Pairabi logo

जेठ २५, २०८२, शनिबार                    

७० बर्षीय लालजी कुर्मीलाई रगत नपाउदाको अनुभव

डेक्स

डेक्स

७० बर्षीय लालजी कुर्मीलाई रगत नपाउदाको अनुभव
ADVERTISEMENT

पवन जायसवाल 
बाँकेको नेपालगन्जमा रक्त संचार सेवा केन्द्र नभएको समयको कुरा हो । करीब ५१ वर्ष अगाडीको कुरो रहेछ । बाँके जिल्लाको नेपालगञ्ज बजारको उत्तर दिशा तर्फ पर्ने सुर्जीगाउँका निवासी नन्का कुर्मीको छोरा लालजी कुर्मीले बि.सं. २०३१ सालतिरको कुरा आफनो आमालाई रगत दिएको समयमा रगत दिंदाका सम्झना । 

७० बर्षीय लालजी कुर्मीको अनुभव यस प्रकारको रहेको छ । मेरो आमा नन्का कुर्मीको पेटमा गोला रहेको थियो । त्यो गोला अंग्रेजीको ए आकारका रहेको थियो । गाउँघरमा कसैले के भन्थे कसैले के भन्थे । त्यो गोलाको चुच्चो छातीमा दुखाई गर्न थालेपछि, आमाले भन्ना लाग्नु भयो मेरो पेटमा के भएछ । दुखी रहेको छ ।

त्सस समय गाउँघरमा कसैको पेट दुख्यो भने पेटमा मालिस गर्ने गर्दथे । त्यो प्रक्रिया पनि गरियो तर केही गर्दा पनि निको भएन । पछि अब के गरौं । हामी आमालाई तत्कालिन भेरी अञ्चल अस्पताल नेपालगञ्जमा लगेर डाक्टरलाई जाँच गराउँदा डाक्टर साहबले भन्नु यो तपाईको आमाको पुटमा गोला रहेको छ । यसको अप्रेशन गर्नु पर्छ अरु कुनै बिकल्प छैन ।  

त्यो समयमा नेपालगञ्जमा रगत परीक्षण गर्ने ब्यवस्था थिएन अब के गर्ने डाक्टर साहबले भन्नु भयो यहाँ रगत परीक्षण गर्ने ब्यवस्था छैन् । तपाई रगत परीक्षण गर्नका लागी सीमावर्ती क्षेत्र भारतको बहराईचमा रहेको सरकारी अस्पतालमा जानुस त्यहाँ मात्र रगतको परीक्षण गरिन्छ । यहाँ यसको ब्यवस्था रहेको छैन् ।

त्यहाँ रगतको परीक्षण हुन्छ भनेर डाक्टर साहबले सल्लाह दिनुभयो । डाक्टर साहबको सल्लाह अनुसार म आमाको रगत एउटा शिशीमा लिएर बहराईचको सरकारी अस्पतालमा बि.सं २०३१ साल चैत्र महनिाको २६ गते गएँ त्यहाँ रगत परीक्षण गराएँदा प्राविधिकले भने तपाईंको आमाको रगत परीक्षण गर्दा बी पोजेटिभ रहेको छ ।

अब के गर्ने रगतको दिन्छ, के हुन्छ म सोंच्न लागे, एकदम निराश भएँ त्याहँ डाक्टर साहब भन्नु भयो यसमा चिन्ता नलिनुस । मेरो एउटा सल्लाह मान्नुस् । म तपाईंको लागी एउटा रगत दिने मान्छेको ब्यवस्था गर्न सक्छु । म धेरै खुशी भएँ हुन्छ डाक्टर साहब ले भन्नु भयो, तपाईको.आफनो साथमा रक्तदातालाई लिएर जानुस उहाँले रगत दिनुहुन्छ ।

बि.सं २०३१ साल चैत्र महिनाको २७ गते रगत दिने मान्छेलाई म आफनो संगै बहराईचबाट लिएर आए भेरी अञ्चल अस्पतालमा उहाँले रगत दिनु दियो । त्यसपछि म रगत दिने मान्छे रक्तदातालाई खाना खुवाएँ र बहराईच सम्म आतेजातेको भाडा खर्चर पनि दिएँ र फलफूलको लागी त्यो समयमा नेपाली एक सय रुपैयाँ दिएर पठाएँ । 

बि.सं २०३१ साल चैत्र महनिाको २८ गते मेरो आमा नन्का कुर्मीको  भेरी अञ्चल अस्पताल नेपालगञ्जमा करीब ४ बजे साँझा तिर अपे्रसन भयो । अप्रेसन पछि रगत चढाइयो, के कति कारणले गर्दा रगत खस्न बन्द भएन भेरी अञ्चल अस्पताल नेपालगञ्जका डाक्टर साहकले भन्नु भयो अरु रगतको चाहिन्छ ।

डाक्टर साहबले भन्नु भयो बिरामीको छोरा छ भने उनलाई लिएर आउनुस । म सुर्जीगाउँ आफनो घर थिएँ मलाई लिनका लागी करीब ११ बजे तिर अस्पतालबाट मान्छे आएँ म अस्पताल पुगे राती करीब १२ बजे तिर आमालाई बचाउनका लागी भेरी अञ्चल अस्पतालमा पुगे । मैले पनि दिएको रगत चढ्यो तर भगवान बि.सं २०३१ साल चैत्र महिनाको २८ गते राती करीब १ बजे तिर मेरो आमा नन्का कुर्मीको मृत्यु भेरी अञ्चल अस्पतालमा भयो । 

जब म रगत दिएर आफ्नो घर सुर्जीगाउँमा आएँ । मलाई गाउँका मान्छेहरु हेर्नका लागी कि लालजी कुर्मीको घरमा आउन्थे । एक बोतल रगत दिएका छन् अब उनी कसरी कामकाज गर्छन । तर आमाको मृत्यु पछि आमाको पीडा त धेरै थियो तर रगत दिंंदा कुनै किसिमको फरक नपरेको बताएका छन् । पहिला समयमा आजको समय जस्तो रगतको आवश्यकता कम पर्दथ्यो । अहिले लालजी कुर्मी ७० वर्षका रहेका छन् ।

उहाँको भनाई रहेको छ स्वस्थ्य ब्यक्तिले आफ्नो १८ वर्षको उमेर देखि नै रक्तदान गर्न शुरुआत गरौं, रक्तदान जीवनदान हो । बि.सं.२०३३ साल श्रावण १२ गते नेपालगञ्जमा रगत संकलन गर्ने (ब्लड बैंक) को स्थापना भएको बताइएको छ । रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) नभएको समयमा भारतमा रगत परीक्षण लगायतको काम त्यहींबाट हुने गरेको थियो ।

रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) स्थापना भएपछि बिरामीहरुलाई सहज भएको छ । अहिले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लम्बिनी प्रदेश लगायत भारतका बिभिन्न स्थानबाट आएर बिरामीहरु रगतको लागी नेपालगञ्जमा आउने गर्दछन् ।
 

ताजा

सबै

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

नेपालगन्ज, जेठ २३ । बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेक…

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

नेपालगन्ज २३ जेठ । महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुईदिने क्षमत…

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

नेपालगन्ज । प्लाष्टिक जन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्न…

लोकप्रिय

सबै

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

नेपालगन्ज, जेठ २३ । बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेक…

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

नेपालगन्ज २३ जेठ । महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुईदिने क्षमत…

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

नेपालगन्ज । प्लाष्टिक जन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्न…

यो पनि

हर्ष कृति बौद्ध बिहारको संरक्षण र समुचित ब्यवस्थापन गर्न समितिको सिफारिस

हर्ष कृति बौद्ध बिहारको संरक्षण र समुचित ब्यवस्थापन गर्न समितिको सिफारिस

बसन्त गौतम । नेपालगन्ज बागेश्वरी मन्दिर नजिकै रहेको हर्ष कृति बौद्ध बिहारको संरक्षण र …

७० बर्षीय लालजी कुर्मीलाई रगत नपाउदाको अनुभव

७० बर्षीय लालजी कुर्मीलाई रगत नपाउदाको अनुभव

पवन जायसवाल बाँकेको नेपालगन्जमा रक्त संचार सेवा केन्द्र नभएको समयको कुरा हो । करीब …

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार जन्मले होइन, अनुभूति र अपनत्वले कर्णालीसँग मे…

प्रमुख जिल्ला अधिकारीलाई पत्र - २

प्रमुख जिल्ला अधिकारीलाई पत्र - २

श्री प्रमुख जिल्ला अधिकारी ज्यु । जिल्ला प्रशासन कार्यालय बाँके । ४० दिन हारहारी हुन ल…