Pairabi logo

असोज १८, २०८३, आइतबार                    

द्वन्दपीडितले अझैसम्म न्याय नपाउदा आक्रोसित

डेक्स

डेक्स

द्वन्दपीडितले अझैसम्म न्याय नपाउदा आक्रोसित
ADVERTISEMENT

नेपालगञ्ज । द्वन्दपीडितहरुले विस्तृत शान्ति सम्झौता भएको १९ बर्ष वितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो गरेका छन् ।

द्वन्दपीडितहरुको उपस्थितिमा विस्तृत शान्ति सम्झौता भएको दिन मंसिर ५ को सम्झना गर्दै आज नेपालगञ्जमा आयोजना गरिएको द्वन्द प्रभावित समुदायको चासो, अपेक्षा र समाधानका विकल्पहरु बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने द्वन्द पीडितहरुले सम्झौतामा बेपत्ता पारिएका व्यक्तिहरू र मृत्यु भएकाहरूको वास्तविक नामसहितको विवरण विस्तृत शान्ति सम्झौता भएको ६० दिनभित्र सार्वजनिक गरिसक्नुपर्ने भनिएकोमा आफूहरुको जीवनमा ६० दिन कहिल्यै नआएको आक्रोश पोखेका छन ।

द्वन्द अगुवा महिला चन्द्रकला अधिकारीले आफ्नो दुई छोरा गमाउनुपर्दाको पीडा बोकेर कति दिन हिंडिरहने भन्दै आक्रोश पोख्नुभयो । राज्यले आफ्ना सवाललाई प्राथमिकतामै नराखेको अधिकारीको गुनासो छ । द्वन्दमा आफ्नो श्रीमान गुमाउनुभएकी चन्द्रकला उप्रेतिले न्यायका लागि लड्डालड्दै थाकिसकेको बताउनुभयो ।

बुवा गुमाएका युवाहरु मुकेश सिंह कुँवर र विशेष उप्रेतिले एउटा संक्रमणकाललाई निष्कर्षमा नपुर्याउँदै अर्को संक्रमणकाल सुरु भएको भन्दै अब झन आफूहरुको सवाल ओझेलमा पर्ने आशंका ब्यक्त गर्नुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका अधिकारी, बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसी, बरिष्ठ अधिबक्ता सुनिल कुमार श्रेष्ठ, उच्च अदालत बार एसोसिएसन नेपालगञ्जका अध्यक्ष चित्र बहादुर शाही, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, द्वन्द पीडित तथा एकल महिला समाज बाँकेकी अध्यक्ष एकमाया विकले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पुर्याउन ढिला गर्न नहुनेमा जोड दिँदै न्यायको अनुभूति सबैभन्दा ठूलो कुरा भएको बताउनुभयो ।  

विस्तृत शान्ति सम्झौताले १० बर्षे सशस्त्र द्वन्दको सुरक्षित अवतरण गराए पनि संक्रमणकालीन न्याय नटुंगिदासम्म शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेको नमानिने उनीहरुको भनाई छ । न्यायको अनुभूति नमिल्दासम्म अथक ढंगले लागिरहन उनीहरुको आग्रह छ ।

कार्यक्रमको सहजीकरण एड्भोकेसी फोरमका संयोजक अधिबक्ता बसन्त गौतमले गर्नुभएको थियो । विभिन्न संघसंस्थाको आयोजना र सहकार्यमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…