Pairabi logo

असोज १८, २०८३, आइतबार                    

अख्तियार नेपालगन्जद्धारा एक वर्षमा ९०३ उजुरी मध्ये ७८८ उजुरी फछ्र्यौट

डेक्स

डेक्स

अख्तियार नेपालगन्जद्धारा एक वर्षमा ९०३ उजुरी मध्ये ७८८ उजुरी फछ्र्यौट
ADVERTISEMENT

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले ८७।२६ प्रतिशत उजुरी फछ्र्यौट गरेको छ । आर्थिक बर्ष २०८१/८२ मा सम्पर्क कार्यालय नेपालगञ्जले कुल ९०३ उजुरी मध्ये ७८८ उजुरी फछ्र्यौट गरेको जनाएको छ ।

कार्यालय प्रमुख शम्भु प्रसाद रेग्मीका अनुसार जिम्मेवारी सरेको उजुरीको संख्या ११५ छ । उहाँले नेपालगञ्ज देशभरका अन्य सात कार्यालय मध्ये सबैभन्दा धेरै उजुरी फर्छ्यौट गर्ने कार्यालय रहेको जानकारी समेत दिनुभयो । 

बाँके, बर्दिया, दाङ र रोल्पा गरी चार जिल्ला कार्य क्षेत्र रहेको अख्तियार नेपालगञ्ज कार्यालयमा गत वर्ष दाङका ३५६, बाँकेको ३११, बर्दिया १४४ र रोल्पाको ९२ उजुरी थिए । ती मध्ये अधिकांश स्थानीय तहका छन् । तथ्यांकगत रुपमा हेर्ने हो भने स्थानीय तहमा विकास निर्माण र शिक्षा सम्बन्धि उजुरी धेरै छन्, रेग्मीले भन्नुभयो ।

बाँके जिल्लामा गत आर्थिक बर्ष २०८१र८२ मा जिम्मेवारी सरेर आएका १० सहित सबैभन्दा बढी ३४ वटा उजुरी कोहलपुर नगरपालिकाको परेको थियो ।

यस्तै नेपालगञ्जको २९, डुडुवा २८ र नरैनापुर गाउँपालिकाको २३ उजुरी परेका थिए । राप्तीसोनारी गाउँपालिकाका १८, जानकी गाउँपालिकाका ८, बैजनाथ गाउँपालिकाका ६ र खजुरा गाउँपालिकाका ७ वटा उजुरी परेका छन् । सार्वजनिक खरिद ऐनलाई बेवास्ता गर्दा पनि स्थानीय सरकारविरुद्ध अख्तियारमा उजुरी धेरै परेको रेग्मीले बताउनुभयो। उहाँले सार्वजनिक खरिद ऐनलाई पूर्णरुपमा पालना गरेर काम गर्न आग्रह गर्नुभयो । 

नेपालगञ्जमा आज आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख रेग्मीले सार्वजनिक पदमा बसेका व्यक्तिहरुलाई भ्रष्टाचारबारे अवगत गराउन र कस्ता निकायमा बढी भ्रष्टाचार भइरहेको छ भन्ने बारेमा समेत जानकारी गराउन सरोकारवालाको उपस्थितिमा अन्तरक्रिया गरिएको बताउनुभयो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको आयोजना एवम् नेपालगञ्ज उपमहानगरपालिकाको सहयोग तथा समन्वयमा सम्पन्न कार्यक्रममा नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टले सुशासन प्रबद्र्धनका लागि प्रतिबद्ध रहेको बताउँदै सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुको नियत सफा र आचरण शुद्ध हुनुपर्नेमा जोड दिनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले सुशासनलाई मूल मन्त्र मानेर कार्य सम्पादन गरे भ्रष्टाचार नियन्त्रणमा सघाउ पुग्ने बताउनुभयो । 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…