Pairabi logo

पुस २७, २०८२, आइतबार                    

पिआइएल समुह नेपालगन्जद्धारा निःशुल्क कानुनी परामर्श सेवा शुरु

डेक्स

डेक्स

पिआइएल समुह नेपालगन्जद्धारा निःशुल्क कानुनी परामर्श सेवा शुरु
ADVERTISEMENT

नेपालगन्ज २० भदौ । नेपालगन्जका कानून व्यवसायीले निःशुल्क अनलाईन कानूनी परामर्श सेवा शुरु गरेका छन । सार्वजनिक सरोकार कानुन व्यवसायी समुह (पिआइएल ग्रुप) नेपालगन्जको आज आइतबार बसेको आकस्मिक बैठकले आजदेखि अदालतबाट नियमित सेवा संचालन नभएसम्म निःशुल्क कानुनी परामर्श सेवा दिने निर्णय गरेको छ । 

आगजनी तोडफोड र लुटपाटबाट सर्वोच्च अदालतलगायत बाँकेस्थित उच्च अदालत, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, बार भवन लगायत अन्य सरकारी तथा स्थानिय निकायको कार्यालय समेत पूर्ण रुपमा क्षति भएको अवस्था छ । अदालतबाट प्रवाह हुने नियमित न्याय सम्पादनको काम कारवाही तथा सेवा अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द रहेको छ । 

न्याय सम्पादनको कार्य बन्द भएपछि आम सर्वसाधारण नागरिक सेवाग्राही प्रभावितसंगै अन्यौलपूर्ण अवस्थामा अदालती प्रकृया, हदम्याद, म्याद, पेशी, तारेख समेतका बिषयमा नियमित रुपमा जानकारी दिन, अदालतबाट सेवा संचालन बारे प्रेषित सूचना र कानुनी प्रकृयाको बारेमा जानकारी गराउने उद्देश्यले निशुल्क कानुनी परामर्श सेवा संचालन गरिएको समुहका संयोजक वरिष्ठ अधिबक्ता सुनिलकुमार श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार समुहमा आबद्ध कानुन व्यवसायीहरु वरिष्ठ अधिबक्ता लोकबहादुर शाह, अधिबक्ताहरु बसन्त गौतम, बलबहादुर चन्द, विकास आचार्य, विश्वजीत तिवारी, सुनिता शर्मा र केवलसिंह थारुले निःशुल्क कानुनी परामर्श सेवा प्रदान गर्नुहुनेछ । 

यो अवस्थामा कानुन सम्वन्धि कुनै पनि विषयबस्तुका बारेमा फोन, वाट्सप अनलाईनमार्फत निःशुल्क रुपमा सेवा प्रदान गरिने समुहमा कोषाध्यक्ष बलबहादुर चन्दले बताउनुभयो । समुहको बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति हार्दिक सम्बेदना व्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…