Pairabi logo

असोज १८, २०८३, आइतबार                    

जानकीको न्यायिक समितिद्धारा प्रभावकारी काम

डेक्स

डेक्स

जानकीको न्यायिक समितिद्धारा प्रभावकारी काम
ADVERTISEMENT

रबिन्द्र घिमिरे

जानकी गाउँपालिकाको न्यायिक समितिले प्रभावकारी काम गर्दै आएको छ । गत आर्थिक बर्ष २०८०–०८१ मा १८ वटा मुद्दा दर्ता भएकोमा १४ वटा फछ्र्यौट गरेको समितिले जनाएको छ ।

बाँकी रहेका ४ वटा मुद्दा पनि फछ्र्यौटको तयारीमा छन् । त्यस्तै यस आर्थिक वर्ष २०८१–०८२ मा जम्मा २० वटा मुद्दा मध्ये १२ वटा मुद्दा फछ्र्यौट भएका छन् । बाँकी ८ वटा मुद्दा पनि फछ्र्यौटकै तयारीमा रहेको न्यायिक शाखाले जनाएको छ ।

न्यायिक शाखाका प्रमुख जित बहादुर श्रेष्ठका अनुसार ऐलानी पर्ति जग्गामा निर्माणाधिन टहरा हटाई पाउँ, जग्गा सम्बन्धि किचलो, श्रीमान श्रीमतीको झगडा, रुखहरुले एक अर्काका जग्गामा असर पारेका विषय बढी आउने गरेका छन् । न्यायिक समितिले दुबै पक्षलाई राखेर आपसी सहमतिमा विबाद मिलाई पठाउने गरेको छ । समितिले गरेको कामबाट आफूहरु पनि सन्तुष्ट रहेको स्थानीयबासी गुन्जार अली बागवान र अब्दुल रफिक बागवान बताउँछन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को १ मा भएको व्यवस्था अनुसार न्यायिक समितिबाट फैसला हुने र बाँकी मेलमिलापबाट फछ्र्यौट गरिने न्यायिक समितिका संयोजक एवम् उपाध्यक्ष रामप्यारी यादवको भनाई छ  ।

गाउँपालिकाको न्यायिक समितिले मेलमिलापकर्ताहरुलाई विभिन्न जिल्लाको भ्रमण गराई उनीहरुको लागि पुनर्ताजकीय तालिम दिई गाउँपालिकामा आएका समस्या तथा विभिन्न किसिमका मुद्दाहरुको कसरी समाधान गर्ने भन्ने विषयमा समय(समयमा प्रशिक्षण समेत गराउँदै आएको जनाएको छ ।

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…