Pairabi logo

मंसिर ०६, २०८३, शनिबार                    

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

डेक्स

डेक्स

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन
ADVERTISEMENT

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ ।  सहरका चोकचोकमा स्थापना गरिएका दुर्गा मूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैँको उमङ्ग ल्याएको छ । नेपालगन्जमा मूर्ति नभएको कुनै चोक र गल्ली छैन । एउटै टोलमा दुईतीनवटा मूर्ति स्थापना गरिएको छ ।

दसैँको बेला दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन बढेको स्थानीय अगुवा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताउनुभयो । “मूर्ति पूजासँग जोडिएको आफ्नै धार्मिक मान्यता र परम्पराअनुसार घटस्थापनाका दिन स्थापना गरिएका मूर्तिहरूको सप्तमीका दिन मात्र आँखाको पट्टी खोलिन्छ ।

धार्मिक विश्वासअनुसार महिषासुर राक्षसको वध दुर्गा भवानीले सप्तमीका दिन नै गर्नुभएको हुनाले सोही दिन मूर्तिको आँखा खोल्ने परम्परा रहँदै आएको छ”, उहाँले भन्नुभयो, “दसैँभरि भव्य पूजाआजा र दर्शनपछि विजयादशमीको भोलिपल्ट अर्थात् एकादशीका दिन यी मूर्तिहरूलाई नजिकैको राप्ती नदीमा लगेर भक्तिपूर्वक विसर्जन गरिन्छ ।”

उहाँका अनुसार दुर्गा मूर्तिमा घटस्थापनाको दिनदेखि राति अबेरसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको पूजा आराधना गर्ने गरिएको छ । दुर्गा मूर्ति स्थापना भएपछि मात्रै दसैँको उमङ्ग सुरु हुने गर्दछ । घटस्थापनाका दिन दुर्गा भवानीको मूर्ति स्थापना गरेदेखि यहाँका गल्ली, चोक, मन्दिर, चौराह भजनकीर्तनमय भएको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताउनुभयो । 

उहाँका अनुसार सहरका गल्ली, मन्दिर र चौराह एकाबिहानैदेखि अबेर रातसम्म भजनकीर्तनले गुञ्जायमान भइरहेका छन् । साना बालबालिकादेखि लिएर वृद्धवृद्धासम्म पूजाआजा र भजनकीर्तनमा सहभागी हुन उत्साहका साथ चोकचोकमा पुग्ने गरेका छन् ।

नेपालगन्जका गल्ली, चोक, चौराह र मन्दिरमा करिब चार सयको हाराहारीमा दुर्गा मूर्ति स्थापना गरिएको उहाँको अनुमान छ । दुर्गा मूर्तिको स्थापनासँगै राति अबेरसम्म पनि नेपालगन्जवासी बजारका चोकचोकमा घुमिरहने रामलीला हेर्ने परम्पराजस्तै भएको उहाँको भनाइ छ । 

नेपालगन्जसँगै नरैनापुर, डुडुवा, खजुरा, कोहलपुरका विभिन्न गाउँमा दुर्गा पूजाको रौनकता छाएको छ । एकाबिहानैदेखि अबेर रातसम्म भजनकीर्तन हुने गरेको छ । नेपालगन्जका मुख्य सडक, चोक र गल्लीमा समेत दुर्गामूर्ति स्थापना गरी पूजापाठ भइरहेको छ । नेपालगन्जका गल्लीगल्लीमा स्थापना गरिएका मूर्तिको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताउनुभयो । 
–––

ताजा

सबै

बाँकेमा पोषण सुधारका चुनौती, बजेट र कार्यान्वयनमा पालिकाहरूको फरक अवस्था

नेपालगञ्ज, ५ मसिंर। बाँकेका स्थानीय तहहरूमा पोषण सुधारका कार्यक्रम सञ्चालन, बजेट विन…

नेपालगञ्जमा रगत अभाव

बाँके, ४ मङ्सिरः चाडपर्व लक्षित लामो बिदाका कारण नेपालगञ्जमा रगतको अभाव हटन सकेको छ…

पर्यटनको नयाँ ‘ब्राण्ड’ बन्दै बाँके निकुञ्ज

भेषराज बस्नेत । सहरदेखि नजिकै वन्यजन्तु दृश्यावलोकन, जङ्गल सफारी र प्रकृतिको अनुपम सङ्…

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

बर्दिया ४ मङ्सिरः कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार…

लोकप्रिय

सबै

बाढी प्रभावित परिवारलाई राहत तथा जीविकोपार्जन सहयोग

बर्दिया, ४ मसिंर । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा राधाकृष्ण थारू जनसेवा केन्द्र …

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

बर्दिया ४ मङ्सिरः कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार…

पर्यटनको नयाँ ‘ब्राण्ड’ बन्दै बाँके निकुञ्ज

भेषराज बस्नेत । सहरदेखि नजिकै वन्यजन्तु दृश्यावलोकन, जङ्गल सफारी र प्रकृतिको अनुपम सङ्…

नेपालगञ्जमा रगत अभाव

बाँके, ४ मङ्सिरः चाडपर्व लक्षित लामो बिदाका कारण नेपालगञ्जमा रगतको अभाव हटन सकेको छ…

यो पनि

अवधी समुदायका महिलाद्धारा भैया दुईजमा ‘भुर्की पुजन’

अवधी समुदायका महिलाद्धारा भैया दुईजमा ‘भुर्की पुजन’

बाँके :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन बुधबार यम द्धितीया अर्थात् भै…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…