Pairabi logo

माघ ०४, २०८२, शनिबार                    

विभिन्न कुलतका कारण लैङ्गिक हिंसाका घटना बढे

डेक्स

ADVERTISEMENT

बर्दिया ११, असोज । विभिन्न कुलतमा फसेका युवाहरुका कारण लैङ्गिक हिंसाका घटना बढेको एक कार्यक्रममा बताइएको छ । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बर्दियाको बढैयातालमा शुक्रबार गरेको समुहगत छलफलका सहभागीहरुले समाजमा व्यप्त लागु औषधको प्रयोगले समाजका नकरात्मक प्रभाव पारेको बताएका थिए । 

उनीहरुले किशोर तथा किशोरीले समेत लागुऔषधको सेवन गरी विभिन्न हिंसाका घटना घटाएको बताएका थिए । महिलाहरुले बाल विवाह, बहु विवाहको समस्याले पनि किशोरी तथा महिलाहरु समस्यामा परेको बताएका छन । 

सहभागीहरुले लैङ्गिक हिंसाविरुद्ध स्थानीय सरकारले कानून नै निमार्ण गरि प्रभावकारी कार्यन्वयन गर्नुपर्ने सुझाव दिएका थिए । छलफलमा महिला तथा बालिकासंग विभिन्न समस्याहरुका बारेमा छलफल भएको थियो । 

कार्यक्रममा हिंसा निगरानी समुहका संयोजक प्रेम त्रिपाठी, महिलाहरु माया सापकोटा, सिता चौधरी, सविता परियार, निशा थारु, शकिना खान, जामेरुन खाँ, कृपानन्द झाँलगायतले बोल्नुभएको थियो । 

कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी, उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, महासचिव अधिबक्ता केवलसिंह थारुले लगायतल बोल्नुभएको थियो । महिला तथा बालिका हिंसाविरुद्ध नीतिगत सुधार तथा सचेतना कार्यक्रम अन्र्तगत संस्थाले बाँके र बर्दियाका चार वटा स्थानीय तहमा महिला तथा बालिका हिंसाविरुद्ध ऐन, कानुन, नीति तथा कार्यविधी निमार्ण गर्ने संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले जानकारी दिनुभयो । 

ताजा

सबै

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

लोकप्रिय

यो पनि

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…