Pairabi logo

पुस ११, २०८२, शुक्रबार                    

सहयोगका पर्खाइमा कलाकार निर्मोही

डेक्स

डेक्स

सहयोगका पर्खाइमा कलाकार निर्मोही
ADVERTISEMENT

नेपालगन्ज,५ कात्तिक । तीन दशकदेखि पश्चिम नेपालमा  स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी तथा लोकगायक कमल विके निर्मोहीको आवाज अहिले शान्त छ ।

तीन दशकभन्दा बढी समय नेपाली लोकसङ्गीत र सञ्चार क्षेत्रमा समर्पित निर्मोही अहिले आफ्नै जीवनसँग जुधिरहनु भएको छ । दुवै मिर्गौलाले काम गर्न छोडेपछि उहाँ लामो समयदेखि नेपालगञ्ज–१० स्थित आफ्नै घरको ओछ्यानमा सीमित हुनुहुन्छ ।

कुनैबेला रेडियो कार्यक्रम सञ्चालन गर्दा जोसिलो आवाजले सबैलाई मोहित पार्ने निर्मोही अहिले धेरैबेर बोल्दा बोली पनि लर्वराउँछ । स्वर अहिले पीडाले भरिएको छ । शरीर कमजोर भइसकेको छ । हिँडडुल गर्न सक्नुहुँदैन । रेडियो नेपाल र नेपालगञ्जस्थित रेडियो बागेश्वरीसहित अन्य एफएमहरुमा उहाँले लामो समय काम गर्नुभयो ।  

निर्मोहीले थुप्रै स्टेज कार्यक्रममा उद्घोषण गर्नुभयो । स्रोताको मन छुने लोकगीत गाएर स्थानीय कलाकारलाई पनि मञ्चमा ल्याउन सहयोग गर्नुभयोे । उहाँका गीतहरु पश्चिम नेपालको गाउँघरमा आज पनि गुञ्जिन्छन् ।

उच्च रक्तचाप र सुगरले सताउँदै जाँदा, पछि मिर्गौलाले काम गर्न छोडेको उहाँले जानकारी दिनुभयो । “विगत छ महिनादेखि उपचारमै छु, तर आर्थिक अभावले उपचार निरन्तरता दिन सकिरहेका छैन”, कलाकार निर्मोहीले भन्नुभयो, “जीवनभर म बोलिरहेँ, अब सबै मौन छन्, मलाई सबैको माया चाहियो, जीवनका यी अन्तिम क्षणमा उपचारका लागि सहयोगको हात बढोस् ।” 

उहाँको परिवारले सम्भव सबै प्रयास ग¥यो, तर अब खर्च धान्नसक्ने स्थिति छैन । नेपालगञ्जस्थित भेरी अस्पतालमा हप्तामा दुई पटक उहाँले डायलाइसिस गर्दै आउनुभएको छ । कलाकार निर्मोहीले आफ्ना साथी, शुभेच्छुक र देशभरका कलाकार, स्रोता र दाताहरुसँग सहयोगको आग्रह गर्नुभयो ।

दाङको तत्कालीन फूलबारी गाउँपालिकामा जन्मिएका निर्मोही हाल नेपालगञ्जमा बस्दै आउनुभएको छ । कलाकार निर्मोहीको योगदानको कदर गर्दै निर्मोहीलाई सम्झने वातावरण बनाउनेदेखि उपचारमा सहयोग जुटाउने प्रयासमा आफूहरु लागिपरेको स्थानीय बागेश्वरी असल शासन क्लबका निर्देशक नमस्कार शाहले बताउनुभयो । 

निर्मोहीलाई सहयोगार्थ ‘तिहारका रङहरु’ 

मिर्गौला रोगबाट पीडित कलाकार कमल विके निर्मोहीको सहयोगार्थ नेपालगञ्जमा ‘तिहारका रङ्गहरु’ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

बागेश्वरी असल शासन क्लबको आयोजनामा उज्यालो, प्रेम र एकताका माध्यमबाट सुशासन र समृद्धिको सन्देश प्रवाह गर्ने उद्देश्यले तिहारका मौलिक संस्कृति र मान्यतालाई प्रवद्र्धन गर्दै गएराति ‘तिहारका रङहरु’कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सामूहिक देउसी, भैलो, सांस्कृतिक प्रस्तुति, नृत्य, नाटकलगायत प्रस्तुतिहरु गरिएको थियो । स्थानीय फरकफरक कला र संस्कृतिलाई एकै मञ्चबाट प्रस्तुत गरिएको उक्त कार्यक्रममा अस्वस्थ अवस्थामै पुग्नुभएका कलाकार निर्मोहीले सहयोगी हातहरु अघि बढेको देख्दा खुसी लागेको बताउनुभयो ।  

कार्यक्रममा गायक सुनीलसिंह ठकुरी, पूर्ण थापा, महेन्द्र सेढाईं, कलाकार श्यामानन्द सिंह, जितबहादुर थापा, सन्तोष सोतीमगर, सुजन डिसी, मेरो डान्स युनिभर्सका थर्ड रनरअप सुरज सिञ्जालीमगर, डान्सर रुविना अधिकारी, मौसमी रानामगर, आरुसी मगर र एक्टिङ स्टार नवीना रानाभाटलगायतको प्रस्तुति रहेको थियो ।

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

यो पनि

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई द…

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

नेपालगञ्ज, २३ कात्तिक स् बाँके राप्तीसोनारी४ स्थित चुरे पहाडमा रहेको बर्फानी बाबा मन्द…

राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु

राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु

नेपालगन्ज १७ कात्तिक । बाँकेको राप्ती नदी सिधनिया घाटमा तीन दिने पुर्णमासी मेला शुर…