Pairabi logo

पुस १३, २०८२, आइतबार                    

मेलमिलाप केन्द्रबाट टुङ्ग्याइँदै  मुद्दा

डेक्स

डेक्स

मेलमिलाप केन्द्रबाट टुङ्ग्याइँदै  मुद्दा
ADVERTISEMENT

नेपालगञ्ज । बाँके जिल्ला अदालतमा मेलमिलाप भएर ८० मुद्दाको टुङ्गो लागेको छ । खासगरी देवानी प्रकृतिका लेनदेन, अंशवण्डा, मानाचामल भराउने, लिखत बदर, सम्बन्धविच्छेद, जग्गा साँधलगायतका मुद्दा अदालतमा रहेको मेलमिलाप केन्द्रबाट टुङ्गो लागेको बाँके जिल्ला अदालतका सूचना अधिकारी तीर्थराज आर्चायले जानकारी दिनुभयो ।

उहाँले मेलमिलापका लागि अदालतबाट आदेश भएर छलफल गर्न पठाइएको मुद्दा एक हजार १८३ भएको र मेलमिलाप हुन बाँकी रहेका मुद्दा ९० भएको बताउनुभयो । जिल्ला अदालतमा मेलमिलाप हुनसक्ने प्रकृतिका मुद्दा छ हजार २७ र मेलमिलाप हुन नसकेका मुद्दा एक हजार १३ रहेको अदालतले जनाएको छ ।

यी सबै मुद्दा आर्थिक वर्ष २०८१ /८२ का हुन् । “अदालतमा मुद्दा दर्ता भएपछि बेञ्चले एकपटक मेलमिलापका लागि छलफल गराउने कानुनी प्रावधान रहेको छ, तर त्यहाँबाट मेलमिलाप भएन भने फैसला हुन्छ”, सूचना अधिकारी आर्चायले भन्नुभयो ।

अधिवक्ता वसन्त गौतमले मेलमिलापको अवधारणा पीडितमैत्री बनाउने रहेको उल्लेख गर्दै कतिपय मुद्दामा गोपनियताको विषयलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय अवस्थामा मेलमिलापका विषय पीडितमैत्री भएको देखिँदैन, त्यसका लागि मेलमिलापकर्ताले समयको व्यवस्थापन गर्न जरुरी छ ।”

अदालतमा स्थापना भएको मेलमिलाप केन्द्रका लागि तालिमप्राप्त दक्ष मेलमिलाप सहजकर्ता हुने गरेका छन् । बाँकेको जिल्ला अदालतमा सूचीकृत भएका १७ जना मेलमिलापकर्ता रहनुभएको छ । जिल्ला अदालतमा आव २०८१÷८२ मा  जिम्मेवारी सरिआएका तीन हजार ४३१ र नयाँ दर्ता भएका चार हजार ३७३ गरी सात हजार ८०४ मुद्दामध्ये चार हजार ६८५ मुद्दा फछ्र्योट भएको छ ।

फछ्र्योट हुनेमा जिम्मेवारी सरिआएका दुई हजार ६२७ र नयाँ दुई हजार ३१ रहेको जिल्ला अदालतले जनाएको छ । अदालतमा दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या ५३ रहेको छ । 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…