Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

डेक्स

डेक्स

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण
ADVERTISEMENT

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको स्थापना तथा संचालन सम्वन्धमा व्यवस्था गर्न बनेको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२को सार्वजनिकीकरण गरिएको छ । 

गाउँपालिकाको पुस ९ गते बसेको गाउँसभाले ऐन पास गरेपछि सोमबार राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याइएको हो । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा मस्यौदा तयार गरी पालिकाले ऐन कार्यन्वयनमा ल्याएको हो । 

सोमबार आयोजित सार्वजनिकीकरण कार्यक्रममा बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले महिला तथा बालिका हिंसा न्युनीकरण तथा पिडितलाई न्याय, राहतलगायत सहयोग गर्न बनेको ऐन निकै महत्वपुर्ण भएको बताउनुभयो । उहाँले यो ऐनलाई कार्यन्वयनतर्फ लगेको भन्दै यससंग सम्वीन्धत थप कार्यविधी र नियमावली निमार्ण प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता गर्नुभयो । 

कार्यक्रममा उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीले यो ऐनले हिंसा पिडित महिला तथा बालिकालाई सहयोग पुरयाउने विश्वास व्यक्त गर्दै ऐनबारे समुदायमा प्रचार प्रसारका लागि चेतना अभिबृद्धिको कार्य गर्ने बताउनुभयो । 

महिला, कानून र विकास मञ्चका कार्यकारी निर्देशक अधिबक्ता सविन श्रेष्ठले महिला तथा बालिका विरुद्धको हिंसा सम्बोधनका लागि देशका विभिन्न स्थानीय तहहरुमा नीतिगत व्यवस्था अन्र्तगत ऐन, कानून, कार्यविधी निमार्ण गर्नमा सहयोग गरेको बताउनुभयो । उहाँले स्थानीय तहहरुले यससम्वन्धी कानूनहरु निमार्ण गरी हिंसा न्युनीकरणमा जोड दिनुभयो । 

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अर्जुन थारु, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी, कार्यकारी निर्देशक राकेश कुमार मिश्र, वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यलगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा पालिकाकाले ऐन निमार्ण गरेको भन्दै दुबै संस्स्थालाई सम्मान पत्र प्रदान गरिएको थियो । 


 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…