Pairabi logo

असोज ०९, २०८३, शुक्रबार                    

'यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान'

डेक्स

डेक्स

'यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान'
ADVERTISEMENT

बाँके क्षेत्र नम्बर १ मा करीब एक दशकपछि रुख चिन्हमा मतदान गर्न पाउने वातावरण छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि यो क्षेत्रबाट काँग्रेसले पार्टी सभापति नारायण प्रसाद गौडेललाई चुनावी मैदानमा उतारेको छ । ३० वटा वडा रहेको यो क्षेत्रमा काँग्रेसले सबै वडामा प्रचार-प्रसार कार्यालय स्थापना गरिसकेको छ । घरदैलोदेखि टोलस्तरीय अन्तरक्रियासम्म सक्रियरुपमा जुटिरहेको काँग्रेसभित्रको एकता र जनताको बढ्दो उत्साहबारे क्षेत्रीय सभापति पोषण केसी भन्छन्–‘यस पटक जनताको चाहना स्पष्ट छ, स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान गर्ने ।’ प्रस्तुत छ, क्षेत्रीय सभापति केसीसँग गरिएको कुराकानीका मुख्य अंश ।

  • बाँके क्षेत्र नम्बर १ मा काँग्रेसको चुनावी अभियान कस्तो चल्दैछ ?

बाँके क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसको चुनावी अभियान अत्यन्त उत्साहजनक र प्रभावकारी रुपमा अगाडि बढिरहेको छ । यो निर्वाचन क्षेत्रमा तीन वटा पालिका छन् । कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका । ८१ वडा छन् ।

ती सबै वडामा प्रचार-प्रसार कार्यालय स्थापना भइसकेका छन् । घरदैलो कार्यक्रम, टोल स्तरीय भेटघाट, युवा तथा महिला भेला, किसान अन्तरक्रिया लगायत कार्यक्रमहरु निरन्तर भइरहेका छन् । आम नागरिकमा लोकतान्त्रिक शक्तिप्रति विश्वास पुनः बढेको अनुभूति गरेका छौं । पार्टीका नेता–कार्यकर्ता एकजुट भएर लागेका छन्, जसले सकारात्मक सन्देश दिएको छ ।

  • तपाईं नै टिकटको प्रतिस्पर्धी हुनुहुन्थ्यो नि ?

हो, म पनि टिकटको आकांक्षी थिए । पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वभाविक र स्वस्थ प्रक्रिया हो । तर, नेपाली काँग्रेस विधि र प्रक्रियाबाट चल्ने लोकतान्त्रिक पार्टी हो । पार्टीले जसलाई उम्मेदवार बनायो, त्यो निर्णय सबैका लागि मान्य हुन्छ । व्यक्तिगत आकांक्षा भन्दा पार्टी र लोकतन्त्र ठूलो हो भन्ने हाम्रो मान्यता हो । उम्मेदवार भन्दा पनि पार्टी महत्वपूर्ण कुरा हो ।

अहिलेको विषम परिस्थितिमा नेपाली काँग्रेसलाई जिताउन सकिएन भने मुलुक ठूलो संकटमा पर्ने अवस्था आउन सक्ने खतरा छ । व्यवस्था नै रहँदैन कि भन्ने आंशका छ । त्यसैले पनि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प छैन । हाम्रो लक्ष्य व्यक्तिगत पद होइन, काँग्रेसको विजय र जनताको सेवा हो । नारायण गौडेलजी लामो समय जनताको काममा सक्रिय भएको व्यक्ति हो । यो भूगोलमा उहाँ जनताको लोकप्रिय नेता भएकाले पनि काँग्रेस कार्यकर्ताहरु थप उत्साहित भएका छन् । 

  • करिब १० वर्षपछि यहाँका जनताले रुखमा भोट हाल्न पाउने भएका छन्, जनता के भन्छन् ?

साँच्चै भन्नुपर्दा करीब एक दशकपछि जनताले फेरि रुख चिन्हमा मतदान गर्न पाउने अवसर पाएका छन् । जनतामा यसलाई लिएर निकै उत्साह छ । यसअघि गठबन्धनका नाममा अन्य चुनाव चिन्हमा मतदान गर्न बाध्य भएको अवस्था थियो । अहिले धेरैले भन्नुहुन्छ–‘अब फेरि काँग्रेसलाई अवसर दिनुपर्छ ।’

यस अघि निर्वाचित प्रतिनिधिहरुले के कस्ता बाचा गरेका थिए ? त्यसलाई पूरा गरे कि गरेनन् ? आम नागरिकले गहिरोसंग अनुभव गरेका छन् । जनता सन्तुष्ट छैनन् । जनताले लोकतन्त्रको रक्षा र समृद्धिको आधार काँग्रेस नै हो भन्ने विश्वास व्यक्त गरिरहेका छन् । विकास निर्माणदेखि अफ्ठयारो पर्दा काँग्रेस नै चाहिन्छ भन्ने मनोभावना जनतामा देखिन्छ । 

  • जनताको माग के छ ?

जनताको मुख्य माग रोजगारी, कृषि विकास, सिँचाई, सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवाको सुधार हो । युवा विदेशिनु पर्ने बाध्यता अन्त्य गर्नुपर्छ भन्ने आवाज बलियो छ । किसानहरु मल–बीउको सहज उपलब्धता र उत्पादनको उचित मूल्य चाहन्छन् ।

त्यस्तै, दलित, महिला, थारु समुदाय, भूमिहीन तथा सुकुम्बासीका सवालहरु पनि उठिरहेका छन् । सामाजिक न्याय, समान अवसर र पारदर्शी शासन जनताको प्रमुख चाहना हो । हामीले यी सबै मागलाई हाम्रो प्राथमिक एजेन्डामा राखेका छौं ।

  • काँग्रेसलाई किन जिताउने ?

नेपाली काँग्रेस लोकतन्त्रको रक्षक शक्ति हो । संविधान निर्माणदेखि लोकतन्त्र स्थापनासम्म काँग्रेसले ऐतिहासिक भूमिका खेलेको छ । काँग्रेसले सधैं समावेशिता, विधिको शासन, मानव अधिकार र विकासको मार्ग अपनाएको छ ।

अहिले देशलाई स्थायीत्व, जिम्मेवार नेतृत्व र अनुभव आवश्यक छ, जुन काँग्रेससँग छ । यदि बाँके क्षेत्र नम्बर १ लाई दिगो विकास, सुशासन र समृद्धिको बाटोमा लैजानु छ भने रुख चिन्हमा मतदान गरेर काँग्रेसलाई जिताउनु अपरिहार्य छ भन्ने हाम्रो विश्वास छ ।

ताजा

सबै

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

लोकप्रिय

सबै

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

यो पनि

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…