Pairabi logo

पुस २७, २०८२, आइतबार                    

अख्तियार नेपालगन्जद्धारा एक वर्षमा ९०३ उजुरी मध्ये ७८८ उजुरी फछ्र्यौट

डेक्स

डेक्स

अख्तियार नेपालगन्जद्धारा एक वर्षमा ९०३ उजुरी मध्ये ७८८ उजुरी फछ्र्यौट
ADVERTISEMENT

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले ८७।२६ प्रतिशत उजुरी फछ्र्यौट गरेको छ । आर्थिक बर्ष २०८१/८२ मा सम्पर्क कार्यालय नेपालगञ्जले कुल ९०३ उजुरी मध्ये ७८८ उजुरी फछ्र्यौट गरेको जनाएको छ ।

कार्यालय प्रमुख शम्भु प्रसाद रेग्मीका अनुसार जिम्मेवारी सरेको उजुरीको संख्या ११५ छ । उहाँले नेपालगञ्ज देशभरका अन्य सात कार्यालय मध्ये सबैभन्दा धेरै उजुरी फर्छ्यौट गर्ने कार्यालय रहेको जानकारी समेत दिनुभयो । 

बाँके, बर्दिया, दाङ र रोल्पा गरी चार जिल्ला कार्य क्षेत्र रहेको अख्तियार नेपालगञ्ज कार्यालयमा गत वर्ष दाङका ३५६, बाँकेको ३११, बर्दिया १४४ र रोल्पाको ९२ उजुरी थिए । ती मध्ये अधिकांश स्थानीय तहका छन् । तथ्यांकगत रुपमा हेर्ने हो भने स्थानीय तहमा विकास निर्माण र शिक्षा सम्बन्धि उजुरी धेरै छन्, रेग्मीले भन्नुभयो ।

बाँके जिल्लामा गत आर्थिक बर्ष २०८१र८२ मा जिम्मेवारी सरेर आएका १० सहित सबैभन्दा बढी ३४ वटा उजुरी कोहलपुर नगरपालिकाको परेको थियो ।

यस्तै नेपालगञ्जको २९, डुडुवा २८ र नरैनापुर गाउँपालिकाको २३ उजुरी परेका थिए । राप्तीसोनारी गाउँपालिकाका १८, जानकी गाउँपालिकाका ८, बैजनाथ गाउँपालिकाका ६ र खजुरा गाउँपालिकाका ७ वटा उजुरी परेका छन् । सार्वजनिक खरिद ऐनलाई बेवास्ता गर्दा पनि स्थानीय सरकारविरुद्ध अख्तियारमा उजुरी धेरै परेको रेग्मीले बताउनुभयो। उहाँले सार्वजनिक खरिद ऐनलाई पूर्णरुपमा पालना गरेर काम गर्न आग्रह गर्नुभयो । 

नेपालगञ्जमा आज आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख रेग्मीले सार्वजनिक पदमा बसेका व्यक्तिहरुलाई भ्रष्टाचारबारे अवगत गराउन र कस्ता निकायमा बढी भ्रष्टाचार भइरहेको छ भन्ने बारेमा समेत जानकारी गराउन सरोकारवालाको उपस्थितिमा अन्तरक्रिया गरिएको बताउनुभयो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको आयोजना एवम् नेपालगञ्ज उपमहानगरपालिकाको सहयोग तथा समन्वयमा सम्पन्न कार्यक्रममा नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टले सुशासन प्रबद्र्धनका लागि प्रतिबद्ध रहेको बताउँदै सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुको नियत सफा र आचरण शुद्ध हुनुपर्नेमा जोड दिनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले सुशासनलाई मूल मन्त्र मानेर कार्य सम्पादन गरे भ्रष्टाचार नियन्त्रणमा सघाउ पुग्ने बताउनुभयो । 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…