Pairabi logo

असोज १८, २०८३, आइतबार                    

स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउन सार्वजनिक सरोकार कानून व्यवसायी समूहको अपिल

डेक्स

डेक्स

स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउन सार्वजनिक सरोकार कानून व्यवसायी समूहको अपिल
ADVERTISEMENT

नेपालगञ्ज, १७ फागुन । सार्वजनिक सरोकारका विषयमा निरन्तर वकालत र पैरवी गर्दै आएको सार्वजनिक सरोकार कानून व्यवसायी समूह नेपालगञ्जले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवालाहरूसँग सार्वजनिक अपिल गरेको छ।

आइतबार नेपालगञ्जमा समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले यस्तो अपिल गर्ने निर्णय गरेको हो। समूहका सहसंयोजक तथा प्रवक्ता अधिवक्ता बसन्त गौतमका अनुसार बैठकले निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउन सबै पक्षलाई जिम्मेवार ढंगले भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

समूहले नेपाल सरकार र स्थानीय प्रशासनलाई निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाई आम मतदातालाई शान्ति–सुरक्षाको प्रत्याभूति गराउन आग्रह गरेको छ। साथै सामाजिक सञ्जालमार्फत राजनीतिक दलका नेता तथा उम्मेदवारमाथि गरिने द्वेषपूर्ण अभिव्यक्ति, हेट–स्पिच तथा भड्काउ गतिविधि नगर्न पनि अपिल गरिएको छ।

राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुने वातावरण सिर्जना गर्नुपर्नेमा समूहले जोड दिएको छ।

त्यसैगरी, समूहले आम मतदातालाई पनि निर्वाचनमा सक्रिय सहभागिता जनाउँदै आफ्नो मताधिकार प्रयोग गर्न र आफूले रोजेको जनप्रतिनिधि चयन गरी देशलाई सही दिशातर्फ अघि बढाउन योगदान दिन आह्वान गरेको छ।

निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गराउँदै निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगलाई पनि समूहले विशेष ध्यान दिन आग्रह गरेको समूहका महासचिव अधिवक्ता विकास आचार्यले जानकारी दिनुभयो । यसैबीच, बैठकले आसन्न होली पर्वको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै सार्वजनिक सरोकारका मुद्दामा अदालतबाट भएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने निष्कर्ष समेत निकालेको छ।

सार्वजनिक सरोकार कानून व्यवसायी समूहमा संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, सहसंयोजक वरिष्ठ अधिवक्ता लोक बहादुर शाह र अधिवक्ता बसन्त गौतम, महासचिव अधिवक्ता विकास आचार्य, सचिव अधिवक्ता सुनिता शर्मा, कोषाध्यक्ष अधिवक्ता केवल सिंह थारु तथा सदस्यहरू अधिवक्ता बलबहादुर चन्द, विश्वजित तिवारी, सुरेश कुमार गौतम र भोला नाथ महत ९इन्सेक० रहेका छन्।

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…