Pairabi logo

असोज २६, २०८३, सोमबार                    

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

डेक्स

डेक्स

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन
ADVERTISEMENT

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा  नेपालगञ्जका मूर्तिकारलाई यतिबेला भ्याइनभ्याइ छ । सडक किनारका अस्थायी टहरादेखि घरका आँगनसम्म माटोका सुगठित मूर्तिले भरिभराउ छन् । तराई क्षेत्रमा घटस्थापनाका दिनदेखि टोलटोलमा माटोका मूर्ति स्थापना गरी नवदुर्गा भवानीको पूजाअर्चना गर्ने पुरानो परम्परा छ । यतिबेला यहाँका कालिगड दिनरात नभनी त्यही काममा खटिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–८ का अङ्कित मिश्र एक महिना अघिदेखि नै मूर्ति बनाउन व्यस्त हुनुहुन्छ । दुर्गा भवानीको मूर्तिले आकार लिइसकेपछि अहिले उहाँ र सहयोगीहरू साजसज्जा र रङरोगनमा तल्लीन छन् । पराल, बाँस, माटो, भुस र दाउराको प्रयोग गरी तयार पारिएका मूर्तिमा देवीदेवताका बाहन र अस्त्रशस्त्र सजाउने अन्तिम काम भइरहेको मिश्र बताउनुहुन्छ ।

“दुर्गा, लक्ष्मी, गणेश, कार्तिकेसँगै बाघ, मुसा, राँगा र सर्पका आकृति तयार भइसकेका छन्”, उहाँले भन्नुभयो, “ग्राहकले महिना अगाडि नै अर्डर गर्ने भएकाले समयमै काम सक्न चटारो छ ।” मूर्तिको सजावट तथा औजार भने सीमावर्ती भारतीय बजार रुपैडिहाबाट ल्याइने गरिएको छ ।

नेपालगञ्ज–६ का सन्दीपकुमार वंसकारको दैनिकी पनि माटोसँगै बितिरहेको छ । पुख्र्यौली पेसालाई निरन्तरता दिइरहनुभएका वंसकारले सडक किनारको अस्थायी टिनको टहरामा सयौँ मूर्ति तयार पारिरहनुभएको छ । रु २० देखि २५ हजारमा बिक्री हुने एउटा मूर्तिबाट रु चारदेखि पाँच हजारसम्म नाफा हुने उहाँको भनाइ छ । वंसकारले आफूसँगै अन्य छ जनालाई रु १० हजारदेखि २० हजारसम्मको पारिश्रमिकसहित रोजगारी दिनुभएको छ ।

सङ्गठित सङ्घ–संस्थाको अभावमा मूर्तिकारले केही समस्या पनि भोग्नुपरेको छ ।  स्पष्ट दररेट निर्धारण नहुँदा आ–आफ्नै तरिकाले मूर्ति बिक्री गर्नुपर्ने बाध्यता रहेको मूर्तिकार बताउँछन् । नियमित र चिनेजानेका ग्राहकलाई छुट दिँदा कहिलेकाहीँ घाटा समेत सहनुपर्ने सन्दीपको अनुभव छ ।

बाँकेको नेपालगञ्ज, कोहलपुर, जानकी, खजुरा, डुडुवा र नरैनापुर क्षेत्रमा दसैँको भोलिपल्ट दुर्गा झाँकी निकाल्ने परम्परा छ । टोल–टोलमा समुदाय मिलेर रकम सङ्कलन गरी वा निजी खर्चमा नवदुर्गा भवानीको मूर्ति स्थापना गर्ने गरिन्छ । स्थानीय अगुवा सन्तोषकुमार कनोडियाका अनुसार, टोलमा देवीको मूर्ति स्थापनासगै बगियामा रामलीला सुरु हुने र त्यसपछि मात्र दसैँको वास्तविक माहोल सुरु हुन्छ ।

नवरात्रभर विधिवत् पूजाअर्चना गरिएका ती मूर्तिलाई दसैँको भोलिपल्ट नजिकैको राप्ती नदीमा लगेर धूमधामका साथ विसर्जन गर्ने प्रचलन छ ।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …