Pairabi logo

असोज २६, २०८३, सोमबार                    

७० बर्षीय लालजी कुर्मीलाई रगत नपाउदाको अनुभव

डेक्स

डेक्स

७० बर्षीय लालजी कुर्मीलाई रगत नपाउदाको अनुभव
ADVERTISEMENT

पवन जायसवाल 
बाँकेको नेपालगन्जमा रक्त संचार सेवा केन्द्र नभएको समयको कुरा हो । करीब ५१ वर्ष अगाडीको कुरो रहेछ । बाँके जिल्लाको नेपालगञ्ज बजारको उत्तर दिशा तर्फ पर्ने सुर्जीगाउँका निवासी नन्का कुर्मीको छोरा लालजी कुर्मीले बि.सं. २०३१ सालतिरको कुरा आफनो आमालाई रगत दिएको समयमा रगत दिंदाका सम्झना । 

७० बर्षीय लालजी कुर्मीको अनुभव यस प्रकारको रहेको छ । मेरो आमा नन्का कुर्मीको पेटमा गोला रहेको थियो । त्यो गोला अंग्रेजीको ए आकारका रहेको थियो । गाउँघरमा कसैले के भन्थे कसैले के भन्थे । त्यो गोलाको चुच्चो छातीमा दुखाई गर्न थालेपछि, आमाले भन्ना लाग्नु भयो मेरो पेटमा के भएछ । दुखी रहेको छ ।

त्सस समय गाउँघरमा कसैको पेट दुख्यो भने पेटमा मालिस गर्ने गर्दथे । त्यो प्रक्रिया पनि गरियो तर केही गर्दा पनि निको भएन । पछि अब के गरौं । हामी आमालाई तत्कालिन भेरी अञ्चल अस्पताल नेपालगञ्जमा लगेर डाक्टरलाई जाँच गराउँदा डाक्टर साहबले भन्नु यो तपाईको आमाको पुटमा गोला रहेको छ । यसको अप्रेशन गर्नु पर्छ अरु कुनै बिकल्प छैन ।  

त्यो समयमा नेपालगञ्जमा रगत परीक्षण गर्ने ब्यवस्था थिएन अब के गर्ने डाक्टर साहबले भन्नु भयो यहाँ रगत परीक्षण गर्ने ब्यवस्था छैन् । तपाई रगत परीक्षण गर्नका लागी सीमावर्ती क्षेत्र भारतको बहराईचमा रहेको सरकारी अस्पतालमा जानुस त्यहाँ मात्र रगतको परीक्षण गरिन्छ । यहाँ यसको ब्यवस्था रहेको छैन् ।

त्यहाँ रगतको परीक्षण हुन्छ भनेर डाक्टर साहबले सल्लाह दिनुभयो । डाक्टर साहबको सल्लाह अनुसार म आमाको रगत एउटा शिशीमा लिएर बहराईचको सरकारी अस्पतालमा बि.सं २०३१ साल चैत्र महनिाको २६ गते गएँ त्यहाँ रगत परीक्षण गराएँदा प्राविधिकले भने तपाईंको आमाको रगत परीक्षण गर्दा बी पोजेटिभ रहेको छ ।

अब के गर्ने रगतको दिन्छ, के हुन्छ म सोंच्न लागे, एकदम निराश भएँ त्याहँ डाक्टर साहब भन्नु भयो यसमा चिन्ता नलिनुस । मेरो एउटा सल्लाह मान्नुस् । म तपाईंको लागी एउटा रगत दिने मान्छेको ब्यवस्था गर्न सक्छु । म धेरै खुशी भएँ हुन्छ डाक्टर साहब ले भन्नु भयो, तपाईको.आफनो साथमा रक्तदातालाई लिएर जानुस उहाँले रगत दिनुहुन्छ ।

बि.सं २०३१ साल चैत्र महिनाको २७ गते रगत दिने मान्छेलाई म आफनो संगै बहराईचबाट लिएर आए भेरी अञ्चल अस्पतालमा उहाँले रगत दिनु दियो । त्यसपछि म रगत दिने मान्छे रक्तदातालाई खाना खुवाएँ र बहराईच सम्म आतेजातेको भाडा खर्चर पनि दिएँ र फलफूलको लागी त्यो समयमा नेपाली एक सय रुपैयाँ दिएर पठाएँ । 

बि.सं २०३१ साल चैत्र महनिाको २८ गते मेरो आमा नन्का कुर्मीको  भेरी अञ्चल अस्पताल नेपालगञ्जमा करीब ४ बजे साँझा तिर अपे्रसन भयो । अप्रेसन पछि रगत चढाइयो, के कति कारणले गर्दा रगत खस्न बन्द भएन भेरी अञ्चल अस्पताल नेपालगञ्जका डाक्टर साहकले भन्नु भयो अरु रगतको चाहिन्छ ।

डाक्टर साहबले भन्नु भयो बिरामीको छोरा छ भने उनलाई लिएर आउनुस । म सुर्जीगाउँ आफनो घर थिएँ मलाई लिनका लागी करीब ११ बजे तिर अस्पतालबाट मान्छे आएँ म अस्पताल पुगे राती करीब १२ बजे तिर आमालाई बचाउनका लागी भेरी अञ्चल अस्पतालमा पुगे । मैले पनि दिएको रगत चढ्यो तर भगवान बि.सं २०३१ साल चैत्र महिनाको २८ गते राती करीब १ बजे तिर मेरो आमा नन्का कुर्मीको मृत्यु भेरी अञ्चल अस्पतालमा भयो । 

जब म रगत दिएर आफ्नो घर सुर्जीगाउँमा आएँ । मलाई गाउँका मान्छेहरु हेर्नका लागी कि लालजी कुर्मीको घरमा आउन्थे । एक बोतल रगत दिएका छन् अब उनी कसरी कामकाज गर्छन । तर आमाको मृत्यु पछि आमाको पीडा त धेरै थियो तर रगत दिंंदा कुनै किसिमको फरक नपरेको बताएका छन् । पहिला समयमा आजको समय जस्तो रगतको आवश्यकता कम पर्दथ्यो । अहिले लालजी कुर्मी ७० वर्षका रहेका छन् ।

उहाँको भनाई रहेको छ स्वस्थ्य ब्यक्तिले आफ्नो १८ वर्षको उमेर देखि नै रक्तदान गर्न शुरुआत गरौं, रक्तदान जीवनदान हो । बि.सं.२०३३ साल श्रावण १२ गते नेपालगञ्जमा रगत संकलन गर्ने (ब्लड बैंक) को स्थापना भएको बताइएको छ । रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) नभएको समयमा भारतमा रगत परीक्षण लगायतको काम त्यहींबाट हुने गरेको थियो ।

रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) स्थापना भएपछि बिरामीहरुलाई सहज भएको छ । अहिले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लम्बिनी प्रदेश लगायत भारतका बिभिन्न स्थानबाट आएर बिरामीहरु रगतको लागी नेपालगञ्जमा आउने गर्दछन् ।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…