Pairabi logo

माघ ०४, २०८२, शनिबार                    

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

डेक्स

डेक्स

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन
ADVERTISEMENT

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावकारी कार्यान्वयनको अभाव भएको कानुन विज्ञहरुले बताएका छन । उनीहरुले महिला तथा बालबालिका सम्वन्धी राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरको प्रयाप्त कानुन भएपनि कार्यान्वयन प्रक्रिया फितलो भएकाले पिडितले न्यायोचित न्याय पाउन नसकेको अवस्था रहेको बताएका थिए । 

महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले कानुन निमार्णका विषयमा आज नेपालगन्जमा गरेको कानुन विज्ञसंगको संवादमा सहभागी कानुन व्यवसायीहरुले अपराध गर्ने मानिसले खुलेआम सम्मानपुर्वक रुपमा हिडिरहेकाले पिडितलाई न्यायको अनुभुति नभएको बताएका छन । 

उनीहरुले लैङ्गिक हिंसा जस्तो जघन्य अपराध नियन्त्रणका लागि आफ्नै घरपरिवारबाट अभियान संचालन गरि समाजमा सचेतना र सरोकारवाला निकायलाई कानुनको कार्यन्वयनका लागि दबाब दिनुपर्ने जोड दिएका थिए । 

कार्यक्रममा वरिष्ठ अधिबक्ता सुनिलकुमार श्रेष्ठले लैङ्गिक हिंसा निवारणका लागि मानिसको व्यवहार, आचरण परिवर्तन गर्नुपर्ने भन्दै महिला पुरुष समान रुपमा घरको भान्सादेखि बाहिरसम्म सबै काममा सहयोग गर्नुपर्ने बताउनुभयो । 

उच्च अदालत बार एशोशिएसन नेपालगन्जका अध्यक्ष अधिबक्ता चित्रबहादुर शाहीले हरेक अभिभावकले महिला पुरुषमा कुनैपनि विभेद नगरी समान रुपमा उच्च शिक्षा दिनुपर्ने भन्दै अपराध गर्ने जो कोहीलाई कानूनको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । 

अधिबक्ता बसन्त गौतमले लैङ्गिक हिंसाका सवाललाई सम्बोधन गर्न हरेक कार्यालयमा हेल्प डेक्सको व्यवस्थापन गर्नुपर्ने भन्दै महिला शसक्तिकरण र आर्थिकस्तर बृद्धिका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो । 

महिला अगुवा शाहिदा शाहले समाजमा राम्रो काम गर्ने महिलाको सम्मान गर्नले अन्य महिलालाई समेत उत्प्रेरणा मिल्ने भएकाले महिलामाथी दुराचार गर्नेलाई शसक्त रुपमा कानुनी कारवाही गर्नुपर्नेमा जोड दिनभयो । 

डुडुवा गाउँपालिकाका रोजगार संयोजक अल्का मिश्रले महिला तथा बालबालिकासम्वन्धी विभिन्न कानुनहरु भएपनि त्यसबारे प्रचार प्रसारको अभावमा महिलाहरुमा सचेतना न्युन रहेकाले पिडितले कानूनी उपचार बारे प्रक्रिया थाहा नपाउदा अघि बढन नसकेको बताउनुभयो । 

कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी तिवारी, महासचिव अधिबक्ता केवलसिंह थारु, उच्च अदालत बार एशोसिएशन नेपालगन्जका पुर्व अध्यक्ष बलबहादुर चन्द, अधिबक्ता हिरा श्रेष्ठ, अधिकारकर्मी टेकनाथ आचार्यलगायतले लैङ्गिक हिंसाका विभिन्न सवालका बारेमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 

ताजा

सबै

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

लोकप्रिय

यो पनि

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…