Pairabi logo

पुस २७, २०८२, आइतबार                    

बैजनाथमा लागु औषधबारे सचेतनामुलक अभिमुखीकरण

डेक्स

डेक्स

बैजनाथमा लागु औषधबारे सचेतनामुलक अभिमुखीकरण
ADVERTISEMENT

बाँकेको बैजनाथ गाउँपालिकामा लागु औषध एवं बालबालिकामा हुने हानी नियन्त्रणका लागि अभिभावक तथा बालबालिकालाई अभिमुखीकरण गरिएको छ । पछिल्लो समय लागु औषधको दुव्र्यसनका घटना बढीरहेको बेला समुदायका नागरिकलाई सचेत बनाउन अभियानको रुपमा कार्यक्रम संचालन गरिएको हो । 

बैजनाथ गाउँपालिकाको सहयोगमा सार्थक मल्टिमिडिया प्रा.लि.नेपालगन्जले अहिलेसम्म वडा नं. २, ३, ४, ५, ६, ७ र ८ मा बालबालिका तथा अभिभावकका लागि लागु औषधविरुद्धको सचेतनामुलक अभिमुखीकरण सम्पन्न गरिसकेको कार्यक्रम संयोजक जयसिंह केसीले जानकारी दिनुभयो । 

कार्यक्रममा बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाही, पत्रकार राकेशकुमार मिश्र, प्रहरी हवल्दार लक्ष्मी शाही, जनस्वास्थ्य निरिक्षक श्यामबीर शाही लगायतले लागु औषधको मानव स्वास्थ्यमा समस्या, कारण, लक्षण, पारेको प्रभाव, उपचार, प्रहरी अनुसन्धान, सहयोग, लागु औषधबारे कानूनी दण्ड सजायको व्यवस्था, समुदाय सचेतना, अभिभावकको भुमिका लगायतका बारेमा सहजीकरण गर्नुभएको छ । 

सोमबार बैजनाथ गाउँपालिका वडा नं. २ मा अभिमुखीकरण कार्यक्रम गरिएको छ । कार्यक्रमका सहभागीले लागु औषधको दुव्र्यसनमा युवाहरु फस्दै गरेकाले यसबारे सचेतना अभिबृद्धिसंगै अभिभावकको भुमिका महत्वपुर्ण भएको भन्दै अभिभावकले आफ्ना बालबालिकाहरुलाई बढी निगरानीमा राख्नुपर्ने बताएका थिए । 

कार्यक्रममा बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाहीले लागुऔषधको मानव स्वास्थ्यमा परेको समस्याका साथै सो चिन्न लक्षण र बच्ने उपाय, उपचार गर्दा पुर्ण निको हुने बताउनुभयो । 

वडा सदस्य भुमिसरा थापाको अध्यक्षतामा भएको कार्यक्रममा सितादेबी विश्वकर्मा, शोभा थारु भुवानी दमाई स्वास्थ्य केन्द्र प्रमुख खेमराज सापकोटा इलाका प्रहरी कार्यालय नौबस्ताका निमित्त प्रमुख लक्ष्मी शाही लगायतले बोल्नुभएको थियो । 

कार्यक्रममा बालबालिका, अभिभावक, शिक्षक, बुद्धिजिवी, समाजसेवी लगायत गरि करिब ६० जनाको सहभागिता रहेको थियो । पालिकाको वडा नं. १ मा सो कार्यक्रम गरि अभिमुखीकरणको समापन गरिने छ । 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…