Pairabi logo

असोज १८, २०८३, आइतबार                    

वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण

डेक्स

डेक्स

वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण
ADVERTISEMENT

नेपालगन्ज ४ भदौ । नेपालगन्ज उपमहानगरपालिका अन्र्तगत वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकका बारे अभिमुखीकरण गरिएको छ ।१९औं राष्ट्रिय सूचना दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिका सूचना प्रविधी शाखाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सुचना अधिकारीलाई सूचनाको हकका बारेमा जानकारी गराएको हो । 

कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी र कार्यकारी निर्देशक राकेशकुमार मिश्रले सूचनाको हक, यसको प्रयोग, फाईदा, सूचना उपलब्ध गराउने प्रक्रिया, सूचना व्यवस्थापन, माग गर्ने प्रक्रिया, स्वतः प्रकाशन, कारवाही तथा क्षतिपुर्तिको व्यवस्था लगायतका बारेमा सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रमको समापनमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्माले सूचनाको हकलाई पुर्ण रुपमा कार्यान्वयन गर्न वडा कार्यालयमा समेत सूचनाको व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउने बताउनुभयो । उहाँले नेपालगन्ज उपमहानगरपालिकाले ऐन अनुसार प्रत्येक ३ महिनामा स्वतः प्रकाशन गर्नुपर्ने सूचना नियमित रुपमा गर्दै आएको जानकारी गराउदै वडा कार्यालयले समेत सोको कार्यन्वयन गर्न सूचना अधिकारीलाई निर्देशन दिनुभयो ।

सूचनाको हकले सुशासन तथा पारदर्शीता बढाउने  भएकाले कार्यालयका सम्पुर्ण कार्यक्रम तथा बजेट सेवाग्राहीलाई पारदर्शी रुपमा सूचना प्रवाह गर्ने उहाँले बताउनुभयो । 

सूचनाको हकका लागि राष्ट्रिय महासंघ लुम्विनी प्रदेश संयोजक हेमन्त कर्माचार्यले सूचनाको हक नागरिकका लागि महत्वपुर्ण हतियार भएकाले सुशासन र पारदर्शिताका लागि यसको प्रयोग तथा कार्यन्वयनमा जोड दिनुभयो । 

नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरी र कार्यपालिका सदस्य बसन्त कुमार कनोजियाले सूचनाको हकले सुशासन र लोकतन्त्रलाई बलियो बनाउने महत्वपुर्ण हतियार भएकाले यसको कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

अभिमुखीकरणमा नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी लोकेन्द्र बहादुर शाही, सूचना प्रविधी शाखा प्रमुख घनश्याम बर्मा, प्रशासकिय अधिकृत इन्द्रबहादुर केसी, वाताबरण शाखा प्रमुख प्रकाश डिसीसंगै २३ वटा वडा कार्यालयका सूचना अधिकारी, सूचना अभियन्ता, तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । 


 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…