Pairabi logo

असोज २६, २०८३, सोमबार                    

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

डेक्स

डेक्स

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन
ADVERTISEMENT

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके जिल्लामा पुन अभियान संचालन गरिदैछ । जिल्लाका चार वटा पालिकामा १६औँ पटक हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन थालिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिकाका सबै वडा तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा फेरि औषधि खुवाउने तयारी गरिएको हो । यो अभियान राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत सञ्चालन हुँदैछ ।

बुधवार नेपालगन्जमा आयोजित सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महत्तोले एकैपटक कम्तीमा ८० प्रतिशत नागरिकले औषधि सेवन नगरेसम्म हात्तीपाइले रोग निवारण सम्भव हुँदैन भन्नुभयो, तर बाँकेका लक्षित पालिकामा त्यो मापदण्ड अझै पूरा हुन सकेको छैन । ‘एकैपटक ८० प्रतिशत मानिसले औषधि नखाएकै कारण हामीलाई १६औँ पटक पनि अभियान सञ्चालन गर्नुपरेको हो महत्तोले भने–‘यसले हात्तीपाइले रोग निवारणलाई अझ चुनौतीपूर्ण बनाइरहेको छ ।’

स्वास्थ्य कार्यालयका अनुसार बाँके जिल्लामा पछिल्लोपटक गरिएको सर्वेक्षणमा केवल ६२ प्रतिशत मानिसले मात्रै हात्तीपाइले विरुद्धको औषधि सेवन गरेका थिए । यो संख्या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अपर्याप्त मानिन्छ ।

औसतमा प्रत्येक एक सय जनामध्ये ६ दशमलव ५ प्रतिशत मानिसको शरीरमा हात्तीपाइले रोगका वयस्क परजीवी रहेको पाइएको छ । अझ चिन्ताजनक कुरा के छ भने प्रत्येक एक सय जनामध्ये करिब दुई प्रतिशत मानिसमा अरुलाई रोग सार्ने क्षमता रहेको देखिएको छ ।

महत्तोका अनुसार रोग निवारण भएको मानिनका लागि यो दर एक प्रतिशतभन्दा तल झर्नुपर्ने हुन्छ । तर हालको अवस्थाले त्यो लक्ष्य हासिल गर्न अझ धेरै मिहिनत आवश्यक रहेको देखाउँछ ।

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार अभियानको सबैभन्दा ठूलो समस्या औषधि सेवनप्रतिको अनिच्छा हो । विशेषगरी मुस्लिम समुदाय, मधेशी समुदाय, थारु महिला तथा केही सीमावर्ती बस्तीमा औषधि नखाने प्रवृत्ति बढी देखिएको छ । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…