Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

वन मन्त्रालयद्धारा ६ जिल्लाका विभिन्न वनको अनुगमन

डेक्स

डेक्स

वन मन्त्रालयद्धारा ६ जिल्लाका विभिन्न वनको अनुगमन
ADVERTISEMENT

नेपालगञ्ज, चैत्र २९ गते – वन तथा वातावरण मन्त्रालयको अगुवाईमा लुम्बिनी प्रदेशमा सञ्चालित सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमको प्रभावकारिता बारे सरोकारवालाद्धारा अनुगमन गरिएको छ ।

लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारको नेतृत्वको विज्ञ, सरोकारवालासहितको टोलीले तिन दिनमा ६ जिल्लाका विभिन्न वनको अनुगमन गर्दै उपभोक्तासँग अन्तरक्रियासहित  आवश्यक राय लिएको छ ।  

अनुगमनको उदघाटन गर्दै मुख्य मन्त्री चेतनारायणण आचार्यले बन व्यवस्थापनलाई प्रदेश सरकारले प्राथमिकता दिएको भन्दै सम्वद्ध सरोकारवालालाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभयो । 

टोलीले दाङको लमही– ९ स्थित अमिलीया सामुदायिक वन, बाँकेको राप्ती सोनारी–२ स्थित जनमुखी सामुदायिक बन, शमशेरगञ्ज माथेवास चकला वन, बर्दियाको ठाकुबाबा नगरपालिका–३ स्थित खोदाउ सामुदायिक वन, कपीलवस्तुको शिवराज– ३ स्थित देवीस्थान सामुदायिक वन, शिवराज ५ स्थित शिवराज साझेदारी वन, बुद्धभुमी –१० स्थित तिलौराकोट साझोदारी वन, रुपन्देहीको बुटवलस्थित शिवनगर सामुदायिक वन, सैनामैना– १० स्थित लुम्बिनी साझेदारी बन,  कन्चन सामुदायिक वन, नवल परासीको रामग्राम स्थित बुद्ध शान्ति सोझदारी वन आदिको अनुगमन गर्दै त्यहाँ स्थित डिभिजन वन कार्यालयका कर्मचारी, स्थानीय उपभोक्ता समुहका पदाधिकारी, स्थानीयवासी लगायतसँग अन्तरक्रिया गरेको थियो । अनुगमन गरिएका बनहरुमा सामुदायिक बन, साझेदारी बन, चकला वन र संरक्षित बनहरु छन । 

 विरुवा उमार्ने, रोपण गर्ने, गोडमेल, काँट छाट गर्ने९हुर्काउने० उमेर पुगेको रुखलाई कटान गर्ने लगायतको प्रणालीलाई वन सम्बर्द्धन प्रणाली भनिन्छ ।लुम्बिनी प्रदेशमा संचालित सो प्रणालीको अवस्था, प्रगती, चुनौती, अवसरको अध्यनसँगै र भावी रणनीति तयारीका लागि पनि अनुगमन गरिएको मन्त्रालयले जनाएको छ ।  

वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफलेले वन व्यवस्थापनले वनको समग्र संरक्षण, राज्यको आम्दानीमा वृद्धि , वन्यजन्तु संरक्षण, वातावरणीय सुधार, स्थानीयलाई रोजगारी लगायतको फाइदा र अवसर प्राप्ती हुने बताउनु भयो । 

अनुमन टोलीमा कृषि, वन तथा वातावरण समितिका सभापति सांसद विश्व प्रेम पाठक, वन निर्देशनालयका महानिर्देशक यज्ञमुर्ती खनाल, योजना महाशाखा प्रमुख प्रभात सापकोटा, कृषि, वन तथा वातावरण समितिका सदस्य, वन अधिकृत, पत्रकार लगायत रहेका थिए ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…