Pairabi logo

भदौ २२, २०८३, सोमबार                    

नेपालगन्ज घटनामा उच्छृखंल कार्य गर्नेलाई कारवाही गरिने

डेक्स

डेक्स

नेपालगन्ज घटनामा उच्छृखंल कार्य गर्नेलाई कारवाही गरिने
ADVERTISEMENT

नेपालगन्ज, १८ असोज । दुर्गा मूर्तिको प्रतिमा विसर्जन गर्ने क्रममा नेपालगन्जमा उच्छृखंल गतिबिधी गर्ने समुहलाई कारवाही गरिने भएको छ । शुक्रबार भएको घटनामा उच्छृखंल क्रियाकलाप गर्ने व्यक्तीहरुलाई छानविन गरि कानुनबमोजिम कडा कारवाही गरिने सहमती भएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेमा आज शनिबार भएको सर्वपक्षिय छलफलमा घटनाको दोषीलाई पहिचान गरि कानुनबमोजिम कारवाही गर्ने र कारवाही प्रक्रियालाई सबैले सहयोग गर्ने, आपसी झै–झगडा, रिस–रागलाई हटाई धार्मिक सदभाव कायम गरि कुनै किसिमको उच्छृखंल क्रियाकलाप नगर्ने यदि कसैले त्यस्तो गरेमा तत्काल कारवाही गरिने र जिल्लामा प्रहरी प्रशासनको स्वीकृती विना कुनै पनि कार्य (नारा, जुलुस, सभा, सम्मेलन, र्याली आदी) गर्न नपाउने निर्णय भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अंगुर जिसीले बताउनुभयो । 

उहाँका अनुसार सामाजिक सञ्जालमा भ्रमपुर्ण सूचना सम्पे्रषण गर्नेलाई निगरानी गरि साईबर अपराधमार्फत कारवाही गरिने छ । बैठकले धार्मिक सदभाव कायम गरि कुनै पनि उच्छृखंल क्रियाकलाप नगर्न सम्पुर्ण जिल्लाबासीलाई आग्रह गरेको छ । बैठकमा प्रहरी प्रशासन, विभिन्न धार्मिक अगुवा, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो । 

नेपालगन्जको अवस्था अहिले सामान्य रहेको छ । नगरका जोखिम स्थानहरुमा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडा बनाइएको छ । दुर्गा मुर्ति विसर्जनका क्रममा शुक्रबार दुई समुहबीच झडप भएको थियो । नेपालगन्जको पिप्रहवा र फुल्टेक्रा सडक खण्डमा हिन्दु र मुस्लिम विच झडप भएको हो ।

दुई समुहविच भएको झडपमा प्रहरीसहित ३० जना घाइते भएको बाँकेका प्रहरी प्रमुख जिसीले बताउनुभयो । उहाँका अनुसार अन्य घाइतेहरु सामान्य उपचारपछि घर फर्किएका छन भने अहिले ४ जनाको नेपालगन्जस्थित भेरी अस्पताल र नर्सिङ्गहोममा  उपचार भईरहेको छ । 

केही उच्छृंखल गतिबिधीमा सक्रिय व्यक्तीका कारण झडप भएको बुझिएको छ । विर्सजनको क्रममा एक्कासी भएको घटनालगत्तै परिचालित प्रहरीको टोलीले घटनालाई नियन्त्रणमा लिएकाले मानविय क्षति हुन पाएन । 

प्रहरीको सक्रियता र प्रभावकारी व्यवस्थापनका कारण कुनै पनि अप्रिय घटना नघटेको हो । प्रहरीको टोलीले झडपलाई तत्काल नियन्त्रणमा लिएर प्रभावकारी सुरक्षा व्यवस्थापन गरेको हो । 

ताजा

सबै

विपद् प्रभावितलाई सहयोग गरिने

प्रहलाद विश्वकर्मा नेपालगंज, : नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको पूर्वासन्ध्यामा बाँ…

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको प्रारम्भ बैठक

बर्दिया, १९ भदौ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित …

बर्दिया गेरुवाका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण

बर्दिया, १९ भदौ । बर्दियाको गेरुवा गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका प्रध…

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग

नेपालगन्ज, भदौ १६ । नेपाल पत्रकार महासंघ बाँके शाखाले भोटेकोशी नदीमा आएको विनाशका…

लोकप्रिय

सबै

बर्दिया गेरुवाका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण

बर्दिया, १९ भदौ । बर्दियाको गेरुवा गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका प्रध…

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको प्रारम्भ बैठक

बर्दिया, १९ भदौ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित …

विपद् प्रभावितलाई सहयोग गरिने

प्रहलाद विश्वकर्मा नेपालगंज, : नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको पूर्वासन्ध्यामा बाँ…

यो पनि

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…

मुक्त कमैया र सुकुम्वासीको जग्गा दर्ता तथा नामसारी सम्बन्धमा उच्च अदालतको आदेश

मुक्त कमैया र सुकुम्वासीको जग्गा दर्ता तथा नामसारी सम्बन्धमा उच्च अदालतको आदेश

नेपालगन्ज ३२ असार । मुक्त कमैया तथा भूमिहीन सुकुम्वासीहरूले प्राप्त गरेको जग्गाको अंश…

न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन डुडुवामा दुईदिने प्रशिक्षण

न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन डुडुवामा दुईदिने प्रशिक्षण

डुडुवा (बाँके) २० असार । डुडुवा गाउँपालिकामा दुई दिने न्यायिक समिति सम्बन्धी प्रशिक्…