Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

डेक्स

डेक्स

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा
ADVERTISEMENT

नेपालगन्ज २ जेठ : पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र सांस्कृतिक उल्लासका साथ बरसाइत पूजा गरेका छन् । 

जेठ कृष्ण औसी बटसावित्री (वरसाइत) पर्व विशेषगरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको दीर्घायु, सुख–समृद्धि र पारिवारिक शान्तिको कामना गर्दै मनाउने परम्परा रहेको छ । 

बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा तथा आसपासका अवधी बस्तीहरूमा बिहानैदेखि महिलाहरू नयाँ पहिरन, चुरा, पोते र सिन्दूरमा सजिएर शिव–पार्वतीको पूजा पाठ गरेका थिए । घरघरमा परम्परागत पकवान तयार पारिनुका साथै मन्दिर तथा चौतारामा सामूहिक पूजा गरेको महिला अगुवा रमारानी बैश्यले बताउनुभयो । 

उहाँका अनुसार पूजाका क्रममा महिलाहरूले अवधी भाषाका लोकगीत गाएर सामूहिक कथा वाचन, भजन–कीर्तन गरेका छन । 

स्थानीय अगुवा कृष्णा पाण्डेयले बरसाइत पूजा अवधी संस्कृतिको महत्वपूर्ण पहिचान भएको भन्नुभयो,–“यो पूजा केवल धार्मिक आस्था मात्र होइन, परिवार र समाजलाई जोड्ने परम्परा पनि हो, पहिले गाउँभरिका महिलाहरू एकै ठाउँमा भेला भएर दिनभरि पूजा र गीत गाउने गर्थे, अहिले पनि त्यो संस्कृति जोगिएको देख्दा खुसी लाग्छ।”

अवधी संस्कृतिका अगुवा विष्णुलाल कुमालका अनुसार बरसाइत पूजा हिन्दू धार्मिक विश्वाससँग जोडिए पनि यसले सामाजिक सद्भाव र पारिवारिक सम्बन्धलाई अझ बलियो बनाउने काम गर्छ । 

पूजापछि महिलाहरूले परिवारका ज्येष्ठ सदस्यबाट आशिर्वाद लिने तथा आफन्तबीच प्रसाद बाँड्ने परम्परा रहेको छ । ग्रामीण क्षेत्रमा अझै पनि यो पर्व सामूहिक रूपमा मनाइने भएकाले सामाजिक एकता मजबुत हुने विश्वास गरिएको छ ।
–––

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…