Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

डेक्स

डेक्स

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै
ADVERTISEMENT

बाँके, २४ असोजः कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिलाहरु आज करवाचौथ पर्व मनाउँदैछन ।

तराईमा बसोबास गर्ने विवाहित महिलाहरुले आज पतिको दीर्घायुको कामना गर्दै करवाचौथ पर्व मनाइरहेको नेपालगन्ज–१८ की अगुवा महिला लक्ष्मी मिश्रले बताउनुभयो । उहाँका अनुसार महिलाहरु आज दिनभरि निराहार उपवास बसेर राति चन्द्रमा उदाएपछि चन्द्रमाको पूजा अर्चना र दर्शनपछि पतिको पूजा अर्चना तथा दर्शन गरेर पतिकै हातबाट जल ग्रहण गर्दै यस पर्वलाई समापन गर्नेछन् ।

आज बिहानैदेखि निराहार, निर्जल व्रत बसेर राति चन्द्रमा उदाएपछि पहिला चन्द्रमा दर्शन र पूजा गरेर पछि पुनःपतिको पूजा गर्दै व्रतालु महिला पूजापश्चात् पतिको हातबाट सबैभन्दा पहिले पानी (जल) ग्रहण गर्दछ भने त्यसपछि पतिलाई प्रसाद र पकवान खुवाउँदै आफू पनि प्रसाद खाएर व्रत समापन गर्ने चलन रहेको नेपालगन्जका अवधी साहित्यकार पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । 

    यसपर्वमा चन्द्रमाको पूजा गरिने तथा चन्द्रमाकै रुपमा आआफ्ना पतिलाई पनि पूजा गर्ने र चन्द्रमासँग आफ्ना पतिको चन्द्रमा जस्तै दीर्घायुको कामना गर्ने गरिन्छ । यस पर्वमा महिलाहरु राति रङ्गीचङ्गी नयाँ नयाँ वस्त्र, चुरा, पोते, विभिन्न गर गहना, विभिन्न शृङ्गार गरि दुलही जस्तै बनेर चन्द्रमा उदाएपछि चल्नी (गहुको पिठो चाल्ने बस्तु) मा दीप जलाएर दीपको उज्यालोसँगै चल्नीको जालीबाट चन्द्रमा दर्शन गर्दछन् भने चन्द्रमाको दर्शन गरेपछि पुनःसोही चल्नीमा चन्द्रमाको ठाउँमा आ–आफ्ना पतिलाई उभ्याएर पतिको दर्शन गर्दछन् ।

घरको आँगनमा वा भित्तामा गौरी गणेश भगवानको चित्र कोरेर टोलभरीका महिलाहरु एक ठाउँमा जम्मा भएर पुजापाठ गर्ने गर्दछन । आजको दिन पकाइने विशेष पकवान नयाँ चामलको पिठोले बनाएको फाराको पनि पुजा गरिन्छ । पुजापाठ पश्चात महिलाहरुविच कथा सुनाउने चलन रहेको छ । 

करवाचौथ पर्व तराईको नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, बाँके, बर्दिया, र भारतको बहराईच, श्रावस्ती, लखनाउलगायत क्षेत्रमा धुमधामका साथ मनाइन्छ ।
–––
 

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…