Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

डेक्स

डेक्स

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन
ADVERTISEMENT

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि नीति तयार गरिएको छ ।

उक्त गाउँपालिकामा ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वन्धी प्रेषण प्रर्णाली कार्यविधी २०८२’ निमार्ण गरि आज आइतबार दुबै पालिकामा सार्वजनिक गरिएको हो । 

महिला तथा बालिकाविरुद्ध हुने हिंसा प्रभावित महिला तथा बालिकालाई छिटो, छरितो र प्रभावकारी रुपले मनोसामाजिक परामर्श सेवा, सुरक्षा र संरक्षण, चिकित्सा सेवा र सहायता तथा कानुनी सेवा, सीपमुलक तालिम तथा आयआर्जनमा सहयोग, शिक्षामा सहयोग, दुव्र्यसनी पुनःस्थापनाका साथै पारिवारिक तथा सामाजिक पुनः मिलन, पुनः एकिकरणमा सहयोग पुर्याउनका लागि यो कार्यविधीले काम गर्नेछ । 

महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको प्रविधिक सहयोगमा कार्यविधी मस्यौदा गरि तयार गरिएको हो । पालिकाले उक्त कार्यविधीलाई बोर्ड बैठकबाट पारित गरि कार्यन्वयनमा ल्याएको छ । 

जानकी गाउँपालिकामा आयोजित सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले स्थानीय तहले महिला तथा बालिकामाथी हुने हिंसा सम्बोधनका लागि यो कार्यविधीले न्याय सम्पादनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले ग्रामिण समुदायमा अझै पनि लैङ्गिक हिंसाका घटना बढी रहेकोले उक्त घटना बाहिर ल्याउनुपर्नेमा जोड दिदै त्यस्ता घटनालाई कानूनी उपचारको प्रक्रियामा अघि बढाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा उपध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय, महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठ, कार्यपालिका सदस्य रामअचल धोबी, राजेन्द्र सिंह, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी लगायतले बोल्नुभएको थियो । 
यसैविच खजुरा गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधन गर्न नीतिगत व्यवस्थाको अभावमा पिडितहरु न्यायन पाउन नसकेको उल्लेख गर्नुभयो । उहाँले यो कार्यविधीलाई कार्यन्वयनमा ल्याइ हिंसा पिडित महिलाको न्यायका लागि स्थानीय तहले प्रभावकारी सेवा प्रदान गर्ने भन्दै यस बारे समुदायमा सचेतनामुलक कार्यक्रम संचालन गर्ने प्रतिबद्धता गर्नुभयो । 

महिला, कानून र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले देशका विभिन्न स्थानीय तहहरुमा महिला तथा बालिका हिंसालाई न्युनीकरण गर्न ऐन, कानून, कार्यविधी, नियमावली निमार्णमा सहयोग गरेको भन्दै उक्त कानूनलाई कार्यन्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्थानीय सरकारले बनाएको नीति कानूनबारे आम नागरिक सेवाग्राहीलाई प्रचारप्रसार गरि सेवा उपलब्ध गराउनुपर्ने सुझाव दिदै लैंिङ्गक हिंसाका सवाललाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर पौडेल, वडा अध्यक्षहरु पुर्णबहादुर भण्डारी, टेकबहादुर रोका, महिला तथा बालबालिका शाखा प्रमुख सुशिला न्यौपाने, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी, कार्यकारी निर्देशक राकेशकुमार मिश्र लगायतले बोल्नुभएको थियो । 


 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…