Pairabi logo

पुस १३, २०८२, आइतबार                    

बाँके खडैचामा मदक पदार्थ सेवन गरि शसस्त्र प्रहरीद्धारा दुई स्थानीयलाई कुटपिट

डेक्स

डेक्स

बाँके खडैचामा मदक पदार्थ सेवन गरि शसस्त्र प्रहरीद्धारा दुई स्थानीयलाई कुटपिट
ADVERTISEMENT

नेपालगन्ज २७ साउन । शसस्त्र प्रहरीको कुटपिटबाट बाँके डुडुवा–१ खडैचाका दुई जना युवा घाइते भएका छन । गएराती १२ बजेतिर मादक पदार्थ सेवन गरी खडैचा शसस्त्र प्रहरी चौकीका सुमन चौधरीसहित दुई जनाले खडैचा नजिकै सडकमा घुम्ती पसल थापेका युवालाई फोन गरी बोलाएर अनावश्यक कुटपिट गरि घाइते बनाएको छ । 

खडैचा गाउँका २५ वर्षिय सन्जु तेलीले गाउँ नजिकै सडकमा घुम्ती पसल राख्नुभएको छ । राती पसल बन्द गरेर घरमा सुतिरहेको बेला ती दुई प्रहरीले तिम्रो पसलमा चोरी भएको भन्दै फोन गरेर बोलाउदा सन्जुले आफ्नो दाई दुबर तेलीसंग पसलमा आउदा हामी दुबैजनालाई प्रहरीले एक्कासी कुटपिट गरेको पिडित तेलीले बताउनुभयो । 

मादक पदार्थ सेवन गरी धमाधम कुटपिटबाट सन्जुको बाँया हात समेत भाँचिएको छ भने शरिरका अङ्गहरुमा नीलडाम बसेको स्थानीयले बताएका छन । प्रहरीले दुबै दाजुभाईलाई कुटपिट गरि उल्टै शसस्त्र प्रहरी कार्यालय खडैचा पोष्टमा लगेर राखेपछि आक्रोसित एक सय बढी स्थानीयको समुहले आज विहान प्रहरी चौकी घेराउ गरेपछि प्रहरीको गल्ती बाहिर आएको हो । 

कुटपिटबाट घाइते दुबै जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भएको परिवारले बताएको छ । विना कारण प्रहरीले स्थानीयलाई कुटेपछि स्थानीय आक्रोसित बनेका हुन ।  पछिल्लो समय यसरी मादक पदार्थ सेवन गरी प्रहरीले बेला बेलामा स्थानीयलाई कुटपिट गर्ने, डर धम्की देखाउने, त्रसित बनाउने कार्य गर्दै आएको स्थानीयले गुनासो गरेका छन । 

यस घटनाबारे शसस्त्र प्रहरी बाँकेका प्रहरी उपरिक्षक शोभकान्त खनालसंग बुझ्दा उहाँले घटनालाई लुकाएर समान्य रुपमा लिदै प्रहरीले गल्ती गरेको स्वीकार्दै छानविन गरि विभागिय कारवाही गर्ने बताउनुभयो । उहाँले घुम्ती पसलवालाले चोरीको डरले करेन्ट फिजाएकाले प्रहरी समेत घाइते भएको दाबी गर्नुभयो । 

सिमा क्षेत्र तथा समुदायको शान्ति सुरक्षाको प्रत्याभुति गर्नलाई बसेका प्रहरीले उल्टै स्थानीयलाई त्रसित बनाउने किसिमका क्रियाकलाप गरी अनाहक रुपमा स्थानीयलाई कुटपिट गर्ने सुरक्षाकर्मीलाई तत्काल कारवाही गर्नुपर्ने माग डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गर्नुभयो ।

उहाँले घटनाबारे थाहा पाउनेवित्तिकै सरोकारवाला निकायलाई जानकारी गराई घटनाका बारेमा छानविन गरि दोषीलाई कारवाही र घाइतेलाई उपचारको व्यवस्था गर्न जोड दिनुभएको छ । 
 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…