Pairabi logo

असोज १८, २०८३, आइतबार                    

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

डेक्स

डेक्स

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार
ADVERTISEMENT

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता, २०८२ तयार गरिएको छ । महिला कानून र विकास मञ्च र सूचना र मानव अधिका अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा उक्त आचारसंहिता तयार गरिएको हो । 

तयार गरिएको मस्यौदा आचार संहितालाई बुधबार एक कार्यक्रमका विच छलफल गरिएको छ । कार्यक्रममा नेपालगन्ज नगरप्रमुख प्रशान्त विष्टले लैङ्गिक हिंसा तथा यौनजन्य दुव्र्यवहारको विषय निकै सम्बेदनशिल भएकाले कार्यस्थलमा कसैमाथी पनि दुव्र्यवहारको कार्य गर्न नहुने भन्दै तयार गरिएको आचारसंहिता प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नुभयो । 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्माले कार्यस्थलमा कर्मचारी तथा सेवाग्राहीलगायत कसैले कसैलाई दुव्र्यवहार गर्न नहुने भन्दै त्यसका लागि सजग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले यस आचार संहिताले सबैलाई नीतिगत रुपमा बाँध्ने र यसप्रति सबैको प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख पवित्राकुमारी पुरी, कार्यपालिका सदस्यहरु बसन्त कनौजिया, संगिता रेग्मी, मो. मुजम्मीन हुसेन हलवाई, कुमारी पुष्पा सिंह, विना थापा, उपसचिव गोर्खबहादुर थापा, कृष्णमुरारी प्रसाद भट्ट लगायतले आचारसंहिता बारे आ–आफ्नो धारणा राख्नुभएको थियो । 

कार्यक्रममा तयार गरिएको मस्यौदालाई अधिबक्ता विश्वजित तिवारीले प्रस्तुतीकरण गर्नुभएको थियो ।

 
 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…