजुरा खुर्दमा रहेको १५।५ बिघा क्षेत्रफलमा थप बौद्ध बिहार, गुम्बा, पार्क , भिक्षु , बौद्ध अध्ययन केन्द्र राख्दा यस बिहारको लोकप्रियता, धार्मिक संरक्षण, विकास र आन्तरिक तथा धार्मिक पर्यटनको बिकास गर्ने देखिने ठकर समितिले गरेको छ ।

उपरोक्त सिफारीस र निष्कर्ष कार्यान्वयनका लागि अध्यक्ष समितिले नेपालगंज उप महानगर पालिका, जिल्ला प्रशासन कार्यालय बाँके, भूमि सुधार तथा मालपोत कार्यालय, नेपाल सरकार लगायत सम्बन्धित निकाय अनुरोध गरेको छ । अध्ययनका समितिले तीनवटा पद्धतीहरुलाइ प्रयोग गरि प्रतिवेदन तयार पारेको थियो ।

जसमा (क) हर्ष कृती बौद्ध महाविहारका सम्बन्धमा प्रकाशीत लेख रचना, समाचार सङ्कलन, सम्बन्धित सरोकार वाला व्यक्तिहरुसँग सोधपुछ र सत्य तथ्य  जानकारी सङ्कलन तथा भूमि सुधार तथा मालपोल कार्यालय नेपालगंज बाँके, नापी कार्यालय नेपालगंज, बाँकेबाट नापी नक्शा, भूमि सम्बन्धि लालपुर्जा, जग्गा जमिनको पुर्जाको दस्तावेजहरु सङ्कलन गरी अध्ययन गरेको थियो । 

सरोकारवालाहरु सँगको सोधपुछ र हाल सम्मको दस्तावेज अनुसार यस महाविहारको नाममा  (क)  जिल्ला बाँके जानकी गाउपलिका वडा न। ०४ मा तपशील बमोजिम ७ कित्ता श्रेस्ता कायम रहेको देखिएको छ । सबै ७ कित्ता गरी जानकी गाउपालिका वडा ४ स्थित खजुरा खुर्दमा १०५५३१ ब।मी। क्षेत्रफलको जग्गा रहेको छ ।

(ख) यस बौद्ध बिहारको नेपालगंज उ।म।न।पा।–२ स्थित बागेश्वरी मन्दिरको उत्तरपट्टि करिब ०६ कठ्ठाको भोगचलनको क्षेत्रफलमा फैलिएको यस महाविहार परिसरमा रहेको ११ वटा पसल रहेको छ ।

आर्थिक अवस्था : यस महाविहारको नाममा करीब जानकी गाउपलिका वडा न –४ मा रहेको जग्गाको खेतीको अन्नको रकम यस बिहारको स्याहार सम्भार, मर्मतमा जाने र नेपालगंज उ।म।न,पा। –२ स्थित बागेश्वरी यस महाविहारको नाम को प्रति शटर रु। २५० का दरले मासीक जम्मा रु। २२५०-  को आम्दानी यस मन्दिरका पुजारी यज्ञ रत्न बज्राचार्यले मन्दिर व्यवस्थापन को लागि लिने गरेको पाइएको छ ।

संचालक समिति : आधिकारिक रुपमा यस हर्ष कृती बिहार कुनै गुठि वा संस्था संचालनमा न रहेको र औपचारिक कुनै व्यवस्थापन समिति , संचालक समितिमा नरहेको र लुम्बिनी स्थित राजकीय बौद्ध बिहार, चैत्यको सहकार्यमा नरहेको देखिन्छ । साथै स्थानीय तह तथा यस बौद्ध बिहारका बीच पूर्ण रुपमा समन्वयन एवम् संयूक्तरुपमा संचालन नभएको देखिन्छ ।

अध्ययनका क्रममा समितिले यस शर्ष कृति बौद्ध बिहारको भेटीको कुनै पनि लेखा जोखा नभएको पाएको थियो । बौद्ध बिहारको अगाडी रहेको ११ वटा (कबल) शटरहरुको भाडाको कुनै हिसाब किताव नभएको, बिहारको प्राङ्गण भित्र फोहर फाल्ने तर नियमित सरसफाई राम्ररी नगरिएको देखिएको, बौद्ध बिहार भित्र अनाधिकृत व्यक्तिको प्रवेश हुने गरेको , अवान्छित क्रियाकलापका कारण दर्शनार्थी र बिहारमा बस्ने भिक्षुहरुले असुरक्षित महसुस गरेको पाइएको जनाएको छ ।

यस्तै खानेपानी तथा शौचालयको उचित सरसफाई तथा व्यवथापन नभएकाले बौद्ध बिहारको सौद्धर्यकरण, नियमित सरफाई, अगाडीका ११ वटा सबै सटरहरु यथासिघ्र हटाउनु पर्ने, बौद्ध धर्मावलम्बीहरुको घुमाउने मणि माने राखेर बिहारको अस्तित्व देखिने गरी सुन्दरता बढाउने कार्य गर्नु पर्ने, प्लानिङ्ग बनाई गुरु योजना अनुसार बौद्ध बिहार संचालन गरिनु पर्ने, शौचालय र शुद्ध खानेपानीको ब्यवस्था गरिनु पर्ने सिफारिस समितिले गरेको छ ।

हर्ष बिहारको संस्थागत संचालन र ब्यवस्थापन समितिले निम्न सिफारिस गरेको छ । ९क० हालसम्म पनि आधिकारीक रुपमा नेपाल सरकारको कुनै निकायमा दर्ता नभई ब्यक्तिगत हिसावले संचालन हुदै आएको देखिएकोले बिधिवत रुपमा नेपाल सरकार अन्तरगत दर्ता गरि धार्मिक सार्वजनिक गुठीको ऐन नियम अनुसार संचालन गरिनु पर्ने , भएका चल अचल सम्पत्तिको समिति संचालन र ब्यवस्थापन कानून बमोजिम दर्ता भएको हर्ष कृति बौद्ध बिहार संचालक समिति मार्फत संचालन गरिनु पर्ने,समितिको नियमित साधारण सभा, चलअचल सम्पत्तिको ब्यवस्थित अभिलेख र लेखापरिक्षण गरिनु पर्ने अध्ययन समितिले सिफारिस गरेको छ । 

चल अचल सम्पत्तिको समुचित ब्यवस्थापन गरिनु पर्ने यसका लागी  चार किल्ला सहितको अचल सम्पत्तिको अभिलेख दुरुस्त राखी चल सम्पत्तिको लेखा प्रणालीबाट ब्यवस्थित हिसाव कितावको रेकर्ड राख्ने ब्यवस्था, बैंक मार्फत खाता संचालन गरि हिसाव किताव गर्नु पर्ने, चल अचल सम्पत्ति कानून बमोजिम गठित समिति मातहत राख्ने ब्यवस्था मिलाईनु पर्ने  समितिले ठहर गरेको छ । 

यसै गरि हर्ष कृति बौद्ध बिहारको नाममा जिल्ला बाँके  जानकी गापा  जग्गा धार्मिक सार्वजनिक गुठी अन्तरगत राखिनु पर्ने, हर्ष कृति बौद्ध बिहार अन्तरगत रहेका चल अचल सम्पत्तिहरु अद्यावधिक गरि अभिलेखिकरण गरिनु पर्ने ।

चल अचल सम्पत्तिको संचालन र ब्यवस्थापन कानून बमोजिमको धार्मिक सामुदायिक गुठी अन्तरगतको समितिको मातहतमा रहने गरि आम्दानी खर्चको ब्यवस्थापन गरिनु पर्ने, बिगत देखि हालसम्म बौद्ध बिहार अगाडी रहेका सटरहरुको आम्दानी, बौद्ध बिहारमा चढाईने भेटी सहितको आम्दानी खर्च अद्यावधिक गरि सार्वजनिक गरिनु पर्ने, हर्ष कृति बौद्ध बिहारका नाममा रहेका सटरहरुको आम्दानी ब्यवस्थित गरिएको नदेखिएकोले ब्यवस्थित गरिनु पर्ने, हिसाव कितावको पारदर्शिता र बैंक मार्फत आर्थिक कारोवार गरिनु पर्ने, बार्षिक रुपमा लेखा परिक्षण अनिवार्य गर्नु पर्ने सिफारिस समितिले गरेको छ ।

 समितिले बौद्ध बिहार अगाडी बनाईएका अब्यवस्थित ब्यापारिक सटरका कारण बौद्ध बिहार बाहिरबाट खुल्ला रुपमा बाहिरबाट कसैले नदेख्ने,लुकेको कुरुप अवस्थामा रहेकाले तत्काल अगाडी रहेका सम्पुर्ण सटरहरु यथासिघ्र हटाई खुल्ला र पारदर्शि राखी बौद्ध बिहारको शौदन्र्यकरण झल्किने गरि ब्यवस्थापन गरिनु पर्ने, बौद्ध बिहार खुल्ला र पारदर्शि एवं ब्यवस्थित रुपमा संचालन नभएका कारण युवायुवतीहरुको अवाच्छित क्रियाकलाप (डेटिङ्ग स्थल) तथा लागु औषध सेवन गर्ने स्थलको रुपमा परिणत हुदै आएको देखिएकोले गलत क्रियाकलापको रोकथाम एवं बौद्ध बिहारको ब्यवस्थित संचालन एवं शान्ति सुरक्षाको समुचित ब्यवस्था मिलाउनु पर्ने सिफारिस समितिले गरेको जनाएको छ । 

बौद्ध बिहार परिसर भित्र ब्यवस्थित फोहर ब्यवस्थापन नभएका कारण जथाभावी दिशापसाव गर्ने फोहरमैला फ्याक्ने, अवाच्छित क्रियाकलाप गर्ने कार्य भएको देखिएकाले यस्ता कुराको नियन्त्रण गरिनु पर्ने, बौद्ध बिहार भित्र असान्दर्भिक ब्यक्तिको प्रवेश, समय समयमा बस्ने ब्यक्तिहरुका बिचमा झै झगडा भएको भन्ने कुरा आएकोले यस्ता कुराको नियन्त्रण गरिनु पर्ने, हर्ष कृर्ति बौद्ध बिहार भित्र रहेको भवनमा बस्ने र बाहिरबाट आउने बौद्ध भिच्छुले असुरक्षित महसुस गरेको भनी समितिसंग गुनासो आएकोले बौद्ध बिहार, भिच्छु÷भक्तजनको सुरक्षाको प्रत्याभुति गराई शान्ति सुरक्षाको ब्यवस्थापन मिलाईनु पर्ने, सिफारिस समितिले गरेको छ । 

पश्चिम नेपालकै ऐतिहासिक धार्मिक शक्तिपिठको रुपमा रहेको बागेश्वरी मन्दिरको परिसरमा रहेको हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेकोे हर्षकृति बौद्ध बिहारलाई शौन्दयैकरण गरि ब्यवस्थित रुपमा संचालन गर्न सकेको खण्डमा आन्तरिकरण तथा बाह्य पर्यटकहरुको गन्तब्य स्थलका रुपमा बिकाश गर्नका लागी आवश्यक प्रचार प्रशार गरिनु पर्ने । यसका लागी प्रचार सामाग्री ब्रोसर लगायतका सामाग्रीहरुको निर्माण र बितरण गरिनु पर्ने सिफारिस प्रतिवेदनमा गरिएको छ । 

प्रतिवेदन ग्रहण गर्दै नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले मेहनत गरि प्रतिवेदन तयार पारेकोमा समितिलाई धन्यवाद ज्ञापन गर्दै प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । यसै गरि प्रतिवेदन बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले प्रतिवेदन अध्ययन गरि कार्यान्वयनमा पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।  

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

यो पनि

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…