Pairabi logo

असोज १८, २०८३, आइतबार                    

डुडुवामा १८औं गणतन्त्र दिवस मनाइयो

डेक्स

डेक्स

डुडुवामा १८औं गणतन्त्र दिवस मनाइयो
ADVERTISEMENT

डुडुवा (बाँके), १५ जेठ । डुडुवा गाउँपालिकाले १८औँ गणतन्त्र दिवस मनाएको छ । डुडुवा कार्यालयमा आज आयोजित विशेष अन्र्तक्रिया कार्यक्रमका बक्ताहरुले गणतन्त्र सबै भन्दा राम्रो व्यवस्था भएपनि त्यसको जनताले अझै अनुभुति गर्न नसकेको बताएका छन । 

सहभागीहरुले सम्पुर्ण नेपाली जनताहरुलाई अनुभुति हुने गरी सम्पुर्ण सेवा, पहुँच तथा सहभागिताको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । कार्यक्रममा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गरी देशलाई आर्थिक विकासमा अगाडि बढाउनुपर्ने बताउँदै उहाँले जनभावनाको कदर गरी संविधानद्वारा निर्दिष्ट दायित्व पूरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष चौधरीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध मुलुक निर्माण गर्न सकिने भन्दै ग्रामिण क्षेत्रका नागरिकहरुलाई गणतन्त्रबारे ज्ञान समेत नभएको अवस्था रहेको बताउनुभयो । 

कार्यक्रममा डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा शाह, वडा अध्यक्षहरु पटेश्वर कुर्मी, दर्गा प्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेय, पत्रकार राकेशकुमार मिश्र लगायतले संङ्गीय तोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था बारे चर्चा गर्दै राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पालिकाका जनप्रतिनिधी र कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मुलुकमा गौरवमय परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा सहादत प्राप्त ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजहरूको योगदानको स्मरण गरिएको थियो । 


     

    
 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…