Pairabi logo

पुस १३, २०८२, आइतबार                    

जानकीको न्यायिक समितिद्धारा प्रभावकारी काम

डेक्स

डेक्स

जानकीको न्यायिक समितिद्धारा प्रभावकारी काम
ADVERTISEMENT

रबिन्द्र घिमिरे

जानकी गाउँपालिकाको न्यायिक समितिले प्रभावकारी काम गर्दै आएको छ । गत आर्थिक बर्ष २०८०–०८१ मा १८ वटा मुद्दा दर्ता भएकोमा १४ वटा फछ्र्यौट गरेको समितिले जनाएको छ ।

बाँकी रहेका ४ वटा मुद्दा पनि फछ्र्यौटको तयारीमा छन् । त्यस्तै यस आर्थिक वर्ष २०८१–०८२ मा जम्मा २० वटा मुद्दा मध्ये १२ वटा मुद्दा फछ्र्यौट भएका छन् । बाँकी ८ वटा मुद्दा पनि फछ्र्यौटकै तयारीमा रहेको न्यायिक शाखाले जनाएको छ ।

न्यायिक शाखाका प्रमुख जित बहादुर श्रेष्ठका अनुसार ऐलानी पर्ति जग्गामा निर्माणाधिन टहरा हटाई पाउँ, जग्गा सम्बन्धि किचलो, श्रीमान श्रीमतीको झगडा, रुखहरुले एक अर्काका जग्गामा असर पारेका विषय बढी आउने गरेका छन् । न्यायिक समितिले दुबै पक्षलाई राखेर आपसी सहमतिमा विबाद मिलाई पठाउने गरेको छ । समितिले गरेको कामबाट आफूहरु पनि सन्तुष्ट रहेको स्थानीयबासी गुन्जार अली बागवान र अब्दुल रफिक बागवान बताउँछन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को १ मा भएको व्यवस्था अनुसार न्यायिक समितिबाट फैसला हुने र बाँकी मेलमिलापबाट फछ्र्यौट गरिने न्यायिक समितिका संयोजक एवम् उपाध्यक्ष रामप्यारी यादवको भनाई छ  ।

गाउँपालिकाको न्यायिक समितिले मेलमिलापकर्ताहरुलाई विभिन्न जिल्लाको भ्रमण गराई उनीहरुको लागि पुनर्ताजकीय तालिम दिई गाउँपालिकामा आएका समस्या तथा विभिन्न किसिमका मुद्दाहरुको कसरी समाधान गर्ने भन्ने विषयमा समय(समयमा प्रशिक्षण समेत गराउँदै आएको जनाएको छ ।

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…