Pairabi logo

असोज १८, २०८३, आइतबार                    

लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या

डेक्स

डेक्स

लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या
ADVERTISEMENT

नेपालगन्ज ८, असोज । लैङ्गिक हिंसाका कारण मधेशी समुदायका महिला तथा कशोरीहरुको मानसिक समस्या देखिइएको छ । समुदायका पुरुष अभिभावकमा सचेतनाको अभावका कारण महिला तथा किशोरीहरुलाई विभिन्न हिंसामा पारिएको पिडितहरुले बताएका छन । 

महिला र कानून विकास मंञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले महिला तथा बालिका हिंसाविरुद्ध निमार्ण गर्न लागेको नीतिको बारेमा मंगलबार गरेको अभिमुखीकरण कार्यक्रममा सहभागि सरोकारवालाले महिलाहरु अझै पिडित रहेको बताएका थिए । 

जानकी गाउँपालिकाले मनोसामाजिक सेवामार्फत महिला तथा किशोरीहरुको अवस्था पहिचान गर्ने क्रममा त्यस्तो समस्या देखिएको जनाएको छ । पालिकाका मनोसामाजिक परामर्शकर्ता राधा आचार्यले विभिन्न वडाका महिला तथा किशोरीहरुलाई भेटेर कुरा गर्दा उनीहरु स्वतन्त्रपुर्वक रुपमा जिवनयापन गर्न नपाएपछि मानसिक समस्यामा परेको बताउनुभयो ।

उहाँले भन्नुभयो,–‘महिलाहरु आफ्नै परिवारवाट घरेलु हिंसामा परेका छन, किशोरीहरु प्राय उच्च शिक्षा पढ्न पाएक छैनन, केटा केटीमा विभेद गरिएको छ’ । बाल विवाह, दाइजो प्रथालगायतका कारणले समुदायका अभिभावकले टर्चर गर्नले उनीहरुमा मानसिक समस्या देखिएको उहाँले बताउनुभयो । 

परम्परागत सोच र सचेतनाको अभावमा अझै पनि महिलाहरु दबेर बस्नुपरेको अवस्था रहेको उहाँको भनाई छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले पालिकाले महिला र बालिका हिंसाविरुद्ध कानुन निमार्ण गरी उनीहरुको समस्यालाई समाधान गर्नमा मद्दत पुग्ने भन्दै समुदायका अभिभावकहरुलाई सचेत बनाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा वडा अध्यक्षहरु मो रजा राई, चन्द्रिकाप्रसाद गुप्ता, राजकुमार कुर्मी, जगदिशप्रसाद हरिजन, कार्यपालिका सदस्य रामअचल धोबी, कान्ती काँदु, निर्मला हरिजन, महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गहा लगायतले पालिकामा मधेशी समुदायको बाहुल्यता बढी भएकाले अशिक्षाका कारण महिला र किशोरीमाथीको हिंसा बढेकाले उनीहरुलाई जागरुक बनाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारीले महिला र किशोरीसंग सम्वन्धित कानुन तथा प्रक्रियालगायतका बारेमा जानकारी गराउनुभएको थियो । संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन कार्यकारी निर्देशक राकेशकुमार मिश्रले गनुभएको थियो । 

महिला तथा बालिका हिंसाविरुद्ध नीतिगत सुधार तथा सचेतना कार्यक्रम अन्र्तगत संस्थाले बाँके र बर्दियाका चार वटा स्थानीय तहमा महिला तथा बालिका हिंसाविरुद्ध ऐन, कानुन, नीति तथा कार्यविधी निमार्ण गर्न लागेको हो । 


 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…