Pairabi logo

फागुन २६, २०८२, मंगलबार                    

प्रमुख जिल्ला अधिकारीलाई पत्र - २

डेक्स

डेक्स

प्रमुख जिल्ला अधिकारीलाई पत्र - २
ADVERTISEMENT

श्री प्रमुख जिल्ला अधिकारी ज्यु ।
जिल्ला प्रशासन कार्यालय बाँके ।

४० दिन हारहारी हुन लाग्यो सायद तपाईं बाँके आएको । यतिबेला चोक चौराहा र सामाजिक संजालमा तपाईंको चर्चा छ ।आध्यात्मिक मान्छे नामै धर्मराज अधर्म म बाट हुँदैन, तपाईंले यदाकदा भाषणमा भन्ने गरेको यो पंक्ति लाई लिएर जिल्लाले तपाईंलाई पर्खी रहेको छ । हेरौं न त नयाँ सिडियो साप कस्ता छन ?

जिल्ला आउनु भयो जिल्लाका चर्चित एक यूटुबर (पत्रकार) गिरफ्तार गरेर जिल्लाभर सनसनी फैलियो तर पनि जिल्ला पिन ड्रप साइलेण्ट बस्यो । सहरमा व्यापार शून्य भयो रुपैडिहाले व्यापार सुक्यो भन्ने नेपालगन्ज उद्योग वाणिज्य संघको गुनासो पछि सहरको व्यापार चलायमान हुन्छ कि भनेर संघको आग्रहमा नेपालगन्ज भंसार नाकामा कडाइ सुरु गर्नु भो नियमानुसार १०० माथिको सामाग्रीमा भंसार लिन आदेश गर्नु भो त्यसको पनि चर्चा चुलिएकै छ । 

नेपालगन्जको बजार १२ बजे सम्म निर्धक्क चलाउन आदेश दिनु भयो नगरबासी आभारी नै छन । एक जना पत्रकारले आफू पत्रकार भएको जानकारी गराउदै नागरिकता सम्बन्धि मागेको जिज्ञासा र जिज्ञासा मेटाउने क्रममा पत्रकारका नाउमा दलाल पनि छन भन्ने कुराले जिल्ला देखि केन्द्र सम्म माहोल ततायो । क्यासिनो तिर मध्यरातमा हानिएको छापाले त्यति बजार नपाए पनि  समग्रमा यतिबेला चर्चा तपाईंकै छ सिडियो साप ।

तर एउटा कुरा छ सिडियो साप तपाईंको बाँकेमा उपस्थितिलाई लिएर यतिका सकारात्मक नकारात्मक चर्चा भइ रहँदा यो सिडियो खराब हो या राम्रो हो भन्ने निर्क्यौल गरिसकेका छैनन । बरु बाँके जिल्लामा आएका  सिडियोहरु मध्ये सबै भन्दा योङ्ग , नेपाल सरकारको सहसचिव हुना साथ पहिलो पोष्टिङ्ग बाँके जस्तो जिल्ला  मा आउदा जिल्लाबासीले तपाईं लाई कौतुहुल पुर्वक पर्खी रहेका छन , के गर्छन त धर्मराज ? नाम अनुसार कै धर्म गरेर जान्छन कि अरु केही ।

जिल्लाबासीले यो सिडियो खराब भनिसकेका छैनन बरु पर्खी राखेका छन तपाईका भावी कदम कस्ता हुन्छन भनेर । तपाईं आइसकेपछि भएका धरपकड , छापा ,भंसार  कडाइ लाई लिएर कतै अघिल्ला सिडियोहरुले   यस्तै  खालको गतिविधि गरेर  तस्कर हरु सङ्ग  गर्ने गरेको सेटिङ्ग जस्तै त होइन भनेर शसंकित भएका छन ।

सिडियो साप, जिल्लालाई चाहिएको जुझारु बुझक्कड र नीति नियमलाई पालना गराउदै बेथितिलाई अन्त्य गर्ने प्रशाशक चाहिएको हो आशा गर्छौं हाम्रो नयाँ सिडियो सापले जिल्लाका थुप्रै बेथिति हरुलाई न्यून गर्दै जानुहुनेछ । सिडियो साप जहाँ सम्म भंसार नाकामा हुने राजश्व  चुहावट मात्र जिल्लाको समस्या होइन  जमुनाह नाका हुँदै हाइवे भएर आउने मान्छेले ल्याएको समान तस्करी होइन यो यो नाकाको परम्परा हो घर खर्च पारी गएर ल्याउने ।

चाहे आम जनता होस चाहे राज्यको कुनै निकायमा बसेको व्यक्ती होस बिबाह व्रतबन्ध भोजलाई चाहिने घरेलु सामान पारिबाटै ल्याउने गरेको पाइन्छ एक किसिमले भन्ने हो भने यो परम्परा नै हो भन्दा हुन्छ  । तर सेटिङ्ग मा भित्रीने कानुनी तथा गैरकानुनी सामाग्री भित्रीन्छ उतिका नाउम जीवननै बर्बाद गर्ने लागू औषध पनि सेटिङ्गमै भित्रीन्छ । यस्ता अवान्छनिय गतिविधि रोकौ न सिडियो साप ? १ बोरा चामल २ किलो चिनी बाट असुल हुने राजस्वको लाखौं गुणा राजस्व  तपाइले चाहे अनुसारनै  राज्यको ढुकुटीमा थप्न सकिन्छ ।

सिडियो साप हाम्रो विश्वासमा कुठाराघात हुदैन भने तपाईंले चालेका हरेक कदममा आवश्यकता अनुसार  हाम्रो आलोचनात्मक  समर्थन रहने छ । हामी बुझ्छौं तपाईलाई पनि गाह्रो छ ।

सिडियो साप अर्को एउटा सुझाव बेथिति अन्त्यका लागि तपाईंको कदमहरु अलिकती उल्टो हुन जाँदा अलिकती नकारात्मक टिप्पणी पनि भएको हो कि भन्ने शहरबासीको बुझाइ रहेको छ ।

तपाईं जिल्लाको प्रमुख निजी क्षेत्रमा हुने गरेका बेथिति सम्म तपाईं  पुग्नु भयो तर तपाई जस्तै शिक्षित लोकसेवा आयोग उत्तीर्ण भएर सरकारी अड्डाहरु जहाँ सेवाग्राहिको भिड हुने गर्छ त्यहाँ कानुनी कमजोर छिद्रको नाजायज फाइदा लिँदै कति लेनदेन हुन्छ ? त्यसको हेक्का तपाईं लाई छरु एक नजर त्यता पनि जाओस । सफाइ घरबाट सुरु गर्‍यो भने छिमेक र समाजले पनि सिक्ने र सतर्क हुने अवसर पाउने छन ।
क्रमशः

ताजा

सबै

प्रतिनिधीसभा सदस्य निर्वाचन जेसीमैत्री दृष्टिकोण सुधार गर्नुपर्ने  पर्यवेक्षण प्रतिबेदन सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न भए पनि …

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

लोकप्रिय

सबै

बाँके– २ मा एमालेका राई प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन बाँके निर्वाचन क्षेत्र नं.२ मा नेकपा (एमाले)का मोहम्मद इश्त्यिाक राई …

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

प्रतिनिधीसभा सदस्य निर्वाचन जेसीमैत्री दृष्टिकोण सुधार गर्नुपर्ने  पर्यवेक्षण प्रतिबेदन सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न भए पनि …

यो पनि

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा हामी अगाडि छौंः कार्यबहाक सभापति अधिकारी

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति, निर्वाचन परिचालन, प्रचार प्रसार मूल समिति …

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

‘उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ’  क्षेत्रीय सभापति गुप्ता

बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुध…

'यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान'

'यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान'

बाँके क्षेत्र नम्बर १ मा करीब एक दशकपछि रुख चिन्हमा मतदान गर्न पाउने वातावरण छ । आगा…

रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

तुला अधिकारी १९ माघ २०६१ । बिहानी सिफ्टको कक्षा सकिने बेला हुँदैथियो । आरआर कलेजम…