Pairabi logo

पुस २७, २०८२, आइतबार                    

द्वन्दपीडितले अझैसम्म न्याय नपाउदा आक्रोसित

डेक्स

डेक्स

द्वन्दपीडितले अझैसम्म न्याय नपाउदा आक्रोसित
ADVERTISEMENT

नेपालगञ्ज । द्वन्दपीडितहरुले विस्तृत शान्ति सम्झौता भएको १९ बर्ष वितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो गरेका छन् ।

द्वन्दपीडितहरुको उपस्थितिमा विस्तृत शान्ति सम्झौता भएको दिन मंसिर ५ को सम्झना गर्दै आज नेपालगञ्जमा आयोजना गरिएको द्वन्द प्रभावित समुदायको चासो, अपेक्षा र समाधानका विकल्पहरु बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने द्वन्द पीडितहरुले सम्झौतामा बेपत्ता पारिएका व्यक्तिहरू र मृत्यु भएकाहरूको वास्तविक नामसहितको विवरण विस्तृत शान्ति सम्झौता भएको ६० दिनभित्र सार्वजनिक गरिसक्नुपर्ने भनिएकोमा आफूहरुको जीवनमा ६० दिन कहिल्यै नआएको आक्रोश पोखेका छन ।

द्वन्द अगुवा महिला चन्द्रकला अधिकारीले आफ्नो दुई छोरा गमाउनुपर्दाको पीडा बोकेर कति दिन हिंडिरहने भन्दै आक्रोश पोख्नुभयो । राज्यले आफ्ना सवाललाई प्राथमिकतामै नराखेको अधिकारीको गुनासो छ । द्वन्दमा आफ्नो श्रीमान गुमाउनुभएकी चन्द्रकला उप्रेतिले न्यायका लागि लड्डालड्दै थाकिसकेको बताउनुभयो ।

बुवा गुमाएका युवाहरु मुकेश सिंह कुँवर र विशेष उप्रेतिले एउटा संक्रमणकाललाई निष्कर्षमा नपुर्याउँदै अर्को संक्रमणकाल सुरु भएको भन्दै अब झन आफूहरुको सवाल ओझेलमा पर्ने आशंका ब्यक्त गर्नुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका अधिकारी, बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसी, बरिष्ठ अधिबक्ता सुनिल कुमार श्रेष्ठ, उच्च अदालत बार एसोसिएसन नेपालगञ्जका अध्यक्ष चित्र बहादुर शाही, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, द्वन्द पीडित तथा एकल महिला समाज बाँकेकी अध्यक्ष एकमाया विकले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पुर्याउन ढिला गर्न नहुनेमा जोड दिँदै न्यायको अनुभूति सबैभन्दा ठूलो कुरा भएको बताउनुभयो ।  

विस्तृत शान्ति सम्झौताले १० बर्षे सशस्त्र द्वन्दको सुरक्षित अवतरण गराए पनि संक्रमणकालीन न्याय नटुंगिदासम्म शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेको नमानिने उनीहरुको भनाई छ । न्यायको अनुभूति नमिल्दासम्म अथक ढंगले लागिरहन उनीहरुको आग्रह छ ।

कार्यक्रमको सहजीकरण एड्भोकेसी फोरमका संयोजक अधिबक्ता बसन्त गौतमले गर्नुभएको थियो । विभिन्न संघसंस्थाको आयोजना र सहकार्यमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…