Pairabi logo

असोज १८, २०८३, आइतबार                    

“हामी सुधारका लागि यहाँ छौं, तर सुधारका पुर्वाधार, कानूनी सुविधा र छिटो न्याय हाम्रो चाहाना हो”

डेक्स

डेक्स

“हामी सुधारका लागि यहाँ छौं, तर सुधारका पुर्वाधार, कानूनी सुविधा र छिटो न्याय हाम्रो चाहाना हो”
ADVERTISEMENT

नेपालगंज, चैत्र २० : कानूनी विवादमा परेका बालकहरूले आफूहरू सुधारका लागि बालसुधार गृहमा बसेको भए पनि शिक्षा, सीप, कानूनी सुविधा र छिटो न्यायको सम्पादनको व्यवस्था आवश्यक रहेको बताएका छन् ।

उच्च सरकारी वकिल कार्यालय नेपालगंजद्वारा बाँकेको डुडुवा गाउँपालिका–आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा आयोजित न्यायमा बाह्य पहुँच सम्बन्धी कार्यक्रममा सहभागी बालकहरूले अनुसन्धानका क्रममा हुने व्यवहार, मुद्दा प्रक्रिया, शिक्षा, कानूनी सुविधा र सुधार गृहको पूर्वाधार सम्बन्धी विभिन्न गुनासा र सुझावहरू प्रस्तुत गरेका हुन् ।

उच्च सरकारी वकिल कार्यालय नेपालगंजले एडभोकेसी फोरम नेपाल र बालसुधार गृहसँगको समन्वयमा २०८२ साल चैत्र २० गते आयोजना गरेको कार्यक्रममा बालन्याय, कानूनी प्रक्रिया तथा कानूनी परामर्श सम्बन्धी जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा आयोजक उच्च सरकारी वकिल र कानून ब्यवशायी अधिवक्ताले बालहरुले राखेका कानूनी समस्या र जिज्ञासाहरुको सम्बोधन गरिएको थियो । 

कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय नेपालगंजका सहन्यायाधिवक्ता यदुनाथ शर्माले कार्यालयले गर्ने अभियोजन, बहस पैरवी लगायत न्याय सम्पादनका कार्यहरूबारे जानकारी गराउँदै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो ।

सहायक न्यायाधिवक्ता कर्णबहादुर बुढाक्षेत्रीले बालअधिकार सम्बन्धी कानूनी व्यवस्था र न्याय सम्पादनमा उच्च सरकारी वकिल कार्यालयको भूमिकाबारे जानकारी दिनुभयो ।

कार्यक्रममा एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले बालन्यायको उद्देश्य, बालसुधार गृहका कानूनी मापदण्ड, बालन्याय कार्यान्वयनमा देखिएका चुनौती, दिशान्तरण, सजाय स्थगन, सजाय छुट लगायतका कानूनी व्यवस्था र कार्यान्वयन अवस्थाबारे जानकारी दिनुभयो। उहाँले बालबालिकालाई सजायभन्दा सुधार र पुनस्र्थापनामा केन्द्रित हुनुपर्नेमा जोड दिँदै बालसुधार गृहमा शिक्षा, स्वास्थ्य, खेलकुद, सरसफाइ लगायतका आधारभूत कुराहरुमा सुधार आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बालसुधार गृहमा रहेका बालकहरूले अनुसन्धानका क्रममा यातना दिने, स्वेच्छिक बयान गर्न नपाउने, बयान नपढी सहिछाप गराउने, प्रहरी हिरासतमा ठूला अभियुक्तसँगै राख्ने, अदालतबाट समयमै मुद्दाको जानकारी नआउने र सुनुवाइमा उपस्थित नगराउने जस्ता समस्या रहेको गुनासो गरेका थिए ।

बाल्यकालमा जानअन्जानमा भएको गल्तीमा पनि लामो कैद सजाय हुने गरेको र २९ जना बालकलाई १२ वर्षभन्दा बढी कैद सजाय भएको जानकारी पनि उनीहरूले दिएका थिए ।

त्यस्तै सजाय स्थगन, प्यारोल लगायत कानूनी सुविधा सहज रूपमा नपाइने, बालसुधार गृहमा विद्यालय सञ्चालन नहुँदा पढाइमा समस्या भएको, बालबालिकाको नाम गोप्य राख्नुपर्ने कानूनी व्यवस्था भए पनि नाम र भिडियो सार्वजनिक हुने गरेको, बालसुधार गृह पठाउँदा ‘कैदी पुर्जी’ दिने गरिएको भन्दै ‘सुधार पुर्जी’ हुनुपर्ने माग  कानूनी बिवादमा परेका बालकहरूले गरेका थिए ।

बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार बालबालिकासम्बन्धी मुद्दा तीन महिनाभित्र टुंग्याउनुपर्ने व्यवस्था भए पनि व्यवहारमा मुद्दा लामो समयसम्म टुंगो नलागेको गुनासो बालकहरूले गरेका थिए । अन्तरक्रियाका क्रममा एक बालकको मुद्दा २ वर्ष ५ महिनासम्म फैसला नभएको पाइएको थियो भने १ वर्षभन्दा बढी समयदेखि फैसला नभएका १५ जना, ६ महिनाभन्दा बढी ३६ जना र ३ महिनाभन्दा बढी २६ जना बालकहरूको मुद्दा विचाराधीन रहेको जानकारी बालकहरुद्धारा दिइएको थियो।  प्रभावित बालकहरू दाङ, रुकुम, बर्दिया, कैलाली, सुर्खेत र बाँके जिल्लाका रहेका छन् ।

कानूनी बिवादमा परेका बालकहरुसंगको खुला छलफलमा उठेका जिज्ञासाहरूको सम्बोधन सहन्यायाधिवक्ता यदुनाथ शर्मा र सहायक न्यायाधिवक्ता नमुना गिरिले गर्नुभएको थियो । सहन्यायाधिवक्ता यदुनाथ शर्माले बालकहरूको जायज गुनासा न्याय सम्पादनकर्ताले सुन्नुपर्ने बताउँदै बालन्यायको प्रभावकारी कार्यान्वयनमा सबै संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो र जायज गुनासा सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपन्यायाधिवक्ता खुमबहादुर कुवरले सरकारवादी फौजदारी मुद्दा र समुदाय तथा सरकारी वकीलबीचको सम्बन्धबारे जानकारी दिनुभयो भने समाजसेवी जयकेश सिंहले सकारात्मक सोच र आचरण सुधारबारे बालकहरूलाई सुझाव दिनुभएको थियो। 

जयेन्दु बालसुधार गृहका प्रमुख किशोर शर्माले यस्ता कार्यक्रमले बालन्याय सम्बन्धी जानकारी र सुधारका लागि सहयोग पुग्ने बताउनुभयो। जयेन्दु बालसुधार गृहमा हाल २०२ जना कानूनी विवादमा परेका बालकहरू रहेका छन्, जसमा १८ वर्ष मुनिका ९८ र १८ वर्ष माथिका १०६ जना रहेका छन्। त्यसमध्ये १०२ जनाको फैसला भइसकेको छ भने १०० जना पुर्पक्षका क्रममा रहेका छन्।

कुलमध्ये अधिकांश बालक करणी (यौनजन्य अपराध) सम्बन्धी मुद्दामा संलग्न रहेका छन् भने अन्य कर्तव्य ज्यान, लागूऔषध तथा चोरीका मुद्दा रहेका छन्। “जेनजी आन्दोलन” का क्रममा फरार भएका ११५ जनामध्ये ६५ जना फिर्ता भएका छन् भने अझै ५० जना फरार रहेका छन्।

बालसुधार गृहमा आयोजित कार्यक्रममा सहभागी बालकहरूले शिक्षा, सीपमूलक तालिम, अतिरिक्त क्रियाकलाप, कानूनी सहुलियत तथा सुधारका पूर्वाधार विस्तार गर्नुपर्नेमा जोड दिएका थिए भने यस्ता कार्यक्रमको निरन्तरताको माग पनि गरेका थिए ।

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…