Pairabi logo

पुस २७, २०८२, आइतबार                    

समाजको रूपान्तरणका लागि समानता र न्याय अपरहिार्य : पूर्व आयुक्त अन्सारी

डेक्स

डेक्स

समाजको रूपान्तरणका लागि समानता र न्याय अपरहिार्य : पूर्व आयुक्त अन्सारी
ADVERTISEMENT

बाँके, २६ असोज । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व आयुक्त मोहना अन्सारीले दिगो परिवर्तनका लागि मानव अधिकार, समानता र न्यायलाई केन्द्रमा राख्नुपर्ने बताउनुभभएको छ ।

नेपालगञ्जमा नेप्लीज मेटर्सले आयोजना गरेको “समाजको आवश्यकता र दिगो परिवर्तन” विषयक विचार–विमर्श कार्यक्रममा उहाँले  राज्य, नागरिक समाज र नयाँ पुस्ताबीचको सहकार्यबिना सार्थक परिवर्तन सम्भव नरहेको बताउनुभयो ।

अन्सारीले भन्नुभयो, “दिगो परिवर्तन केवल नीति वा कागजमा सीमित हुनु हुँदैन, यो व्यवहारमा देखिनु पर्छ। त्यसका लागि समान अवसर, लैङ्गिक न्याय र सबै वर्गको सम्मान अनिवार्य छ ।” उहाँले विश्वभर फैलिँदै गएको जेनजी आन्दोलनलाई परिवर्तनको सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै नयाँ पुस्ता अधिकारप्रति सचेत र अन्यायविरुद्ध आवाज उठाउन सक्षम बन्दै गएको बताउनुभयो ।

महिला, दलित, आदिवासी, मुस्लिम, मधेसी लगायत सबै समुदायको समान सहभागिता सुनिश्चित नगरी कुनै पनि परिवर्तन दीर्घकालीन हुन नसक्ने उहाँको भनई थियो । 

कार्यक्रमको अध्यक्षता गर्दै नेप्लीज मेटर्सका संरक्षक हाजी अब्दुल रहमान मियाँले समाजमा सहिष्णुता, एकता र आपसी समझदारीको आवश्यकता औंल्याउनुभयो । “धर्म, भाषा वा पहिचानले होइन, मानवताको आधारमा हामी एकअर्कासँग जोडिनुपर्छ,” उहाँले भन्नुभयो, “युवापुस्ता एउटै उद्देश्यका लागि संगठित भए भने समाजमा कुनै पनि विभाजन टिक्दैन।”

कार्यक्रममा प्राध्यापक गिरिराज पौडेलले दिगो विकास लक्ष्य हासिल गर्न शिक्षामा समान पहुँच, लैङ्गिक समता र उत्तरदायित्वपूर्ण शासन प्रणाली आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी, नेप्लीज मेटर्सका संयोजक मोहम्मद रिहानले जेनजी आन्दोलनले समानता र अधिकारको आवाज बुलन्द गरे पनि सबै समुदायको समान प्रतिनिधित्व अझै सुनिश्चित हुन नसकेको बताउनुभयो ।उहाँले भन्नुभयो,“जबसम्म मुस्लिम समुदायलगायत वञ्चित वर्गका युवाहरू नेतृत्वमा आउँदैनन्, जेनजी आन्दोलन अधुरो रहन्छ ।,”

अधिवक्ता जमालुद्दीन अन्सारीले मुस्लिम युवाहरूमा आत्मविश्वास र चेतना जगाउने जिम्मेवारी पनि जेनजी आन्दोलनकै रहेको बताउनुभयो । कानूनका विद्यार्थी नूर मोहम्मद अन्सारीले स्थानीयदेखि संघीय तहसम्मका नीतिहरूमा मानव अधिकार दृष्टिकोण समावेश गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । पूर्व आयुक्त मोहना अन्सारीलाई कार्यक्रममा भव्य स्वागत गरिएको थियो ।

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…