Pairabi logo

असोज १८, २०८३, आइतबार                    

अभिभावकको नकरात्मक सोचका कारण किशोरीहरु उच्च शिक्षाबाट बञ्चित

डेक्स

डेक्स

अभिभावकको नकरात्मक सोचका कारण किशोरीहरु उच्च शिक्षाबाट बञ्चित
ADVERTISEMENT

नेपालगन्ज ३ असोज । मधेशी समुदायका अभिभावकको व्यहवार परिवर्तन नहुदा किशोरीहरु शिक्षाबाट बञ्चित भईरहेको अवस्था रहेको छ । घरका छोरी चेलीहरु ठुलो भएपछि अभिभावकको गलत सोचका कारण किशोरीहरु उच्च शिक्षा अध्ययनबाट बञ्चित हुनुपर्ने अवस्था छ । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले विहीबार बाँके जानकी गाउँपालिका वार्ड नं. २ स्थित महिला तथा किशोरीसंग गरेको समुहगत छलफलमा सहभागि महिलाहरु आफुले भोगेका समस्याहरु सुनाएका थिए । उनीहरुले गाउँघरका पुरुषहरुले महिलाहरुको कुरै नसुनेर महिलामाथी अझै शोषण गरिरहेको अवस्था रहेको औल्याएका थिए । 

जेनतेन रुपमा एसइइ कक्षासम्म पढेपनि उच्च शिक्षाका लागि घरका अभिभावकले कलेज नपठाउने गरेको बाँके जानकी गाउँपालिका वार्ड नं. २ की किशोरी इन्दु भाट बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,–“गाउँमा एक किशोरी केटासंग भाग्यो, भने हामी जस्ता धेरै किशोरीहरुलाई निगरानीमा राखी शिक्षाबाट समेत बञ्चित गर्दछन” । जबसम्म घरका आमा बुवा सचेत हुन्दैनन, तबसम्म उनीहरुको व्यहवारमा परिवर्तन नआउने उहाको भनाई छ ।

१२ कक्षा पास गर्नुभएकी भाटलाई उच्च शिक्षा अध्ययन गरि समाजका लागि केही गर्ने सपना बोक्नु भएको छ तर उहाँको अभिभावकले अगाडीको शिक्षाको बाटो नै बन्द गरिदिएपछि अहिले उहाँ चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो,–“के गर्ने पढने ठुलो इच्छा थियो तर अभिभावकले साथ नदिएपछि के गर्ने, उहाँहरुको नकरात्मक सोचका कारण हामी जस्ता किशोरीहरुको जिवन बरबाद भएको छ” । 

छलफलमा वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले मधेशी समुदाय अभिभावक अशिक्षित भएकाले उनीहरुको चेतनास्तर बृद्धि गर्नुपर्नेमा जोड दिदै महिला हिंसाविरुद्धको कानुनलाई पुर्ण रुपमा कार्यान्वयनमा गर्ने बताउनुभयो । छलफलमा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट लगायतको सहभागिता रहेको थियो । 

महिला कानुन र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले स्थानीय तहमा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरण गर्न कानुनी रुपमा व्यवस्थापन गर्नका लागि कार्यक्रम शुरु भएको छ । संस्थाले स्थानीय तहमा ऐन, नीति र कार्यविधी निमार्ण गरि महिला तथा बालिका सम्वन्धी हिंसाका विषयमा कार्यान्वयन हुने विश्वास लिइएको छ । 

बाँके नेपालगन्ज उपमहानगरपालिका, जानकी, डुडुवा गाउँपालिका र बर्दियाको बढैयाताल गाउँपालिकामा महिला तथा बालिका हिंसा विरुद्धका विषयमा ऐन, नीति र कार्यविधी निमार्ण गर्ने संस्थाका कार्यकारी निर्देशक राकेश कुमार मिश्रले जानकारी दिनुभयो । 


 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…