Pairabi logo

असोज २६, २०८३, सोमबार                    

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

डेक्स

डेक्स

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु
ADVERTISEMENT

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवको आयोजना गरिएको छ । नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० बाँके च्याप्टरले नेपाल पर्यटन बोर्ड र स्थानीय डुडुवा गाउँपालिकासँगको साझेदारीमा राप्ती नदी तटमा मकर स्नानको आयोजना गरेको हो ।  

आज राति राप्ती नदीको सिधनियाघाटमा भजन–कीर्तनलगायत कार्यक्रम शुरु भएको छ । आज साँझ महाआरती गरी कार्यक्रम शुरु भएको हो । आज राती नेपाली, अवधी लगायत भाषा भजन किर्तनको कार्यक्रम आयोजना गरिएको नाा बाँके संस्थापक श्रीराम सिग्देलले बताउनुभयो ।  उहाँका अनुसार, भोली माघ १ गते बिहान भक्तजनलाई डोरी लगाएर सुरक्षित र व्यवस्थित रूपमा राप्ती नदीमा स्नान गराइने व्यवस्था गरिएको छ । 

कार्यक्रमलाई धार्मिक र सांस्कृतिक महत्त्वका साथै पर्यटकीय आकर्षणको रूपमा थप प्रभावकारी बनाउन राप्ती नदी किनारमा सार्वजनिक शौचालय निर्माण र अस्थायी चेन्जिङ रुम निर्माण गरिनेछ । “यसले आगन्तुक भक्तजनलाई सुविधा र सहजता प्रदान गर्नेछ”, मकर स्नानलाई भव्यता दिन आवश्यक संयोजन गरिरहनुभएका नाट्टा बाँकेका संस्थापक अध्यक्ष सिग्देलले भन्नुभयो । 

माघीमा मकर स्नान हिन्दू धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्त्व बोकेको दिन भएकाले धार्मिक विश्वासअनुसार मकर स्नानले सबै प्रकारका पापबाट मुक्ति दिलाउने जनआस्था छ । बाँके जिल्लामा पहिलोपटक व्यवस्थित रूपमा मकर स्नान कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य धार्मिक पर्यटन प्रवद्र्धन गर्नुरहेको उहाँको भनाइ छ । 

स्थानीय सरकार, पर्यटन व्यवसायी, धार्मिक सङ्घसंस्था र सर्वसाधारणको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ । नाट्टा बाँके च्याप्टरले यस कार्यक्रममार्फत बाँकेलाई धार्मिक तथा पर्यटन गन्तव्यको रूपमा चिनाउने लक्ष्यसमेत लिएको जनाएको छ ।

यसैगरि राप्ती तटमा निमार्ण गर्न लागिएको बैकुण्ठधाम घाट निमार्णको शुभारम्भ गरिने छ । विहीबार विहान निमार्णको कार्यक्रम शुरु गरिने बैकुण्ठधाम सिधनियाघाटका अध्यक्ष डा सुरेश कुमार कानोडियाले बताउनुभयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …