Pairabi logo

बैशाख २६, २०८२, शुक्रबार                    

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार

डेक्स

डेक्स

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार
ADVERTISEMENT

प्रारम्भ 
कर्णालीको मेरो पहिलो साक्षात्कार जन्मले होइन, अनुभूति र अपनत्वले कर्णालीसँग मेरो सम्बन्ध गहिरिएको हो । म कर्णालीमा जन्मिएकी होइन । सन् २००९ को एउटा उज्यालो बिहान, जब म नेपालगञ्जबाट कर्णालीतर्फको यात्रा सुरु गरे, म केबल नयाँ ठाउँ जानलागेकी थिइन, आफ्नो सोच, दृष्टिकोण र जीवनको दिशा बदल्ने यात्रामा लागेकी रहेछु ।

राकमको एक सानो होटेलको छतबाट जब मैले पहिलो चोटि यहाँको कठोर यथार्थ नियालेँ(विद्यालय नपुगेका बालबालिका, किशोरीहरूको चुपचाप गरिएको विवाह र महिलाहरूको अदृश्य संघर्ष, म अवाक् भएँ । हरियाली पहाडको अँगालोमा लुकेको त्यो मौन पीडा मेरो मनमा एउटा गहिरो प्रश्न बनेर उब्जियो यी हरियाली पहाड र नदीहरूको पछाडि किन यति पीडा ।

सुरुवातको साहस स् सानो कदम, गहिरो प्रभाव
मेरो पहिलो पहल अत्यन्त सामान्य थियो( एक गाउँमा बाल संरक्षणबारे संवाद गर्नु । तर जब एउटी आमाले भावुक हुँदै भनिन्, ‘तपाईंको कुरा सुनेपछि मैले मेरी छोरीलाई विद्यालय पठाउने निर्णय गरे’, त्यो पल मेरो लागि सबैभन्दा ठूलो पुरस्कार बन्यो । त्यही क्षण मैले महसुस गरे(शब्दको शक्ति छ र समर्पित प्रयासले परिवर्तनको ढोका खोल्न सक्छ ।

कर्णालीका कठोर भूगोल र सामाजिक संरचनाबीच मैले चालेका साना कदमहरू आज गहिरो अर्थ बोकेर फर्किन्छन् । यहाँका जनताले देखाएको संघर्ष र संकल्पले मलाई बारम्बार सिकाएको छ(परिवर्तन कुनै एक व्यक्तिको कथा होइन, यो त हजारौं आवाजहरूको समवेत यात्रा हो ।

कर्णालीको सामाजिक न्यायको कुरा गर्दा धेरै समुदाय असमानतामा छन् । मैले लैंगिक समानता र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर व्यक्तिगत, पेशागत रूपमा काम गर्न निर्णय गरे । आज म गर्वका साथ भन्न सक्छु(महिला सशक्तीकरण, बालशिक्षा र समावेशी समाज निर्माणमा गरेको मेरो संघर्षले केही सकारात्मक परिवर्तन ल्याएको छ ।

लैंगिक असमानता, जातीय विभेद र पहुँचको अभाव यस्ता चुनौती हुन्, जसले महिलालाई शिक्षा, स्वास्थ्य र अवसरबाट वञ्चित तुल्याउँदै आएको छ । आज कर्णालीका महिलाहरू नेतृत्व, व्यवसाय र कृषिमा मात्रै होइन, सामाजिक सोच बदल्ने यात्रामा अग्रसर छन् ।

कर्णालीका महिलाहरूको सामाजिक परिवर्तनको यात्रास् संक्षिप्त विश्लेषण
कर्णालीको सामाजिक परिवर्तन र महिला सशक्तीकरणको यात्रा मेरो जीवनसँग गहिरो रूपमा जोडिएको छ । एक समय महिलाहरूको शिक्षा, स्वास्थ्य र अधिकारप्रति कमजोर पहुँच भएको कर्णाली आज सामाजिक रूपान्तरणको नयाँ चरणमा उभिएको छ । यो यात्रा कर्णालीका हजारौं महिलाहरूको साहस र संकल्पको कथा हो ।

अतीतमा यहाँका महिला शिक्षाबाट वञ्चित थिए, सामाजिक परम्पराले उनीहरूको भूमिका सीमित राख्थ्यो, बालविवाह, लैंगिक भेदभाव जस्ता समस्या व्यापक थिए । समयसँगै विभिन्न कानुनी सुधार, सरकारी र गैरसरकारी कार्यक्रमले महिला शिक्षा, स्वास्थ्य र आत्मनिर्भरता बढाउने दिशामा उल्लेखनीय योगदान पु¥याएका छन् ।

यद्यपि, दुर्गम गाउँहरूमा अझै लैंगिक समानता, बालविवाह रोकथाम र आर्थिक अवसरका लागि थप प्रयास आवश्यक छन् । सामाजिक रूपान्तरणको यो यात्रा अझै समाप्त भएको छैन । म यो परिवर्तनको प्रत्यक्ष साक्षी र सानो सहभागीको रूपमा गर्व गर्छु ।

मेरो योगदान सानो भए पनि यसले कर्णालीको समतामूलक र समृद्ध भविष्यतर्फको यात्रामा प्रेरणा मिलोस् भन्ने आशा छ व्यक्तिगत, पेशागत यात्रा कर्णालीका महिलाहरूको संघर्ष र सशक्तीकरणको एक प्रतीक हो । कर्णालीका महिलाहरूका लागि मेरो संघर्ष र योगदान सानो भए तापनि, यो कर्णालीको भविष्यमा उज्ज्वल र समृद्ध परिवर्तनका लागि एउटा सन्देश हो ।

कर्णालीमा सामाजिक न्यायको सन्दर्भ केवल कानुनी भाषामा मात्र सीमित छैन, यहाँको जीवनशैली, संस्कार र परम्परासँग गाँसिएको विषय हो । लैंगिक असमानता, जातीय विभेद र पहुँचको अभाव यस्ता चुनौती हुन्, जसले महिलालाई शिक्षा, स्वास्थ्य र अवसरबाट वञ्चित तुल्याउँदै आएको छ ।

आज कर्णालीका महिला नेतृत्व, व्यवसाय र कृषिमा मात्रै होइन, सामाजिक सोच बदल्ने यात्रामा अग्रसर छन् । तालिम, सहकारी, माइक्रोफाइनान्स, कानुनी पहुँचले उनीहरूको आत्मविश्वास र क्षमता फराकिलो बनाएको छ ।

कर्णालीका बालबालिकाको विकास र सुधारको यात्रास् महिलाहरूको भूमिका
कर्णालीको सामाजिक रूपान्तरणमा महिलाहरूको भूमिका अब परिवर्तनकारी बनिसकेको छ । मेरो जीवन अनुभवले सिकाएको छ– महिलाहरूको संघर्ष र संकल्पले समाजमा गहिरो प्रभाव पारेको छ र म त्यस यात्राको सानो हिस्सा हुन पाउँदा गर्व गर्छु ।

लामो समयदेखि महिलाहरू, बालबालिका र युवासँग काम गर्दैगर्दा मैले बुझुेँ(बालबालिकाको समग्र विकासमा महिलाहरूको सक्रिय सहभागिता अनिवार्य छ । उनीहरू अब घरभित्र सीमित छैनन् शिक्षा, स्वास्थ्य, नेतृत्व र अधिकारका पक्षमा अग्रसर छन् । विशेषगरी बालबिवाह, बाल श्रम र लैंगिक असमानताको विरुद्ध उनीहरूको योगदान उल्लेखनीय छ ।

महिला सशक्तीकरणसँगै बालबालिकाले शिक्षा, सुरक्षा र अवसर पाउने वातावरण निर्माण भएको छ । आत्मनिर्भर आमाको वृद्धि, शिक्षित महिलाको सक्रियता र सहकारीजस्ता माध्यमले समग्र समाजमा सकारात्मक सोच विकसित भएको छ । कर्णालीका केही दुर्गम क्षेत्रमा अझै महिलाले समान अवसर पाएका छैनन् । समृद्ध कर्णाली निर्माणका लागि महिलालाई बढी अवसर, शैक्षिक पहुँच र कानुनी संरक्षण आवश्यक छ ।

यदि राज्यले यसमा प्राथमिकता दियो भने महिलाहरू नेतृत्वमा अझ सशक्त भई बालबालिकाको भविष्य उज्यालो बनाउनेछन् । महिलाहरू अब केवल सहनशीलताको प्रतीकमात्र होइनन्, सामाजिक रूपान्तरणको अग्रदूत हुन् । उनीहरूको सचेत र सक्रिय नेतृत्वले कर्णालीका बालबालिकालाई उज्यालो भविष्यतर्फ डो¥याउने मार्ग प्रशस्त गरिरहेको छ । यो यात्रा सामूहिक हो र जसमा हामी सबैको साथ, समर्थन र विश्वास अपरिहार्य छ ।

कर्णाली प्रदेशमा सामाजिक चुनौती र परिवर्तनका आयाम
कर्णाली सामाजिक परिवर्तनको नयाँ युगतर्फ अग्रसर भइरहेको छ, तर यस यात्रामा केही गम्भीर चुनौती अझै समाधानको पर्खाइमा छन् । ती प्रमुख चुनौती यसप्रकार छन् स् लैंगिक र जातीय असमानता–सामाजिक समावेशीता अझै सुनिश्चित हुनसकेको छैन ।

शिक्षा र स्वास्थ्य सेवामा सीमित पहुँच–दुर्गम भेगमा गुणस्तरीय सेवा पाउनु चुनौतीपूर्ण छ । बाल विवाह, छाउपडी र बाल श्रमजस्ता हानिकारक अभ्यास–यी परम्परागत अभ्यासहरूले बालबालिकाको भविष्यमा प्रतिकूल प्रभाव पारिरहेका छन् । आर्थिक अवसरको अभाव र आत्मनिर्भरताको कमी–रोजगारी र सीप विकासका सम्भावना अझै अपर्याप्त छन् ।

यी चुनौतीको समाधान सामूहिक प्रयास, नीति कार्यान्वयन र समुदायको सक्रिय सहभागिताबाट मात्र सम्भव छ । मैले प्रत्यक्ष अनुभव गरेको छु–परिवर्तन सम्भव छ, तर समयसापेक्ष, निरन्तर प्रयास चाहिन्छ । महिला सशक्तीकरण, बालअधिकार, सेवा पहुँचका क्षेत्रमा सरकार र संघसंस्थाको सक्रियता प्रशंसनीय छ तर धेरै काम गर्न बाँकी छ ।

दुर्गम गाउँमा शिक्षा, स्वास्थ्य र समान अवसरको अभाव देखिन्छ । त्यसैले सबैको साझा प्रयासले मात्र कर्णालीलाई समावेशी, न्यायपूर्ण र समृद्ध समाज बनाइन्छ । यही साझा संकल्पले कर्णालीको उज्ज्वल भविष्यको मार्ग तय गर्नेछ ।

मेरो यात्राको सारस् आशा, संघर्ष र समर्पण
मेरो आत्मकथामा कर्णालीको सामाजिक रूपान्तरणको यात्रा केवल अवलोकनको विषयमात्र होइन । म स्वयं यस परिवर्तनको सक्रिय सहभागी बनेकी छु । म आफूलाई यस ऐतिहासिक मोडको साक्षीमात्र नभई प्रतिबद्ध सहभागीको रूपमा पनि देख्छु । सामाजिक विषमता, लैंगिक असमानता, शिक्षा र स्वास्थ्य सेवाको अभाव तथा बालविवाहजस्ता कुप्रथाविरुद्धको संघर्षले मेरो सोच, जीवनदृष्टि र पहिचानलाई गहिरो रूपमा रूपान्तरित गरेको छ ।

आफ्नै जीवनका अनुभवले मलाई देखायो–कसरी महिलाहरू शिक्षाको पहुँच, आत्मनिर्भरता र सामाजिक न्यायका लागि आवाज उठाउन थालिरहेका छन् । प्रयासको परिणामस्वरूप आज बालिका विद्यालयसम्म पुगेका छन्, महिला नेतृत्व अगाडि बढेको छ र समुदायमा सचेतना विस्तार हुँदै गएको छ ।

सरकारी तथा गैरसरकारी संस्थाले सञ्चालन गरेका कार्यक्रमले उल्लेखनीय सुधार ल्याएका छन् । वास्तविक रूपान्तरणका लागि अझै धेरै दूरी तय गर्न बाँकी छ । दुर्गम गाउँमा शिक्षामा पहुँच, स्वास्थ्य सेवा र जातीय समानताको अभाव अझै देखिन्छ ।

महिला हिंसा, बालविवाह र विभेद जस्ता चुनौतीप्रति सामूहिक प्रतिरोध अपरिहार्य छ । यस आत्मकथामार्फत म केवल आफ्नो यात्राको वर्णनमात्र गर्न चाहन्न, म चाहन्छु यो लेखले पाठकमा परिवर्तनको प्रेरणा जागोस् । यो मेरोमात्र होइन, कर्णालीका हजारौं महिलाहरूको साझा सपना हो–जहाँ समर्पण, संघर्ष र आशा गाँसिएका छन् ।

पहिलोपटक देखिएको पीडाले जन्माएको जिज्ञासाले आज मलाई एक सक्रिय विकासकर्मी बनाएको छ । मैले देखेँ–परिवर्तन सम्भव छ । मैले अनुभूति गरे–यो संघर्ष केवल व्यक्तिगत होइन, सामूहिक सपना र जिम्मेवारी हो । यस आत्मकथामार्फत मैले मेरो व्यक्तिगत तथा पेशागत संघर्षसँगै कर्णालीको सामाजिक परिवर्तनको यात्रा साझा गर्न चाहेको छु, जसले कर्णालीका हरेक नागरिकलाई समानता र समृद्धिको यात्रामा अघि बढ्न प्रेरणा प्रदान गरोस् ।

म गहिरो विश्वास गर्छु–हामी सबैको साझा प्रतिबद्धता, सहकार्य र संकल्पले कर्णालीलाई समतामूलक र समृद्ध समाजमा रूपान्तरण गर्न सकिन्छ ।

यही आशा र अठोटले मेरो आत्मकथाको यात्रा निरन्तर अघि बढिरहेको छ । समग्रमा, कर्णाली अझै अनेक चुनौतीबीच उभिएको छ, तर यहाँका महिलाहरू परिवर्तनको अगुवाइ गर्दैछन् । उनीहरूको आँट, आत्मबल र नेतृत्व क्षमताले अब भविष्यको दिशा तय गर्नेछ । दृढ छु–यो यात्रा जारी छ र हरेक पाइला नयाँ सुरुवात हो ।

कर्णाली अझै उस्तै छ तर यहाँका महिला अब उस्तै छैनन् । उनीहरूले आत्मविश्वास बोकेर परिवर्तनको बागडोर समातेका छन् । उनीहरूमा भविष्यको सम्भावना झल्किएको देख्दा म भन्छु–यो यात्रा समाप्त होइन, सुरुवातमात्र हो ।

(लेखक अधिवक्ता पराजुली कर्णालीमा महिला तथा बालबालिकाको विकासका लागि लामो समयदेखि सक्रिय हुनुहुन्छ । यो लेख उहाँको आत्मकथात्मक दृष्टिकोणमा आधारित सामाजिक विश्लेषण हो ) 

ताजा

सबै

बर्दियामा वन विनास रोक्ने विषयमा उच्च अदालतद्धारा लिखित जावफ माग

बर्दिया जिल्लामा रहेका वन क्षेत्र भित्र विकास निमार्ण गर्ने वाहानमा वन विनास रोक्ने विष…

बालबालिका तथा अभिभावकलाई लागु औषधविरुद्धको चेतनामुलक अभिमुखीकरण शुरु

बैजनाथ (बाँके) २५ बैशाख । बाँकेको बैजनाथ गाउँपालिकाका बालबालिका तथा अभिभावकका ल…

बर्दियाका ५० जना युवतिले व्यवसायमूलक तालिम लिए

बर्दिया । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवाहर…

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार जन्मले होइन, अनुभूति र अपनत्वले कर्णालीसँग मे…

लोकप्रिय

सबै

बर्दियामा वन विनास रोक्ने विषयमा उच्च अदालतद्धारा लिखित जावफ माग

बर्दिया जिल्लामा रहेका वन क्षेत्र भित्र विकास निमार्ण गर्ने वाहानमा वन विनास रोक्ने विष…

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार जन्मले होइन, अनुभूति र अपनत्वले कर्णालीसँग मे…

मधुवन नगरपालिकाको शिक्षा निति र शैक्षिक योजना बारे सुझाव संकलन

बर्दिया २३ बैशाख । बर्दियाको मधुवन नगरपालिकाको शैक्षिक योजना २०८२/२०९१ र शिक्षा नीत…

बर्दियाका ५० जना युवतिले व्यवसायमूलक तालिम लिए

बर्दिया । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवाहर…

यो पनि

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार जन्मले होइन, अनुभूति र अपनत्वले कर्णालीसँग मे…

प्रमुख जिल्ला अधिकारीलाई पत्र - २

प्रमुख जिल्ला अधिकारीलाई पत्र - २

श्री प्रमुख जिल्ला अधिकारी ज्यु । जिल्ला प्रशासन कार्यालय बाँके । ४० दिन हारहारी हुन ल…

अन्तर्राष्ट्रिय महिला दिवस :  महिलाका उपलब्धिहरूको सम्मान र लैंगिक समानताको लागि संघर्ष गर्ने दिन

अन्तर्राष्ट्रिय महिला दिवस :  महिलाका उपलब्धिहरूको सम्मान र लैंगिक समानताको लागि संघर्ष गर्ने दिन

अधिवक्ता मीना पराजुली अन्तर्राष्ट्रिय महिला दिवसप्रत्येक वर्ष मार्च ८ मा मनाइन्छ, र यो दि…

कर्णाली राजमार्गले  आशा ,भरोसा भन्दा निरासा र पिंडा थप्दै ।

कर्णाली राजमार्गले  आशा ,भरोसा भन्दा निरासा र पिंडा थप्दै ।

अधिबक्ता नरेन्द्रनाथ योगी रेखाङ्कनको (२०४२/०४५) २१ र शिलन्याशको (२०४८) १५बर्ष पछि चैत…