Pairabi logo

पुस ०३, २०८२, बिहीबार                    

वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण

डेक्स

डेक्स

वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण
ADVERTISEMENT

नेपालगन्ज ४ भदौ । नेपालगन्ज उपमहानगरपालिका अन्र्तगत वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकका बारे अभिमुखीकरण गरिएको छ ।१९औं राष्ट्रिय सूचना दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिका सूचना प्रविधी शाखाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सुचना अधिकारीलाई सूचनाको हकका बारेमा जानकारी गराएको हो । 

कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी र कार्यकारी निर्देशक राकेशकुमार मिश्रले सूचनाको हक, यसको प्रयोग, फाईदा, सूचना उपलब्ध गराउने प्रक्रिया, सूचना व्यवस्थापन, माग गर्ने प्रक्रिया, स्वतः प्रकाशन, कारवाही तथा क्षतिपुर्तिको व्यवस्था लगायतका बारेमा सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रमको समापनमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्माले सूचनाको हकलाई पुर्ण रुपमा कार्यान्वयन गर्न वडा कार्यालयमा समेत सूचनाको व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउने बताउनुभयो । उहाँले नेपालगन्ज उपमहानगरपालिकाले ऐन अनुसार प्रत्येक ३ महिनामा स्वतः प्रकाशन गर्नुपर्ने सूचना नियमित रुपमा गर्दै आएको जानकारी गराउदै वडा कार्यालयले समेत सोको कार्यन्वयन गर्न सूचना अधिकारीलाई निर्देशन दिनुभयो ।

सूचनाको हकले सुशासन तथा पारदर्शीता बढाउने  भएकाले कार्यालयका सम्पुर्ण कार्यक्रम तथा बजेट सेवाग्राहीलाई पारदर्शी रुपमा सूचना प्रवाह गर्ने उहाँले बताउनुभयो । 

सूचनाको हकका लागि राष्ट्रिय महासंघ लुम्विनी प्रदेश संयोजक हेमन्त कर्माचार्यले सूचनाको हक नागरिकका लागि महत्वपुर्ण हतियार भएकाले सुशासन र पारदर्शिताका लागि यसको प्रयोग तथा कार्यन्वयनमा जोड दिनुभयो । 

नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरी र कार्यपालिका सदस्य बसन्त कुमार कनोजियाले सूचनाको हकले सुशासन र लोकतन्त्रलाई बलियो बनाउने महत्वपुर्ण हतियार भएकाले यसको कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

अभिमुखीकरणमा नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी लोकेन्द्र बहादुर शाही, सूचना प्रविधी शाखा प्रमुख घनश्याम बर्मा, प्रशासकिय अधिकृत इन्द्रबहादुर केसी, वाताबरण शाखा प्रमुख प्रकाश डिसीसंगै २३ वटा वडा कार्यालयका सूचना अधिकारी, सूचना अभियन्ता, तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

यो पनि

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

नेपालगन्ज १६ मसिंर । अभिभावकमा सचेतनाको अभावले ग्रामिण समुदायका महिलाहरु अझै पनि …