Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

डेक्स

डेक्स

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल
ADVERTISEMENT

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्र्यवहार, हिंसा तथा अधिकारका विषयमा नेपालगन्जमा छलफल गरिएको छ । 

एम्पली फाई चेन्ज र महिला कानून र विकास मञ्च काठमाडौंको आयोजनामा सोमबार नेपालगन्जमा आयोजित पत्रकार तथा महिला अधिकारकर्मीसँग गर्भावस्था, प्रसव र प्रसवोत्तर अवधिमा महिलाले भोग्नुपरेका विभिन्न प्रकारका हिंसा, दुव्र्यवहार तथा अधिकार उल्लंघनका विषयमा छलफल गरिएको हो । 

कार्यक्रममा महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले गर्भावस्था तथा प्रसवका क्रममा महिलाले पाउनुपर्ने अधिकार, स्वास्थ्य सेवामा पहुँच तथा महिलामाथि हुने दुव्र्यवहारका विभिन्न पक्षबारे जानकारी गराउनु भएको थियो । उहाँले महिलाको प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्वसँग जोडिएका अधिकारको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । 

महिला कानून र विकास मञ्चका अधिवक्ता दिपेश श्रेष्ठले गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलामाथि हुने हिंसा, दुव्र्यवहार र अधिकार उल्लंघनका कानुनी पक्षबारे प्रस्तुतीकरण गर्दै उहाँले महिलामाथि हुने हिंसा तथा विभेदका घटनामा कानुनी उपचार र अधिकारको प्रयोगका विषयमा जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा सहभागी पत्रकार तथा महिला अधिकारकर्मीहरूले गर्भावस्था र प्रसवका समयमा महिलाले स्वास्थ्य संस्था तथा परिवारभित्रै भोग्नुपर्ने व्यवहार, स्वास्थ्य सेवामा पहुँच, सम्मानजनक प्रसूति सेवा, गोपनीयता, सूचनाको अधिकार तथा हिंसाबाट संरक्षणलगायतका विषयमा आफ्ना धारणा राखेका थिए । 

छलफलका क्रममा महिलाको सुरक्षित मातृत्व, सम्मानजनक स्वास्थ्य सेवा र अधिकार सुनिश्चित गर्न राज्यका सम्बन्धित निकाय, स्वास्थ्य संस्था, सञ्चारमाध्यम तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो । सहभागीहरूले महिलाले भोग्दै आएका हिंसा तथा दुव्र्यवहारका घटनालाई सार्वजनिक बहसमा ल्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए । 

कार्यक्रमले गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाको अधिकार संरक्षण तथा सम्मानजनक व्यवहार सुनिश्चित गर्ने विषयमा पत्रकार र महिला अधिकारकर्मीबीच थप संवाद तथा सहकार्यको आधार तयार गरेको आयोजकले जनाएको छ । 
 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…