Pairabi logo

असोज ०९, २०८३, शुक्रबार                    

यमद्धितीयमा मधेशी महिलाद्धारा “भुर्की पुजन”

डेक्स

डेक्स

यमद्धितीयमा मधेशी महिलाद्धारा “भुर्की पुजन”
ADVERTISEMENT

बाँके, ६ कात्तिक : पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन भोली विहीबार यम द्धितीया अर्थात् ‘भैया दुईज’मा भुर्की पुजन गरि आ–आफनो दाजु भाईलाई टिका लगाई चिउरा, भुर्की र मिठाई खवाएर मनाउदै छन ।  

घरको आंङ्गनमा गाईको गोबरले लिपपोत गरि भाईको चित्र कोरेर, नदी तलाउ, पर्बत, बाघ, भालु, सर्प, बन जगंलको चित्र बनाएर जंगलमा पाईने कुश लगायत बिभिन्न कांडाहरु राखी त्यसमाथी सिलौटा राखेर पुजा गर्ने प्रचलन छ । 

उक्त सिलौटामा चामलको पिठोले नदी बनाएर त्यसमा धर्म भाईको मुर्ति बनाई पुजा गरिन्छ । गाउँ टोलका सम्पुर्ण महिलाहरु एकजुट भई सामूहिक रुपमा भुर्की पुजन गर्दछन । पूजाको क्रममा भाईबहिनीको सुख, समृद्धि र शान्तीका लागि बिभिन्न कथा, कहानी सुनाउने गरिएको कशौधन महिला समाजकी अगुवा रमारानी बैश्यले बताउनुभयो । 

भुर्की पुजनका क्रममा दिदी बहिनीहरुले विहानैदेखि ब्रत बसेर आ—आफनो दाजु भाईको सुख, शान्ति, उन्नती, सुस्वास्थ्य, प्रगति लगायतको कामना गर्ने प्रचलन रहेको वरिष्ठ अवधी साहित्यकार पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । 

आज पुजा गरिएको चिउरा भुर्की टाढा रहेका आफना दाजु भाईहरुलाई कात्तिक पुर्णिमासम्म खुवाउने प्रचलन छ । आज भाइटिकाको मुख्य साइतमा भुर्की पुजनको कार्य गरिने अवधी साहित्यकार विष्णुलाल कुमालले बताउनुभयो । 

दाजु भाईको सुख, शान्ति, उन्नती, र दिर्घायुका लागि भुर्की पुजा गरि टिका लगाउने गरिएको नेपालगन्ज–६ फुल्टेक्राकी रागिनी साहुले बताउनुभयो । 
–––

ताजा

सबै

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

लोकप्रिय

सबै

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

यो पनि

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

अवधी समुदायका महिलाद्धारा बरसाइत पूजा

नेपालगन्ज २ जेठ :पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र स…