Pairabi logo

माघ ०७, २०८२, मंगलबार                    

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डेक्स

डेक्स

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
ADVERTISEMENT

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेको डुडुवा गाउँपालिकाले सचेतनामुलक कार्यक्रम गरेको छ । गाउँपालिकाको ६ वटै वडाबाट रयालीसहित आएका महिलाहरुको समुहले लैङ्गिक हिंसाविरुद्ध सचेतनामुलक सन्देश प्रवाह गरेका छन । 

विभिन्न टोलबाट आएका महिलाहरुको रयाली पश्चात गाउँपालिका कार्यालय पुगेर अन्र्तक्रियामा परिणत भएको गाउँपालिकाका लिलावती यादवले जानकारी दिनुभयो ।  उहाँका अनुसार कार्यक्रममा अधिबक्ता प्रहलादबहादुर कार्कीले महिला हिंसा विरुद्धको कानूनी उपचार सेवा, संविधान, तथा विभिन्न कानूनी प्रक्रियाका बारेमा प्रशिक्षण दिनुभएको थियो । 

प्रशिक्षणमा सहभागि महिलाहरुले कानुनी प्रक्रिया, कानुनको कार्यन्वयन र जटिलताका बारेमा आ–आफ्ना जिज्ञासा राखेका थिए । उनीहरुले समुदायमा लैङ्गिक हिंसाका घटनाहरु विभिन्न कारणले भईरहेकाले विशेष गरी पुरुषहरुमा सचेतनाको आवश्यकता रहेको बताएका थिए । 

कार्यक्रममा बोल्ने बक्ताले लैंगिक हिंसा अहिले पनि कतिपय परिवार, गाउँ तथा समाजमा कायमै रहेकाले त्यस्ता घटनालाई लुकाएर पीडितहरु बस्न नहुने सुझाव दिएका थिए । लैंगिक हिंसा हुने वित्तिकै नजिकैको प्रहरी कार्यालय अथवा स्थानीय न्यायिक समिति समक्ष निवेदन दिएर न्याय माग्नुपर्ने उनीहरुले जोड दिएका थिए ।  

गाउँपालिकाका उपाध्यक्ष साहिदा बानोले नेपालको संविधानले महिलालाई धेरै अधिकार दिएको उल्लेख गर्दै आफुमाथी हुने कुनैपनि हिंसालाई सहन नहुने बताउनुभयो । ‘संविधानले नै महिलालाई धेरै अधिकार दिएको अवस्था छ, अधिकार हुँदा हुँदै हिंसालाई सहेर बस्नु हुदैन,’ उहाँले भन्नुभयो,–‘केही समस्या परेको बेलामा तपाईहरुलाई न्याय दिनका लागि नजिकै प्रहरी कार्यालय छ, गाउँपालिकाको स्थानीय न्यायिक समिति तपाईको साथमा छ ।’ लैंगिक हिंसामा परेका पीडित ब्यक्तिले स्थानीय न्यायिक समितिमा आएर सिधैं उजुरी गर्न सक्ने ब्यवस्था रहेको उपाध्यक्ष बानोले बताउनुभयो ।  

लैङ्गिक हिंसाविरुद्ध सचेतनामुलक सन्देशसहितको प्ले कार्ड, व्यानरसंगै विभिन्न नाराहरु लगाएका थिए । र्यालीमा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष साहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर बिष्ट, अन्य जनप्रतिनिधिहरु, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, बिद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत उपस्थित भएका थिए । 

‘प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ मंसिर ९ गतेबाट सुरु भएको उक्त अभियान मंसिर २४ गते अर्थात् बुधबार सम्म चलेको थियो । कार्यक्रममा महिला अगुवा भवानी बोहरा, ईलाका प्रहरी कार्यालय बनकट्टीका महिला प्रहरी हवल्दार टिका थापा, लगायतले बोल्नुभएको थियो । 

ताजा

सबै

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

लोकप्रिय

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

यो पनि