Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

डेक्स

डेक्स

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण
ADVERTISEMENT

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२’ मस्यौदा तयार गरिएको छ । 

महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा तयार गरिएको मस्यौदा कार्यान्वयनका लागि आज बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञनेन्द्र कुमार चौधरीले महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि जिल्लाका सबै स्थानीय तहले नीतिगत रुपमा ऐन, कानून र कार्यविधी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यस्थलमा समेत विभिन्न प्रकृतिका हिंसा हुनेभएकाले यो आचारसंहिताले त्यस्ता घटनालाई नियन्त्रण गर्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले लैङ्गिक हिंसा न्युनीकरणका लागि उपमहानगरपालिकाले कानूनी रुपमा विभिन्न नीति नियम बनाउदै आएको भन्दै यस्ता घटनालाई नियन्त्रण गर्न तथा पिडितलाई न्याय दिलाउने बताउनुभयो । 

प्रमुख प्रशासकिय अधिकृत रामहरि शर्माले कार्यालयहरुमा विशेष गरी विभिन्न किसिमका सेवाग्राहीहरु आउने भएकाले यो आचारसंहिता सबैलाई नियमन गर्नमा मद्दत पुरयाउने भएकाले यसलाई तत्काल कार्यान्वयनमा ल्याएर प्रचार प्रसारको कार्य गर्ने प्रतिबद्धता गर्नुभयो । 

कार्यक्रममा वडा अध्यक्ष राजकुमार साहु, कार्यपालिका सदस्य बसन्त कनोजिया, संगिता रेग्मी महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा कुमारी पुरी, शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा, प्रशासन शाखा प्रमुख इन्द्र्रबहादुर केसी, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी, महासचिव अधिबक्ता केवलसिंह थारु, कार्यकारी निर्देशक राकेशकुमार मिश्र, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरी, महिला कानुन र विकास मञ्चका लेखा प्रमुख सनतोष पौडेल, वडा सदस्य लगायतको उपस्थिती रहेको थियो । 

त्यस अवसरमा पालिकाकाले ऐन निमार्ण गरेको भन्दै दुबै संस्स्थालाई सम्मान पत्र प्रदान गरिएको थियो । 


 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…