Pairabi logo

पुस ०३, २०८२, बिहीबार                    

अभिभावकको नकरात्मक सोचका कारण किशोरीहरु उच्च शिक्षाबाट बञ्चित

डेक्स

डेक्स

अभिभावकको नकरात्मक सोचका कारण किशोरीहरु उच्च शिक्षाबाट बञ्चित
ADVERTISEMENT

नेपालगन्ज ३ असोज । मधेशी समुदायका अभिभावकको व्यहवार परिवर्तन नहुदा किशोरीहरु शिक्षाबाट बञ्चित भईरहेको अवस्था रहेको छ । घरका छोरी चेलीहरु ठुलो भएपछि अभिभावकको गलत सोचका कारण किशोरीहरु उच्च शिक्षा अध्ययनबाट बञ्चित हुनुपर्ने अवस्था छ । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले विहीबार बाँके जानकी गाउँपालिका वार्ड नं. २ स्थित महिला तथा किशोरीसंग गरेको समुहगत छलफलमा सहभागि महिलाहरु आफुले भोगेका समस्याहरु सुनाएका थिए । उनीहरुले गाउँघरका पुरुषहरुले महिलाहरुको कुरै नसुनेर महिलामाथी अझै शोषण गरिरहेको अवस्था रहेको औल्याएका थिए । 

जेनतेन रुपमा एसइइ कक्षासम्म पढेपनि उच्च शिक्षाका लागि घरका अभिभावकले कलेज नपठाउने गरेको बाँके जानकी गाउँपालिका वार्ड नं. २ की किशोरी इन्दु भाट बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,–“गाउँमा एक किशोरी केटासंग भाग्यो, भने हामी जस्ता धेरै किशोरीहरुलाई निगरानीमा राखी शिक्षाबाट समेत बञ्चित गर्दछन” । जबसम्म घरका आमा बुवा सचेत हुन्दैनन, तबसम्म उनीहरुको व्यहवारमा परिवर्तन नआउने उहाको भनाई छ ।

१२ कक्षा पास गर्नुभएकी भाटलाई उच्च शिक्षा अध्ययन गरि समाजका लागि केही गर्ने सपना बोक्नु भएको छ तर उहाँको अभिभावकले अगाडीको शिक्षाको बाटो नै बन्द गरिदिएपछि अहिले उहाँ चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो,–“के गर्ने पढने ठुलो इच्छा थियो तर अभिभावकले साथ नदिएपछि के गर्ने, उहाँहरुको नकरात्मक सोचका कारण हामी जस्ता किशोरीहरुको जिवन बरबाद भएको छ” । 

छलफलमा वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले मधेशी समुदाय अभिभावक अशिक्षित भएकाले उनीहरुको चेतनास्तर बृद्धि गर्नुपर्नेमा जोड दिदै महिला हिंसाविरुद्धको कानुनलाई पुर्ण रुपमा कार्यान्वयनमा गर्ने बताउनुभयो । छलफलमा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट लगायतको सहभागिता रहेको थियो । 

महिला कानुन र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले स्थानीय तहमा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरण गर्न कानुनी रुपमा व्यवस्थापन गर्नका लागि कार्यक्रम शुरु भएको छ । संस्थाले स्थानीय तहमा ऐन, नीति र कार्यविधी निमार्ण गरि महिला तथा बालिका सम्वन्धी हिंसाका विषयमा कार्यान्वयन हुने विश्वास लिइएको छ । 

बाँके नेपालगन्ज उपमहानगरपालिका, जानकी, डुडुवा गाउँपालिका र बर्दियाको बढैयाताल गाउँपालिकामा महिला तथा बालिका हिंसा विरुद्धका विषयमा ऐन, नीति र कार्यविधी निमार्ण गर्ने संस्थाका कार्यकारी निर्देशक राकेश कुमार मिश्रले जानकारी दिनुभयो । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

यो पनि

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

नेपालगन्ज १६ मसिंर । अभिभावकमा सचेतनाको अभावले ग्रामिण समुदायका महिलाहरु अझै पनि …