Pairabi logo

असोज १८, २०८३, आइतबार                    

बाँके खडैचामा मदक पदार्थ सेवन गरि शसस्त्र प्रहरीद्धारा दुई स्थानीयलाई कुटपिट

डेक्स

डेक्स

बाँके खडैचामा मदक पदार्थ सेवन गरि शसस्त्र प्रहरीद्धारा दुई स्थानीयलाई कुटपिट
ADVERTISEMENT

नेपालगन्ज २७ साउन । शसस्त्र प्रहरीको कुटपिटबाट बाँके डुडुवा–१ खडैचाका दुई जना युवा घाइते भएका छन । गएराती १२ बजेतिर मादक पदार्थ सेवन गरी खडैचा शसस्त्र प्रहरी चौकीका सुमन चौधरीसहित दुई जनाले खडैचा नजिकै सडकमा घुम्ती पसल थापेका युवालाई फोन गरी बोलाएर अनावश्यक कुटपिट गरि घाइते बनाएको छ । 

खडैचा गाउँका २५ वर्षिय सन्जु तेलीले गाउँ नजिकै सडकमा घुम्ती पसल राख्नुभएको छ । राती पसल बन्द गरेर घरमा सुतिरहेको बेला ती दुई प्रहरीले तिम्रो पसलमा चोरी भएको भन्दै फोन गरेर बोलाउदा सन्जुले आफ्नो दाई दुबर तेलीसंग पसलमा आउदा हामी दुबैजनालाई प्रहरीले एक्कासी कुटपिट गरेको पिडित तेलीले बताउनुभयो । 

मादक पदार्थ सेवन गरी धमाधम कुटपिटबाट सन्जुको बाँया हात समेत भाँचिएको छ भने शरिरका अङ्गहरुमा नीलडाम बसेको स्थानीयले बताएका छन । प्रहरीले दुबै दाजुभाईलाई कुटपिट गरि उल्टै शसस्त्र प्रहरी कार्यालय खडैचा पोष्टमा लगेर राखेपछि आक्रोसित एक सय बढी स्थानीयको समुहले आज विहान प्रहरी चौकी घेराउ गरेपछि प्रहरीको गल्ती बाहिर आएको हो । 

कुटपिटबाट घाइते दुबै जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भएको परिवारले बताएको छ । विना कारण प्रहरीले स्थानीयलाई कुटेपछि स्थानीय आक्रोसित बनेका हुन ।  पछिल्लो समय यसरी मादक पदार्थ सेवन गरी प्रहरीले बेला बेलामा स्थानीयलाई कुटपिट गर्ने, डर धम्की देखाउने, त्रसित बनाउने कार्य गर्दै आएको स्थानीयले गुनासो गरेका छन । 

यस घटनाबारे शसस्त्र प्रहरी बाँकेका प्रहरी उपरिक्षक शोभकान्त खनालसंग बुझ्दा उहाँले घटनालाई लुकाएर समान्य रुपमा लिदै प्रहरीले गल्ती गरेको स्वीकार्दै छानविन गरि विभागिय कारवाही गर्ने बताउनुभयो । उहाँले घुम्ती पसलवालाले चोरीको डरले करेन्ट फिजाएकाले प्रहरी समेत घाइते भएको दाबी गर्नुभयो । 

सिमा क्षेत्र तथा समुदायको शान्ति सुरक्षाको प्रत्याभुति गर्नलाई बसेका प्रहरीले उल्टै स्थानीयलाई त्रसित बनाउने किसिमका क्रियाकलाप गरी अनाहक रुपमा स्थानीयलाई कुटपिट गर्ने सुरक्षाकर्मीलाई तत्काल कारवाही गर्नुपर्ने माग डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गर्नुभयो ।

उहाँले घटनाबारे थाहा पाउनेवित्तिकै सरोकारवाला निकायलाई जानकारी गराई घटनाका बारेमा छानविन गरि दोषीलाई कारवाही र घाइतेलाई उपचारको व्यवस्था गर्न जोड दिनुभएको छ । 
 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…