Pairabi logo

पुस २७, २०८२, आइतबार                    

नेपालगन्ज घटनामा उच्छृखंल कार्य गर्नेलाई कारवाही गरिने

डेक्स

डेक्स

नेपालगन्ज घटनामा उच्छृखंल कार्य गर्नेलाई कारवाही गरिने
ADVERTISEMENT

नेपालगन्ज, १८ असोज । दुर्गा मूर्तिको प्रतिमा विसर्जन गर्ने क्रममा नेपालगन्जमा उच्छृखंल गतिबिधी गर्ने समुहलाई कारवाही गरिने भएको छ । शुक्रबार भएको घटनामा उच्छृखंल क्रियाकलाप गर्ने व्यक्तीहरुलाई छानविन गरि कानुनबमोजिम कडा कारवाही गरिने सहमती भएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेमा आज शनिबार भएको सर्वपक्षिय छलफलमा घटनाको दोषीलाई पहिचान गरि कानुनबमोजिम कारवाही गर्ने र कारवाही प्रक्रियालाई सबैले सहयोग गर्ने, आपसी झै–झगडा, रिस–रागलाई हटाई धार्मिक सदभाव कायम गरि कुनै किसिमको उच्छृखंल क्रियाकलाप नगर्ने यदि कसैले त्यस्तो गरेमा तत्काल कारवाही गरिने र जिल्लामा प्रहरी प्रशासनको स्वीकृती विना कुनै पनि कार्य (नारा, जुलुस, सभा, सम्मेलन, र्याली आदी) गर्न नपाउने निर्णय भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अंगुर जिसीले बताउनुभयो । 

उहाँका अनुसार सामाजिक सञ्जालमा भ्रमपुर्ण सूचना सम्पे्रषण गर्नेलाई निगरानी गरि साईबर अपराधमार्फत कारवाही गरिने छ । बैठकले धार्मिक सदभाव कायम गरि कुनै पनि उच्छृखंल क्रियाकलाप नगर्न सम्पुर्ण जिल्लाबासीलाई आग्रह गरेको छ । बैठकमा प्रहरी प्रशासन, विभिन्न धार्मिक अगुवा, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो । 

नेपालगन्जको अवस्था अहिले सामान्य रहेको छ । नगरका जोखिम स्थानहरुमा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडा बनाइएको छ । दुर्गा मुर्ति विसर्जनका क्रममा शुक्रबार दुई समुहबीच झडप भएको थियो । नेपालगन्जको पिप्रहवा र फुल्टेक्रा सडक खण्डमा हिन्दु र मुस्लिम विच झडप भएको हो ।

दुई समुहविच भएको झडपमा प्रहरीसहित ३० जना घाइते भएको बाँकेका प्रहरी प्रमुख जिसीले बताउनुभयो । उहाँका अनुसार अन्य घाइतेहरु सामान्य उपचारपछि घर फर्किएका छन भने अहिले ४ जनाको नेपालगन्जस्थित भेरी अस्पताल र नर्सिङ्गहोममा  उपचार भईरहेको छ । 

केही उच्छृंखल गतिबिधीमा सक्रिय व्यक्तीका कारण झडप भएको बुझिएको छ । विर्सजनको क्रममा एक्कासी भएको घटनालगत्तै परिचालित प्रहरीको टोलीले घटनालाई नियन्त्रणमा लिएकाले मानविय क्षति हुन पाएन । 

प्रहरीको सक्रियता र प्रभावकारी व्यवस्थापनका कारण कुनै पनि अप्रिय घटना नघटेको हो । प्रहरीको टोलीले झडपलाई तत्काल नियन्त्रणमा लिएर प्रभावकारी सुरक्षा व्यवस्थापन गरेको हो । 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…