Pairabi logo

जेठ २५, २०८२, शनिबार                    

प्रमुख जिल्ला अधिकारीलाई पत्र - २

डेक्स

डेक्स

प्रमुख जिल्ला अधिकारीलाई पत्र - २
ADVERTISEMENT

श्री प्रमुख जिल्ला अधिकारी ज्यु ।
जिल्ला प्रशासन कार्यालय बाँके ।

४० दिन हारहारी हुन लाग्यो सायद तपाईं बाँके आएको । यतिबेला चोक चौराहा र सामाजिक संजालमा तपाईंको चर्चा छ ।आध्यात्मिक मान्छे नामै धर्मराज अधर्म म बाट हुँदैन, तपाईंले यदाकदा भाषणमा भन्ने गरेको यो पंक्ति लाई लिएर जिल्लाले तपाईंलाई पर्खी रहेको छ । हेरौं न त नयाँ सिडियो साप कस्ता छन ?

जिल्ला आउनु भयो जिल्लाका चर्चित एक यूटुबर (पत्रकार) गिरफ्तार गरेर जिल्लाभर सनसनी फैलियो तर पनि जिल्ला पिन ड्रप साइलेण्ट बस्यो । सहरमा व्यापार शून्य भयो रुपैडिहाले व्यापार सुक्यो भन्ने नेपालगन्ज उद्योग वाणिज्य संघको गुनासो पछि सहरको व्यापार चलायमान हुन्छ कि भनेर संघको आग्रहमा नेपालगन्ज भंसार नाकामा कडाइ सुरु गर्नु भो नियमानुसार १०० माथिको सामाग्रीमा भंसार लिन आदेश गर्नु भो त्यसको पनि चर्चा चुलिएकै छ । 

नेपालगन्जको बजार १२ बजे सम्म निर्धक्क चलाउन आदेश दिनु भयो नगरबासी आभारी नै छन । एक जना पत्रकारले आफू पत्रकार भएको जानकारी गराउदै नागरिकता सम्बन्धि मागेको जिज्ञासा र जिज्ञासा मेटाउने क्रममा पत्रकारका नाउमा दलाल पनि छन भन्ने कुराले जिल्ला देखि केन्द्र सम्म माहोल ततायो । क्यासिनो तिर मध्यरातमा हानिएको छापाले त्यति बजार नपाए पनि  समग्रमा यतिबेला चर्चा तपाईंकै छ सिडियो साप ।

तर एउटा कुरा छ सिडियो साप तपाईंको बाँकेमा उपस्थितिलाई लिएर यतिका सकारात्मक नकारात्मक चर्चा भइ रहँदा यो सिडियो खराब हो या राम्रो हो भन्ने निर्क्यौल गरिसकेका छैनन । बरु बाँके जिल्लामा आएका  सिडियोहरु मध्ये सबै भन्दा योङ्ग , नेपाल सरकारको सहसचिव हुना साथ पहिलो पोष्टिङ्ग बाँके जस्तो जिल्ला  मा आउदा जिल्लाबासीले तपाईं लाई कौतुहुल पुर्वक पर्खी रहेका छन , के गर्छन त धर्मराज ? नाम अनुसार कै धर्म गरेर जान्छन कि अरु केही ।

जिल्लाबासीले यो सिडियो खराब भनिसकेका छैनन बरु पर्खी राखेका छन तपाईका भावी कदम कस्ता हुन्छन भनेर । तपाईं आइसकेपछि भएका धरपकड , छापा ,भंसार  कडाइ लाई लिएर कतै अघिल्ला सिडियोहरुले   यस्तै  खालको गतिविधि गरेर  तस्कर हरु सङ्ग  गर्ने गरेको सेटिङ्ग जस्तै त होइन भनेर शसंकित भएका छन ।

सिडियो साप, जिल्लालाई चाहिएको जुझारु बुझक्कड र नीति नियमलाई पालना गराउदै बेथितिलाई अन्त्य गर्ने प्रशाशक चाहिएको हो आशा गर्छौं हाम्रो नयाँ सिडियो सापले जिल्लाका थुप्रै बेथिति हरुलाई न्यून गर्दै जानुहुनेछ । सिडियो साप जहाँ सम्म भंसार नाकामा हुने राजश्व  चुहावट मात्र जिल्लाको समस्या होइन  जमुनाह नाका हुँदै हाइवे भएर आउने मान्छेले ल्याएको समान तस्करी होइन यो यो नाकाको परम्परा हो घर खर्च पारी गएर ल्याउने ।

चाहे आम जनता होस चाहे राज्यको कुनै निकायमा बसेको व्यक्ती होस बिबाह व्रतबन्ध भोजलाई चाहिने घरेलु सामान पारिबाटै ल्याउने गरेको पाइन्छ एक किसिमले भन्ने हो भने यो परम्परा नै हो भन्दा हुन्छ  । तर सेटिङ्ग मा भित्रीने कानुनी तथा गैरकानुनी सामाग्री भित्रीन्छ उतिका नाउम जीवननै बर्बाद गर्ने लागू औषध पनि सेटिङ्गमै भित्रीन्छ । यस्ता अवान्छनिय गतिविधि रोकौ न सिडियो साप ? १ बोरा चामल २ किलो चिनी बाट असुल हुने राजस्वको लाखौं गुणा राजस्व  तपाइले चाहे अनुसारनै  राज्यको ढुकुटीमा थप्न सकिन्छ ।

सिडियो साप हाम्रो विश्वासमा कुठाराघात हुदैन भने तपाईंले चालेका हरेक कदममा आवश्यकता अनुसार  हाम्रो आलोचनात्मक  समर्थन रहने छ । हामी बुझ्छौं तपाईलाई पनि गाह्रो छ ।

सिडियो साप अर्को एउटा सुझाव बेथिति अन्त्यका लागि तपाईंको कदमहरु अलिकती उल्टो हुन जाँदा अलिकती नकारात्मक टिप्पणी पनि भएको हो कि भन्ने शहरबासीको बुझाइ रहेको छ ।

तपाईं जिल्लाको प्रमुख निजी क्षेत्रमा हुने गरेका बेथिति सम्म तपाईं  पुग्नु भयो तर तपाई जस्तै शिक्षित लोकसेवा आयोग उत्तीर्ण भएर सरकारी अड्डाहरु जहाँ सेवाग्राहिको भिड हुने गर्छ त्यहाँ कानुनी कमजोर छिद्रको नाजायज फाइदा लिँदै कति लेनदेन हुन्छ ? त्यसको हेक्का तपाईं लाई छरु एक नजर त्यता पनि जाओस । सफाइ घरबाट सुरु गर्‍यो भने छिमेक र समाजले पनि सिक्ने र सतर्क हुने अवसर पाउने छन ।
क्रमशः

ताजा

सबै

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

नेपालगन्ज, जेठ २३ । बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेक…

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

नेपालगन्ज २३ जेठ । महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुईदिने क्षमत…

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

नेपालगन्ज । प्लाष्टिक जन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्न…

लोकप्रिय

सबै

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

नेपालगन्ज, जेठ २३ । बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेक…

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

नेपालगन्ज २३ जेठ । महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुईदिने क्षमत…

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

नेपालगन्ज । प्लाष्टिक जन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्न…

यो पनि

हर्ष कृति बौद्ध बिहारको संरक्षण र समुचित ब्यवस्थापन गर्न समितिको सिफारिस

हर्ष कृति बौद्ध बिहारको संरक्षण र समुचित ब्यवस्थापन गर्न समितिको सिफारिस

बसन्त गौतम । नेपालगन्ज बागेश्वरी मन्दिर नजिकै रहेको हर्ष कृति बौद्ध बिहारको संरक्षण र …

७० बर्षीय लालजी कुर्मीलाई रगत नपाउदाको अनुभव

७० बर्षीय लालजी कुर्मीलाई रगत नपाउदाको अनुभव

पवन जायसवाल बाँकेको नेपालगन्जमा रक्त संचार सेवा केन्द्र नभएको समयको कुरा हो । करीब …

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार जन्मले होइन, अनुभूति र अपनत्वले कर्णालीसँग मे…

प्रमुख जिल्ला अधिकारीलाई पत्र - २

प्रमुख जिल्ला अधिकारीलाई पत्र - २

श्री प्रमुख जिल्ला अधिकारी ज्यु । जिल्ला प्रशासन कार्यालय बाँके । ४० दिन हारहारी हुन ल…