Pairabi logo

असोज १८, २०८३, आइतबार                    

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

डेक्स

डेक्स

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि नीतगत कानुन निमार्ण गरि कार्यन्वयन गरिने भएको छ । 

महिला र कानून विकास मंचको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको समन्वयमा खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी निमार्ण गरिएको हो । 

सोमबार आयोजित छलफल कार्यक्रममा पालिकाका अध्यक्ष डम्बरबहादुर विकले समाजमा महिला तथा बालिकाहरुमाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेकाले त्यसलाई सम्बोधन गर्न कानूनी प्रक्रियाको आवश्यकता पर्ने हुँदा यो कार्यविधीले कार्य गर्न सहज हुने बताउनुभयो । 

पालिकाका उपाध्यक्ष मञ्जु मल्लले मानिसको सोचमा विकास निमार्णका सवाल मात्र नभई समाजका विभिन्न विकृति, परम्परागत सोचका कारण महिला तथा बालिकाहरु माथी भईरहेका हिंसाको सवाललाई पनि पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिदै यस्ता समस्यालाई सम्बोधन गर्न सबैको समान सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले यस कार्यविधीले समाजमा लुकेका विभिन्न समस्यालाई उजागर गरि पिडितहरुलाई दिलाउनमा सहयोग पुग्ने बताउनुभयो । 

कार्यक्रममा वडा अध्यक्ष मनवीर क्षेत्री, कार्यपालिका सदस्यहरु कृष्णकुमारी पोखरेल, मैसरी पुन, खतमुल निसा साई, विष्णु सुनार, सब्बुन धोबी, विधायन समिति सदस्य मिनाकुमारी सुनार, महिला तथा बालबालिका शाखा प्रमुख सुशिला न्यौपाने, अधिबक्ता केवलसिंह थारु, विश्वजित तिवारी लगायतले बोल्नुभएको थियो । 

खजुरा गाउँपलिकामा ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि प्रेषण प्रर्णाली कार्यविधी २०८२’ निमार्ण गर्न लागिएको संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले बताउनुभयो । 


 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…