Pairabi logo

असोज १८, २०८३, आइतबार                    

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

डेक्स

डेक्स

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा
ADVERTISEMENT

नेपालगन्ज २ जेठ : पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र सांस्कृतिक उल्लासका साथ बरसाइत पूजा गरेका छन् । 

जेठ कृष्ण औसी बटसावित्री (वरसाइत) पर्व विशेषगरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको दीर्घायु, सुख–समृद्धि र पारिवारिक शान्तिको कामना गर्दै मनाउने परम्परा रहेको छ । 

बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा तथा आसपासका अवधी बस्तीहरूमा बिहानैदेखि महिलाहरू नयाँ पहिरन, चुरा, पोते र सिन्दूरमा सजिएर शिव–पार्वतीको पूजा पाठ गरेका थिए । घरघरमा परम्परागत पकवान तयार पारिनुका साथै मन्दिर तथा चौतारामा सामूहिक पूजा गरेको महिला अगुवा रमारानी बैश्यले बताउनुभयो । 

उहाँका अनुसार पूजाका क्रममा महिलाहरूले अवधी भाषाका लोकगीत गाएर सामूहिक कथा वाचन, भजन–कीर्तन गरेका छन । 

स्थानीय अगुवा कृष्णा पाण्डेयले बरसाइत पूजा अवधी संस्कृतिको महत्वपूर्ण पहिचान भएको भन्नुभयो,–“यो पूजा केवल धार्मिक आस्था मात्र होइन, परिवार र समाजलाई जोड्ने परम्परा पनि हो, पहिले गाउँभरिका महिलाहरू एकै ठाउँमा भेला भएर दिनभरि पूजा र गीत गाउने गर्थे, अहिले पनि त्यो संस्कृति जोगिएको देख्दा खुसी लाग्छ।”

अवधी संस्कृतिका अगुवा विष्णुलाल कुमालका अनुसार बरसाइत पूजा हिन्दू धार्मिक विश्वाससँग जोडिए पनि यसले सामाजिक सद्भाव र पारिवारिक सम्बन्धलाई अझ बलियो बनाउने काम गर्छ । 

पूजापछि महिलाहरूले परिवारका ज्येष्ठ सदस्यबाट आशिर्वाद लिने तथा आफन्तबीच प्रसाद बाँड्ने परम्परा रहेको छ । ग्रामीण क्षेत्रमा अझै पनि यो पर्व सामूहिक रूपमा मनाइने भएकाले सामाजिक एकता मजबुत हुने विश्वास गरिएको छ ।
–––

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…