Pairabi logo

असोज १८, २०८३, आइतबार                    

बैजनाथमा लागु औषधबारे सचेतनामुलक अभिमुखीकरण

डेक्स

डेक्स

बैजनाथमा लागु औषधबारे सचेतनामुलक अभिमुखीकरण
ADVERTISEMENT

बाँकेको बैजनाथ गाउँपालिकामा लागु औषध एवं बालबालिकामा हुने हानी नियन्त्रणका लागि अभिभावक तथा बालबालिकालाई अभिमुखीकरण गरिएको छ । पछिल्लो समय लागु औषधको दुव्र्यसनका घटना बढीरहेको बेला समुदायका नागरिकलाई सचेत बनाउन अभियानको रुपमा कार्यक्रम संचालन गरिएको हो । 

बैजनाथ गाउँपालिकाको सहयोगमा सार्थक मल्टिमिडिया प्रा.लि.नेपालगन्जले अहिलेसम्म वडा नं. २, ३, ४, ५, ६, ७ र ८ मा बालबालिका तथा अभिभावकका लागि लागु औषधविरुद्धको सचेतनामुलक अभिमुखीकरण सम्पन्न गरिसकेको कार्यक्रम संयोजक जयसिंह केसीले जानकारी दिनुभयो । 

कार्यक्रममा बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाही, पत्रकार राकेशकुमार मिश्र, प्रहरी हवल्दार लक्ष्मी शाही, जनस्वास्थ्य निरिक्षक श्यामबीर शाही लगायतले लागु औषधको मानव स्वास्थ्यमा समस्या, कारण, लक्षण, पारेको प्रभाव, उपचार, प्रहरी अनुसन्धान, सहयोग, लागु औषधबारे कानूनी दण्ड सजायको व्यवस्था, समुदाय सचेतना, अभिभावकको भुमिका लगायतका बारेमा सहजीकरण गर्नुभएको छ । 

सोमबार बैजनाथ गाउँपालिका वडा नं. २ मा अभिमुखीकरण कार्यक्रम गरिएको छ । कार्यक्रमका सहभागीले लागु औषधको दुव्र्यसनमा युवाहरु फस्दै गरेकाले यसबारे सचेतना अभिबृद्धिसंगै अभिभावकको भुमिका महत्वपुर्ण भएको भन्दै अभिभावकले आफ्ना बालबालिकाहरुलाई बढी निगरानीमा राख्नुपर्ने बताएका थिए । 

कार्यक्रममा बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाहीले लागुऔषधको मानव स्वास्थ्यमा परेको समस्याका साथै सो चिन्न लक्षण र बच्ने उपाय, उपचार गर्दा पुर्ण निको हुने बताउनुभयो । 

वडा सदस्य भुमिसरा थापाको अध्यक्षतामा भएको कार्यक्रममा सितादेबी विश्वकर्मा, शोभा थारु भुवानी दमाई स्वास्थ्य केन्द्र प्रमुख खेमराज सापकोटा इलाका प्रहरी कार्यालय नौबस्ताका निमित्त प्रमुख लक्ष्मी शाही लगायतले बोल्नुभएको थियो । 

कार्यक्रममा बालबालिका, अभिभावक, शिक्षक, बुद्धिजिवी, समाजसेवी लगायत गरि करिब ६० जनाको सहभागिता रहेको थियो । पालिकाको वडा नं. १ मा सो कार्यक्रम गरि अभिमुखीकरणको समापन गरिने छ । 


 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…