Pairabi logo

पुस १३, २०८२, आइतबार                    

नव प्रबेशी कानुन ब्यवसायीका लागि तालिम, ४४ जनाले पाए अधिवक्ता प्रमाणपत्र

डेक्स

डेक्स

नव प्रबेशी कानुन ब्यवसायीका लागि तालिम, ४४ जनाले पाए अधिवक्ता प्रमाणपत्र
ADVERTISEMENT

नेपाल कानुन ब्यवसायी परिषदद्वारा लिइएको ३२ औ अधिवक्ता तहको परिक्षामा उतिर्ण नव प्रबेशी कानुन ब्यवसायीहरुको लागि आयोजित ३ दिवसिय पुर्ब ब्यवसायिक अभिमुखिकरण तालिम बाँकेको कोहलपुरमा सम्पन्न भएको छ । 

यस अघि केन्द्रिय स्तरमा काठमाण्ठौमा दिईने अभिमुखिकरण र अधिवक्ताको प्रमाणपत्र यस पटकबाट प्रदेश स्तरबाट दिन थालिएको लुम्बिनी प्रदेशबाट निर्वाचित नेपाल कानून ब्यवशायी परिषदका पार्षद इश्वरी प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।बाँकेको कोहलपुरमा आयोजित लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेश स्तरीय कार्यक्रममा ४४ जना नव प्रबेशी कानुन ब्यवसायीहरुलाई अधिवक्ताको प्रमाणपत्र वितरण गरिएको थियो । 

नेपाल कानून ब्यवशायी परिषदका पार्षद इश्वरी प्रसाद ज्ञवालीको अध्यक्षतामा भएको नव प्रवेशी कानून ब्यवशायीहरुलागी आयोजित तिन दिने अभिमुखिकरण तथा प्रमाण पत्र बितरण कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका न्यायाधीश सुभाष पौडेल, बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भिष्मराज प्रसाई, कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता पौडेल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी उमाकान्त पौडेल, नेपालगंज उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता अशोकराज रेग्मी, वरिष्ठ अधिवक्ता गिरवर प्रसाद अग्रवाल, भोला सिंह हमाल लगायतले नव प्रवेशी कानून ब्यवशायीहरुलाई ब्यवशायिक सफलताको शुभकामना दिनुभयो । 

कर्णाली प्रदेशका कानून ब्यवशायी परिषदका पार्षद मातृका प्रसाद खनालले संचालन गरेको कार्यक्रममा नेपाल बार एशोर्सिसनका कर्णाली प्रदेश उपाध्यक्ष बिवस बस्नेत, सुदुर पश्चित उपाध्यक्ष शिद्धराज ओझा, पुर्व उपाध्यक्ष प्रह्लाद बहादुर कार्की, लुम्बिनी प्रदेश सरकारका पुर्व न्यायाधिवक्ता तिर्थराज ज्ञवाली, नेपालगंज उच्च बारका अध्यक्ष चित्र बहादुर केसी लगायतले नव प्रवेशी कानून ब्यवशायीलाई ब्यवशायिक लगाव र लगनसिलतामा जोड दिनुभयो ।

शुभकाना दिने क्रममा वक्ताले कानून ब्यवशायमा  अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै अध्ययनसिलता, ब्यवशायिकता, निरन्तरता जरुरी रहेको बताएका थिए । कार्यक्रममा नव प्रवेशी कानून ब्यवशयाीहरु बिष्णु प्रसाद पोखरेल, हेमा सुनार लगायतले तालिमबाट धेरै कुराको ज्ञान भएको बताउनुभयो । तालिममा बिभिन्न बिभिन्न बिषयमा ९ बिधामा अभिमुखिकरण गरिएको थियो । 

कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका न्यायाधीश सुभाष पौडेलले कानून ब्यवशाय सुन्दर पेशा छ तर यसमा मेहनत गर्नु पर्ने बताउदै कानून ब्यवशायको मर्यादा र अनुशासन आफैले पालन गर्नु पर्नेमा जोड दिनुभयो  बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईले कानुन ब्यवशायमा त्याग र समर्पण जरुरी रहेको बताउनुभयो ।

कानून ब्यवशायीले मुद्धाको मस्यौदा गर्दा निकै बिचार पुराउनु पर्ने बताउदै न्यायाधीश प्रसाईले कानून ब्यवशायी अध्ययनसिल हुनु पर्नेमा जोड दिनुभयो । 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…